इटहरी । पछिल्लो केही समय यता इटहरीमा अवैध लागुऔषधको कारोबार निकै बढेको प्रहरीको तथ्यांकले देखाएको छ । सुनसरीसँग जोडिएका खुल्ला भारतीय नाकाहरूबाट हुने अवैध लागु औषधको कारोबार बढेको तथ्यांकले देखाएको छ । खुल्ला सिमानाकै कारण इनरूवा, भण्टावारी, हरिनगरा र मोरङको बिराटनगर स्थित जोगबनी नाकाबाट अवैध लागुऔषध इटहरी हुदै सुनसरीको बिभिन्न बजार सम्म पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय इटहरीले लागुऔषध बिरूद्ध अभियान चलाइरहदा नौ दिनको अन्तरालमा १४ जनालाइ नियन्त्रणमा लिएको जनाएको छ । इटहरीको बिभिन्न स्थानबाट प्रहरीले गत असार १८ गते देखि २७ गते सम्म चलाएको अप्रेसनमा १४ जना पक्र
धरान । तत्कालीन ब्रिटिश घोपा क्याम्प पोखरामा सारिएपछि मृत शहर बन्दै गएको धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएपछि ब्युतिएको थियो । २५ वर्ष अघिदेखि प्रतिष्ठानको स्थापनासँगै धरानले पनि आर्थिक रुप फेर्दै गएको हो । स्वास्थ्य सेवासँगै चिकित्सा अध्ययनकालागि स्थापना गरिएको प्रतिष्ठानमा पछिल्लो समय भ्रष्टाचार र अनियमितता बढ्दै गएपछि सबैभन्दा ठूलो प्रभाव पनि धरानलाई नै परेको छ । विगत १० वर्ष देखि लथालिङ्ग बनेको प्रतिष्ठान अहिले आर्थिक भार सहित सेवा सुविधा नै खस्किन थालेको छ । धरानमा प्रतिष्ठान स्थापनाकोलागि धराने जनताको आन्दोलन जति उचाइँमा थियो, प्रतिष्ठान स्थापना भएपछि बढ्दै
विराटनगर / विराटनगरमा आयोजना गरिएको मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा अनियमितता भएको विवरण सहितको प्रतिवेदन प्रदेश १ को प्रदेश सभामा पेश भएको छ । फुटबल प्रतियोगिता २०७६ असार १६ गतेदेखि शुरु गरेर असार ३१ गते सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न गर्न सामाजिक विकास मन्त्रालयले रु. १ करोड र अखिल नेपाल फुटबल संघ (एन्फा) ले रु. ३३ लाख बजेट दिएका थिए । मध्य असारमा बजेट सिध्याउनको लागि मात्र प्रतियोगिता गरिएको भन्दै आलोचना, विरोध र प्रदेश सभामा सांसदले प्रश्न उठाएपछि लेखा समितिले छानबिन शुरु गरेको थियो । संसदको सार्वजनिक लेखा समितिका सभापति शिवनारायणसिंह गन्गाईले विहीबारको प्रदेश सभा बैठकमा
विराटनगर । विराटनगर महानगरपालिका–५ मा आफ्नौ दाजुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । स्थानीइ पृथ्वीचोकका साजन सिंहलाई जिल्ला प्रहरी कार्यालय मोरङकको टोलीले पक्राउ गरेको हो । शुक्रबार राति १० बजे दाजु भोला सिंहलाई चक्कुले रोपेर हत्या गरेको प्रहरीको भनाई छ । साजनलाई राति नै प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादका क्रममा ४२ वर्षीय दाईलाई चक्कु हानेको र शरीको विभिन्न ठाउँमा गहिरो चोट देखिएको प्रहरीको भनाई छ । पहिले कुटपिट गरेको र चक्कु हानेपछि राति ११ बजे भोलाको मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका साजनविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान
इलाम/ इलामको देउमाई नगरपालिकाले कोभिडका कारण मृत्यु भएका परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताए । नगरपालिकाले नयाँ कार्यक्रमका रूपमा देउमाइलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक ५०० दिने निर्णय गरेको छ । नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ । साथै ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता उप
विराटनगर । नेपाली कांग्रेसले प्रदेश नम्बर १ सरकारले बन्द भएको कोभिड अस्पताल चलिरहेको भन्ने झुटो अभिव्यक्ति दिएर जनता र सांसदलाई गुमराहमा राख्ने काम गरेको भन्दै आपत्ती जनाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विहीबारको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सरकारले दश दिनमा तयार गरेको भनिएको कोसी कोभिड अस्पताल बन्द रहेको बताए । उनले भने,“तर सरकारका मन्त्रीहरु अहिले पनि कोसी अस्पताल संचालनमा रहेको छ भन्दै झुट प्रचार गरिरहनु भएको छ । बन्द भएको अस्पताललाई खुला छ भनेर झुट बोल्ने ? के त्यो अस्पताल खुला छ ?” हाल कोसी कोभिड अस्पताल परिसरमा विराटनगर महानगरपालिका, उद्योगी व
धरानः धरान उपमहानगरपालिकाको नवौं नगरसभा शनिबार पुनः बस्ने गरी स्थगित भएको छ । शुक्रबार सुनसरी उद्योग वाणिज्यसंघको सभाहलमा आगामी आर्थिक वर्ष २०७८÷७९को निति तथा कार्यक्रम र अर्थिक विधेयक पारित भएसगैँ शनिवार पुनः बस्ने गरी बैठक स्थगित भएको हो । उपमहानगरपालिकाको सुचना अधिकृत तथा राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाका अनुसार शनिवार हुने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने भएको छ । उनका अनुसार नीती तथा कार्याक्रम, अर्थिक विधेयक र विनियोजन विधेयकमाथि केही नगरसभा सदस्यहरुले आफ्नो कुरा राखेका थिए भने नगर उप प्रमुख मञ्जु भण्डारीले उठेका प्रश्नहरुको विषयमा प्रस्ट पारेकी थिइन् । असार १० ग
इटहरी/ लामो समय देखिको नेतृत्व बिवाद सतहमा पुग्दा पनि कुनै सहमति हुन नसकेपछि अन्ततः होटल व्यवसाय संघ इटहरी दुइ टुक्रामा बिभाजन भएको छ । यस अघि इटहरीका युवा व्यवसायी जिवन पराजुलीले नेतृत्व गर्दै आएका होटल व्यवसायी संघ अहिले टुक्रिएर अर्काे समिति गठन भएको हो । पराजुलीको कार्यकाल तिन महिना अघि नै सकिए पनि नेतृत्व बिवाद टुंगो लगाउन नसक्दा रूस्ट बनेका अर्का पक्षले होटल तथा लज व्यवसायी समिती इटहरी गठन गरेका छन । युवा व्यवसायी उमेश नाथ दाहालको अध्यक्षतामा होटल तथा लज व्यवसायी समिती इटहरी गठन भएको हो । दाहालको नेतृत्वमा रहेको समितिमा १६ सदस्य रहेका छन । यसरी गठन भएको समिति अन्तरगत वरिष्ठ उपाध्यक
विराटनगर/ नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइराला लगातार पार्टीको दुई कार्यकालदेखि नेतृत्वमा छन् । प्रदेश नम्बर १ मा प्रमुख विपक्षी कांग्रेस संसदीय दलका नेता पनि हुन, उनी । कांग्रेस विधान अनुसार अब कोइरालाले जिल्लामा नेतृत्व दाबी गर्न मिल्दैन । तर, पार्टीको १४ औं महाधिवेशन नजिकिएसँगै कोइराला पार्टीको माथिल्ला पदमा उठ्ने योजना साथ तयारीमा केन्द्रीत भएको बताउँदै भन्छन्, “मध्य बर्खा छ, महाधिवेशन पनि नजिकिसक्यो, अब जिल्ला नेतृत्वभन्दा पनि माथिल्ला पदमा जाने तयारी गर्दैछु, साथीभाई र नेतृत्वसँगको छलफल गरेपछि कुन पदमा उठ्ने भन्ने तय गर्नेछु ।” क्रियाशील सदस्यता सम्बन्धी विषय न
धरान । राष्ट्रिय भावना समेटिएको ‘हाम्रो देश’ बोलको गितको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ । धरानका पत्रकार रिकेश विश्वकर्माद्वारा लेखिएको ‘हाम्रो देश’ बोलको गितको म्युजिक भिडियो मंगलबार एक कार्यक्रम बिच धरान उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष बाबुलाल लामाले सार्वजनिक गरेका हुन् । विभिन्न समुदाय, जातजातिको प्रतिनिधि झल्कने गरि राष्ट्रियता प्रती समर्पित रहेको गितको म्युजिक भिडियोको निर्देशन पनि गितकार विश्वकर्माले नै गरेका छन् । गितमा विकाश निर्माण प्रती सचेत गराउदै भाषा र भेषभुषा संरक्षणका आव्हान गरिएको छ । वडा नम्बर ११ को लक्षित कार्यक्रम अन्तर्गत विनियोजित