‘टुप्पी’ काटिदिएको भन्दै प्रहरीमा उजुरी

  • जेठ ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आफूले ४० वर्षदेखि पाल्दै आएको ‘टुप्पी’ काटिदिएको भन्दै मोरङका एक ब्राम्हणले कारवाहीको माग राख्दै प्रहरीमा उजुरी दिएका छन् ।

मोरङ कटहरी गाउँपालिका ४ घर भइ विराटनर १२ मा बस्दै आएका ५२ वर्षीय मनोज शर्माको कम्मरसम्मको एक फिट लामो ‘टुप्पी’ काटिदिनेलाई कारवाहीको माग राख्दै मोरङ प्रहरीमा उजुरी परेको हो ।

शर्माको टुप्पी कटहरी गाउँपालिका ४ का फिरोज मियाँले काटिदिएका हुन् । मियाँले १३ वैशाखमा राती साढे ७ बजे कटहरी ४ मा टुपीमा तानेर कैचीले जवरजस्ती काटिदिएको शर्माको भनाई छ । आफ्नो बारीको पानी तान्ने पम्प चोरी गर्ने फिरोज मियाँले टुप्पी काटिदिएको शर्माको आरोप छ ।

कटहरी ४ मा खेतीयोग्य जग्गा रहेका शर्माले खेतमा पानी तान्ने मोटर चोरेको अवस्थामा रंगेहात फिरोजलाई भेटेको बताएका छन् । चोरीबारे प्रहरीमा आफूले उजुरी दिएपछि उजुरी फिर्ता लिन दबाब दिएको र नमान्दा कटहरीस्थित घरमा बसेको बेला टुप्पीमा तानेर सडकमा ल्याई काटिदिएको उनको भनाइ छ ।

घटनापछि शर्मा काटिएको टुप्पी हातमा बाकेर मोरङ प्रहरीमा कारवाहीको लागि आउने गरेका छन् । ‘प्रहरीमा उजुरी त लियो, तर अहिलेसम्म टुप्पी काटने मान्छेलाई प्रहरीले पक्राउ गरेको छैन,’ बुधबार टुप्पी बोकेर मोरङ प्रहरी परिसर बाहिर भेटिएका शर्माले भने, ‘मेरो चार दशकदेखि पालेको टुप्पी काट्नेलाई कडा कारवाही हुनुपर्दछ ।’ आफु गुरुकुलमा अध्ययन गरेको ब्रमाहण भएकोले टुप्पी पाल्ने हाम्रो परम्परा रहेको उनले सुनाए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोइरालले टुप्पी काटेको घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । ‘हामीले उजुरी लिएर घटनाको अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अहिले यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौं ।’

आज गुरु पूर्णिमा र व ...

काठमाडौँ/ आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गु ...

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved