मेघा थ्री वाइ थ्री बास्केटवल: उपाधि चिल्ड्रेन एकेडेमीलाई

  • श्रावण ५, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । मंगलबारदेखि शुरु भएको धरान मेघा थ्री वाइ थ्री एसइइ लेवल खुल्ला बास्केटवल प्रतियोगिताको उपाधि चिल्डे्रन एकेडेमीले जितका छ ।

वुधवार भएको अत्यन्त्य प्रतिस्पर्धात्मक फाइनल खेलमा चिल्ड्र्रनले होलिल्याण्ड स्कुललाई १२–१० अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । उपाधिसँगै चिल्ड्रेन स्कुलले नगद ६ हजार रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो स्थानमा चित्त बुझाएको होलिल्याण्ड स्कुलले नगद ३ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । आयोजकले विजेतालाई नगद ५ हजार र उपविजेतालाई २ हजार ५ सय नगद पुरस्कार तोके पनि कार्यक्रमका अतिथि सियोन स्कुलका अध्यक्ष खड्क थापा मगरले विजेता तथा उपविजेता टिमलाई एक एक हजार रुपैया थप गरिदिएका थिए ।

चिल्ड्रेन स्कुलका खेलाडी पारुहाङ्ख चोम्जोङ्गको उत्कृष्ट प्रदर्शनले चिल्ड्रेन स्कुलले उपाधि माथि कव्जा जमाउन सफल भएको थियो । प्रतियोगिताका उत्कृष्ट खेलाडि घोषित चेम्जोङ्गले फाइनल खेलमा व्यक्तिगत ८ अंक जोडेका थिए । उनले उपाधि सहित नगद ६ हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन । उत्कृष्ट खेलाडी पुरस्कार आयोजकले एक हजार नगद घोषणा गरे पनि कार्यक्रमका विशेष अतिथि धरान सरोकार समाजका अध्यक्ष समाजसेवी प्रभु श्रेष्ठले उत्कृष्ट खेलाडीलाई थप नगद ५ हजार रुपैया प्रदान गरेका थिए ।

विजेता तथा उपविजेता खेलाडस्हरुलाई सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, धरान उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), सियोजन स्कुलका अध्यक्ष खड्क थापा मगर, धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेल, धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १८ वटा टिमले सहभागिता जनाएको थियो । प्रतियोगिता धरान मेघा कलेजको बास्केटवल कोर्टमा सम्पन्न भएको थियो ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved