धरान/ धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले आयोजना गरेको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको प्राङ्गणमा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा गायन र नृत्य विधामा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। मेलोडी सिनियरतर्फ कक्षा ६ की नुमा लिम्बु प्रथम भइन् भने कक्षा ८ का याङछाहाङ राई दोस्रो र कक्षा ९ का सन्जोग लिम्वुखिम तेस्रो भए। मेलोडी जुनियरतर्फ कक्षा ३ की विप्लन घिमिरे प्रथम, कक्षा ४ की साइवोङ लिम्बु दोस्रो तथा कक्षा २ का सेजल राई तेस्रो भए। मोसन सिनियरतर्फ कक्षा ८ का याङक्षा राई प्रथम बने भने कक्षा ७ की अदिति प्रधान दोस्रो र कक्
धरान/ धरान–१८ स्थित डिपो माध्यमिक विद्यालयद्वारा आयोजित २० औँ ललित–अम्बर डिपो कप–२०८२ अन्तर्गत आज तेस्रो दिन चार खेल सम्पन्न भएका छन्। प्रतियोगिताको आजको दिन गोल वर्षादेखि सडन डेथसम्मका रोमाञ्चक खेलले दर्शकलाई उत्साहित बनायो। तेस्रो दिनको पहिलो खेलमा नेपाल पुलिस स्कुल धरान–१३ ले हिमशिखर बोर्डिङ स्कुल इटहरीलाई एकतर्फी खेल प्रदर्शन गर्दै ६–० गोल अन्तरले पराजित गर्यो। पुलिसको प्रभावशाली जितमा सौगात श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई डिपो माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य तथा खेलकुद विभाग प्रमुख खड्गशम्सेर लिम्बूले मायाको चिनो प्रदान
सुनसरी/ धरान उपमहानगरपालिका वडा नं. ९ अन्तर्गत देवकोटा पथ क्षेत्रमा वर्षौँदेखि ढलमा डुबेर जोखिममा परेको खानेपानी पाइप तथा स्ल्याबको समस्या अन्ततः समाधान भएको छ। वडा अध्यक्ष रुपेश आचार्यको प्रत्यक्ष सक्रियता र पहलमा सम्पन्न कार्यपछि स्थानीय बासिन्दाले ठूलो राहत महसुस गरेका छन्। लामो समयदेखि दुर्गन्ध र असुविधा झेल्दै आएका टोलवासीहरूले वडा कार्यालयको प्रयासको खुलेर प्रशंसा गरेका छन्। दिव्य ज्योति टोल विकास संस्थाले समस्या समाधानमा अग्रसर भूमिका खेलेको भन्दै वडा अध्यक्षसहित वडा सदस्यहरूलाई धन्यवाद व्यक्त गरेको छ।
धरान/ बस व्यवसायी तथा उपभोक्ता प्रवर्द्धन केन्द्रकाे नयाँ सञ्चालक समिति गठन गरिएको छ । केन्द्रकाे साताै बार्षिक साधारण सभाले नेत्र बहादुर थापाको अध्यक्षतामा २५ सदस्यीय सञ्चालक समिति गठन गरिएको हो। निवर्तमान अध्यक्ष कृष्ण प्रसाद सुवेदी (धरान–१५) लाई संस्थाकाे प्रमुख सल्लाहकार तथा संरक्षकका रूपमा चयन गरेकाे छ । केन्द्रकाे वरिष्ठ उपाध्यक्षमा राजमणि निरौला (धरान–१५) चयन भएका छन् भने उपाध्यक्षमा बाबुराम कार्की (धरान–८) रहेका छन्। त्यसैगरी महासचिवमा गोविन्द महराई (सुन्दरहरैंचा), कोषाध्यक्षमा फडिन्द्र बहादुर कार्
धरान/ प्रतिभा, ऊर्जा र आत्मविश्वासको शानदार प्रस्तुति गर्दै ‘सुनाखरी डान्सिङ आइडल–२०८२’ को उपाधि साईमा लिम्बु र सागरिका श्रेष्ठले जितेका छन्। धरान–१२ स्थित सुनाखरी एकेडेमीमा शुक्रबार सम्पन्न एकल नृत्य प्रतियोगिताको ग्राण्ड फिनालेबाट सिनियरतर्फ कक्षा ९ की साईमा लिम्बु र जुनियरतर्फ कक्षा ५ की सागरिका श्रेष्ठ प्रथम बनेका हुन्। सुनाखरी बाल क्लबको आयोजनामा तथा सुनाखरी एकेडेमीको संयोजनमा भएको प्रतियोगितामा सिनियरतर्फ कक्षा ७ की चारु राई र जुनियरतर्फ कक्षा ३ की सोफिया राई दोस्रो भए। यस्तै, सिनियरतर्फ कक्षा ६ की इसिका श्रेष्ठ र जुनियरतर्फ कक्षा ३ की एलिभेट गिरी तेस्रो स
धरान/नेपालका लागि टिभिएसका आधिकारिक वितरक जगदम्बा मोटर्सको सहयोगमा धरानमा ‘टिभिएस एक्सचेन्ज मेला’ आयोजना हुने भएको छ। धरानस्थित आधिकारिक बिक्रेता न्यु कुष्ण टेडर्समा मंसिर २८ देखि पौष ४ गतेसम्म मेलाको आयोजना गर्ने जानकारी दिएको छ। मेलामा जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक/स्कुटर लिन सकिनेछ। ग्राहकका लागि विशेष अफरहरू पनि उपलब्ध रहनेछन्, जसमा रु ३० हजारसम्मको न्यूनतम मूल्यांकन, रु ८ हजारसम्मको क्यास डिस्काउन्ट, रु १० हजारसम्मको भ्यालु एडिसन, फ्रि एक्सेसरीज, निशुल्क हेल्मेट, लाइफटाइम वारन्टी र नागरिकता मात्रमा फाइनान्स सुविधा समावेश छन्। न्यु कुष
धरान/ नेपालको पहिलो पवित्र तीर्थस्थलका रूपमा परिचित वराहक्षेत्रमा १०० करोड दीप प्रज्वलनसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। महायज्ञ आगामी माघ १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ। श्री वैकुण्ठनाथ दिव्य धाम काठमाडौँ र लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहराको संयुक्त आयोजनामा हुन लागेको यस भव्य धार्मिक अनुष्ठानबारे शुक्रबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। कोकाह र कौसिकी नदीको पवित्र सङ्गमस्थल वराहक्षेत्रमा आयोजना हुने महायज्ञमा देश–विदेशबाट लाखौँ भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ। आयोजकका अनुसार दीप प्रज
धरान/ धरान औद्योगिक क्षेत्रले शुक्रबार ५४औँ वार्षिकोत्सव मनाएको छ। वि.सं. २०२९ मा भारत सरकारको सहयोगमा स्थापना भएको धरान औद्योगिक क्षेत्र आज देशका १० औद्योगिक क्षेत्रमध्ये एक भए पनि, उद्योग विस्तारका लागि जग्गा अभाव, पूर्वाधार सीमितता र नीतिगत जटिलता मुख्य चुनौतीका रूपमा देखिएका छन्। २०२ रोपनी क्षेत्रफलमा फैलिएको धरान औद्योगिक क्षेत्र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र, धरान बजार र मदन भण्डारी राजमार्गले घेरिएको स्थानमा अवस्थित छ। स्थापना भएको पाँच दशक नाघ्दा पनि अपेक्षित औद्योगिक विकास हुन नसकेको स्वीकारोक्ति स्वयं व्यवस्थापन पक्षले गरेको छ। वार्षिकोत्
धरान/ धरान–१६ सिटि चिल्ड्रेन हाउस मन्टेश्वरी तथा ट्रेनिङ सेन्टरले मानव सेवा केन्द्र धरानमा सामाजिक सहयोग कार्यक्रम आयोजना गरेको छ। मंसिर २६ गते बिहान सम्पन्न कार्यक्रममा आश्रममा बसेका २७ जना बुवालाई बिहानको खाना खुवाउँदै फलफूल पनि वितरण गरिएको थियो। मन्टेश्वरीकी निर्देशक ओमु राईका अनुसार विद्यार्थीहरूलाई “मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने शिक्षा र संस्कार सिकाउने उद्देश्यले यो प्रयोगात्मक कार्यक्रम आयोजना गरिएको हो। “नानीबाबुहरूले सामाजिक उत्तरदायित्व र सहानुभूतिको महत्व बुझ्न सकून् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौं” उनले भनिन् ।
धरान/ डिपो माध्यमिक विद्यालय, धरान–१८ द्वारा आयोजित २०औँ ललित–अम्बर डिपो कप–२०८२ को दोस्रो दिन तीन रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। कक्षा ५ सम्मका १२ वर्षमुनिका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा आज भएका सबै खेल एकतर्फी नतिजासहित सकिएका छन्। दोस्रो दिनको पहिलो खेलमा नोबेल एकाडेमी धरान–११ ले एप्पल मन्टेश्वरी धरान–११ लाई ०–८ को विशाल अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्यो। नोबेलका जर्सी ७ का सोहन राईले ह्याट्रिकसहित ३ गोल गर्दै खेलमा उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै जर्सी ९ का डेनिल लिम्बूले २ गोल, रेहान रसाइली र सायाहाङ राईले सम