ओली–लेखक पक्राउप्रति एमाले धरानको आपत्ति! तत्काल रिहा गर्न माग

  • चैत १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) धरान उपमहानगर कमिटीले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई राज्यले गरेको पक्राउको कडा शब्दमा विरोध गरेको छ।

शनिबार (चैत १४) बिहान भएको उक्त पक्राउलाई कमिटीले “प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी” भन्दै लोकतान्त्रिक मूल्य र कानुनी शासनविपरीत भएको ठहर गरेको छ।

कमिटीका अध्यक्ष हर्कजंग एभेङद्वारा जारी प्रेस वक्तव्यमा दुवै नेताको तत्काल रिहाइको माग गरिएको छ।

वक्तव्यमा भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोगप्रति सर्वोच्च अदालतले समेत गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै उक्त आयोगको प्रतिवेदन पूर्वाग्रही र न्यायिक सिद्धान्तविपरीत रहेको दाबी गरिएको छ।

साथै, निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गर्न माग गरिएको छ।

एमाले धरानले पक्राउको विरोध, नेताहरूको रिहाइ, कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि सबै राजनीतिक दल, नागरिक समाज र आमजनसमुदायलाई संयुक्त पहल गर्न आग्रह गरेको छ।

वक्तव्यमा यस घटनालाई संविधान, लोकतन्त्र र मानवअधिकारका पक्षधरहरूलाई चिन्तित बनाउने कदमको रूपमा चित्रण गर्दै कानुनी र राजनीतिक रूपमा प्रतिवाद गरिने पनि उल्लेख छ।

साथै, पार्टीपंक्ति र आम नागरिकलाई विचलित नभई लोकतन्त्र र जनताको पक्षमा दृढतापूर्वक अघि बढ्न आह्वान गरिएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved