इलामका १० मध्ये ८ पालिकाको नतिजा: नेम्बाङको गृह नगरमा काग्रेस विजयी

  • जेठ ५, २०७९
  • " भगीरथ भण्डारी"
alt

धरान । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको गृह नगर इलाममा काँग्रेसका उम्मेद्वार विजयी बनेका छन । नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका केदार थापा र विष्णु दाहाल विजयी बनेका छन । थापाले १३ हजार एकसय ६५ मतका साथ विजयी वने भने उनका निकटतम प्रतिद्धन्द्वी धिरेन चेम्जुङले १० हजार पाँचसय ८७ मत प्राप्त गरे । उपाध्यक्षमा दाहालको १३ हजार पाँचसय ४२ मत आउँदा एमालेकी सिता रिजालको १० हजार ८८ मत आएको थियो । गत स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमा एमालेकै उम्मेद्वार विजयी बनेका थिए । १२ वडा रहेको इलाम नगरपालिकामा नेकपा एमालेले २ नं वडा प्यानलै जितेको छ भने ३ नं वडामा वडाध्यक्ष जितेको छ । त्यस्तै १ नं वडामा वडासदस्य र ११ नं. वडामा २ सदस्य बाहेक बाँकी सबै काँग्रेसले जितेको थियो । माई नगरपालिकामा सत्तारुढ गठबन्धनलाई हराउँदै नेकपा एमालेले प्रमुख र उपप्रमुखमा विजय हाँसिल गरेको छ । एमालेका उम्मेदवार खम्बसिंह लिम्बुले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार धनकुमार लिम्बुलाई एक हजार ६१७ मतले पराजित गरेका हुन् । एमालेका खम्बसिंङ लिम्बुले ८ हजार १३२ मत पाउँदा पराजित माओवादी केन्द्रका धनकुमार लिम्बुले छ हजार ५१५ मत पाएका छन् । उपप्रमुखमा नेकपा एमालेकी हिमा भण्डारी निर्वाचित भएकी छिन् । उनले नेपाली काँग्रेसका हेमबहादुर लिम्बुलाई १ हजार ५ सय ३० मतले पराजित गरेकी हुन् । उपप्रमुखमा भण्डारीले सात हजार ८७५ मत पाउँदा लिम्बुले छ हजार ३३६ मत पाएकी छिन् ।

देउमाई नगरपालिकामा नेकपा एमालेले आफ्नो अघिको विरासत कायम राखेको छ । देउमाईमा प्रमुखमा नेकपा एमालेका सूर्यप्रसाद पोखे्रल ८ हजार ६९५ मत सहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका होम दुलालले ७ हजार ६२२ मत प्राप्त गरेका छन् । दुलाल अघिल्लो पटक पनि पोख्रेलसँगै पराजित भएका थिए । उप–प्रमुखका पविमाया राईले ८ हजार ५६३ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धन तर्फ माओवादी केन्द्रका राम राईले ५ हजार ७६५ मत प्राप्त गरेका छन् । देउमाइ नगरपालिकामा वडा १,२,४, ५, ८ एमालेले जितेको छ । वडा– ३,६,७,९ नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ ।

इलामका २ पत्रकार स्थानीय तह निर्वाचनमा विजयी भएका छन् । नेपाल पत्रकार महासंघ इलाम शाखाका सदस्य बुद्धि खनाल र कुमार गुरुङ निर्वाचित भएका हुन् । खनाल माई नगरपालिका ७ को वडाध्यक्षमा नेकपा (एमाले)बाट विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार गंगाराम याक्पाङ्देनलाई ३ सय ४३ मतान्तरले पराजित गरेका हुन् । खनाल ९ सय ५० मत ल्याएर वडाध्यक्ष विजयी हुँदा याक्पाङ्देनले ६ सय ७ मत ल्याएका छन् । खनालले संविधानसभा अध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको सचिवालयमा लामो समय काम गरेका थिए । इलामका १० वटा पालिका मध्ये आठ पालिकाको नतिजा सार्वजनिक भइसकेको छ भने दुई पालिकाको मतगणना जारी छ । नगरपालिकामध्ये इलाम ,माई र देउमाईको गणना सम्पन्न भैसकेको छ भने सुर्योदयन गरपालिकाको गणना जारी छ । त्यस्तै गाउँपालिकामा रोङ, माङसेबुङ, चुलाचुली, सन्दकपुर र माईजोगमाईको मत गणना सम्पन्न भइसकेको छ भने फाकफोकथुम गाउँपालिकाको गणना भइरहेको छ । सम्पन्न भइसकेका नगरपालिकामा देउमाई र माईमा अध्यक्ष र उपाध्यक्ष एमालेले जित हाँसिल गरेको छ भने इलाम नगरपालिकामा काँग्रेस विजयी वनेको छ । त्यस्तै गाउँपालिकामा माईजोगमाईमा अध्यक्ष एमाले र उपाध्यक्षमा काँग्रेस विजयी वनेको छ । रोङको अध्यक्षमा काँग्रस विजयी बन्यो भने उपाध्यक्षमा एमाले विजयी वनेको छ । माङसेबुङमा आध्यक्ष एमालेले विजयी गर्दा उपाध्यक्षमा गठबन्धनबाट जनता समाजवादीले विजयी निकालेको छ । चुलाचुलीमा काँग्रेसको उमेद्वारले अध्यक्ष जित्दा उपाध्यक्ष एमालेको उम्मेद्वार विजयी वनेका छन् । सन्दकपुरमा अध्यक्ष काँगेस विजयी बन्यो भने उपाध्यक्षमा एकिकृत समाजवादीबा उम्मेद्वार विजयी बनेका छन । फाकफोकथुम गाउँपालिकामा भने मतगणना भइरहेको छ ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved