सूर्य र रुख चुनाव चिन्हलाई लौरोले चुनौति दिँदै

  • जेठ ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्थानीय निर्वाचन अन्तर्गत धरानमा प्रतिगामीलाई हराउने भन्दै पाँच मिलेर बनेको सत्ता गठबन्धन दल र नेकपा एमालेबीच कडा प्रतिष्पर्धा हुने आंकलन गरेका सर्वसाधारण पछिल्लो समय स्वतन्त्र उमेद्वार हर्क साम्पाङले दुई दललाई नै चुनौति दिदै अग्रता दिएपछि धरानका सर्वसाधारण आश्चर्यमा परेका छन् ।

धरानमा लामो समयसम्म कम्युनिष्टल वर्चस्व जमाउदै आएको र एक कार्यकाल नेपाली कांग्रेसले धरान उपमहानगरपालिकाको मेयरको कार्यभार सम्हालिसकेका यी दुई दलबीच नै कडा प्रतिपर्धा हुने भनिए पनि लौरौ चुनाव चिन्ह लिएर प्रतिष्पर्धामा उत्रिएका हर्क साम्पाङ यी दुवैलाई चुनौति दिंदै अग्रस्थानमा रहेका छन् ।

यो समाचार तयार पार्दा सम्म धरानमा २८ हजार ५ सय ८७ मत गणना भइसकेको छ । १ लाख ३ सय २४ मत रहेको धरामा ६२ हजार बढी मत खसेको छ । यसमा हालसम्म स्वतन्त्रका उमेद्वार हर्क साम्पाङले ८ हजार १ सय ४० मत ल्याएर अग्र स्थानमै रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका नेपाली कांग्रेसका किशोर राईभन्दा साम्पाङ १४ मतले अगाडि छन् । राईले ८ हजार १ सय २६ मत प्राप्त गरेका छन् । यस्तै सधै एमालेकै दबदबा भएको धरानमा ०७९ को स्थानीय निर्वँचनमा एमाले तेस्रो स्थानमा खुम्चिनुपर्ने बाध्यता रहेको छ । एमालेका तर्फबाट मेयरको उमेद्वार बन्नु भएकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ७ सय १३ मत मात्र प्राप्त गरेका छन् । यस्तै उपमेयरको प्रतिष्पर्धामा भने गठबन्धनबाट उमेद्वार बनेका माओवादी केन्द्रका आइन्द्र विक्रम बेघा एमालेका  पदम इस्बो लिम्बुभन्दा अगाडि छन् । बेघाले ९ हजार १ सय ३६ मत प्राप्त गर्दा  इस्बोले ८ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् ।

दलहरुलाई पछि पार्दै स्वतन्त्र उमेद्वार साम्पाङ अगाडि आउनुमा धरानका सर्वसाधारण, राजनीतिक विश्लेषकहरुको आ आफ्नै तर्क छ । धरान १५का सुवास राईले दलहरु लमो समयसम्म नेतृत्वमा बस्दा पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको, जनताको सेवामा गएकाहरु सेवा सुविधामा लिप्त भएका लगायतका कारणले दलहरुबाट जनतालाई वितृष्णा हुदा विकल्पको रुपमा स्वतन्त्र उमेद्वार रोज्न बाध्य हुदा परिणाम यस्तो आएको बताए । उनले भने–‘०७४ सालको पहिलो स्थानीय निर्वाचनमा नेकपा एमालेले उपमहानगरपालिकाको नेतृत्व लियो, मेयर तारा सुब्बाको निधनपछि ०७६ सालमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राईले नेतृत्व लिए पनि जनताको अपेक्षा अनुसार काम गर्न सकेनन् । त्यही भएर जनताले विकल्पको रुपमा स्वतन्त्र उमेद्वार हर्क साम्पाङलाई मतदान गरेको हुनुपर्छ ।’

यता धरान १६ का कुमार गुरुङको भनाई भने राईको भन्दा केही फरक छ ।  धरानमा बर्षौदेखि खानेपानीको समस्या छ, धरानेहरु खानेपानीको अभावमा तड्पिरहेको समयमा दलहरुले भने खानेपानीमा राजनीति गरे,  समस्या समाधानमा गम्भीर भएनन । विगतदेखि नै खानेपानी समस्याको विषयमा दह«ो आवाज उठाउदै आएका हर्क साम्पाङप्रति धरानेहरुको खानेपानी समस्या समाधानको ठूलो अपेक्षा रहेकै कारण साम्पाङ रोजाइमा परेको हुनसक्ने  गुरुङको तर्क छ । उनी भन्छन्–‘धरानमा बर्षौदेखिको समस्या खानेपानी समस्या हो, दलहरुले यसमा गम्भीर भएर लागेनन्, पानीमा राजनीतिमात्र गरे, ०७६ को उपनिर्वाचनमा एमालेबाट केही नभएपछि विकल्पको रुपमा कांग्रेसलाई रोजे, कर घटाउने मुख्य एजेन्डा बोकेर चुनावमा उमेद्वार दिएका तिलक राईले त्यो काम गर्न सकेनन्, यसले दलहरुप्रति सर्वसाधारणको अविश्वास बढेर गयो, यसैका प्रतिफल साम्पाङप्रति विश्वास झिनो आशा लिएर सर्वसाधारणले मत हालेको देखिन्छ ।’

यता राजनीति विश्लेषकको तर्क पनि सर्वसाधारणको भन्दा केही फरक छैन । निर्वाचनताका नै सर्वसाधारण चुनावप्रति उत्साहित नभएको बताउने डा. राजेन्द्र शर्माले दलहरुको घोषणापत्र एकातिर काम कुरा अर्कोतिर हुदा अहिले स्वतन्त्र उमेद्वारप्रति जनताको अपेक्षा बढेर गएको बताए । उनले भने–‘जनता सचेत भइसके, जनताको अपेक्षा पूरा नगर्नेहरुलाई जन्ताले नै पाखा लगाउछन्, दलहरुप्रति जनताको अपेक्षा पूरा हुदैन भन्ने देखेरै नै स्वतन्त्र उमेद्वारप्रति बढी मत गएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।’

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved