ओखलढुंगा/ जिल्लामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायत मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी ड्युटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री
इटहरी । पर्याप्त दक्ष जनशक्ति नभएकै कारण देशभर बुधबारदेखि सुरू भएको १२ औ राष्ट्रिय जनगणना प्रभावित बनेको छ ।पहिलो चरण अन्तरर्गत घर तथा घरपरिवार सूचीकरण कार्यक्रम जनशक्ति अभावकै कारण सुनसरीमा प्रभावित बनेको हो ।देशभर एकै साथ सुरू भएको जनगणनाको पहिलो चरणको कार्यक्रम घर तथा घर परिवारको सुचिकरण गर्न सुनसरीमा बुधबारदेखि नै सुपरिवेक्षकहरू घर घर परिचालित भइसकेका छन । राष्ट्रिय जनगणना २०७८ कालागि सुनसरीका तीन पालिकाहरूमा १ सय २२ जना सुपरिवेक्षकहरू खटाइएको छ । पालिका अन्तर्गत धरान उपमहानगरपालिकामा ४८ जना, इटहरीमा ४९ जना र बराहक्षेत्र नगरमा २५ जना गरी १ सय २२ जना सुपरिवेक्षक परिचालन गरिएको राष्ट्रिय जन
रंगेली/ मोरङको रंगेली नगरपालिकाको स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास गर्ने उदेश्यले चार दिने तालिम सुरु भएको छ । निर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा जानकारी दिन प्रारम्भिक चरणको तालिम सुरु गरिएको हो । स्थानीय तहमा निर्वाचित उनीहरुको निर्णय प्रक्रियामा सहभागिता, नेतृत्व परिचय, भूमिका र आत्माविश्वास बृद्धि गर्ने उद्देश्यले तालिम गरिएको जनाइएको छ । मेलिना गेष्ट हाउसमा उक्त तालिमको आयोजना गरिएको थियो । सो कार्यक्रम दलित महिला केन्द्र नेपालले इन्टरनेशल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टम संस्थासँगको सहकार्यमा म
विराटनगर । प्रदेश १ मा पछिल्ला केही दिनयता कोरोना संक्रमण केही मत्थर भएजस्तो देखिएपनि मृत्यु दर भने घट्न सकेको छैन । कारोनाको पहिलो लहर अन्त्य हुने बेला मृत्यु दरमा कमी आएको थियो । तर, दोस्रो संक्रमण चरममा पुगेको भन्ने चिकित्सक तथा विज्ञले बताइरहँदा प्रदेशमा कोरोनाकै कारण हुने मृत्युमा भने कमी आएको छैन । प्रदेश १ मा दैनिक औसत पाँच जनाको कोरोनाकै कारण मृत्यु भई रहेको छ । पछिल्लो एक सताको तथ्यांक हेर्दा कोरोना संक्रमित थपिने क्रम दैनिक पाँच सयभन्दा तल झरेपनि मृत्यु दरमा भने कमी आउन सकेको छैन । बुधबार कोरोनाका कारण प्रदेशमा चार महिला र एक पुरुषले ज्यान गुमाए । ४ सय ७९ संक्रमित थपिँदा २ सय ४६ सं
ताप्लेजुङ ः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ। कोभिड–१९ संक्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो। हाल कोभिड–१९ को प्रभाव कम हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ देखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको छ। कोभिडको जोखिम कम भए पनि पूर्णरुपमा नहटेकाले वर्तमान अवस्थामा पाथी
विराटनगर । मोरङको विराटनगरका कार दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । बिहीबार विराटनगरतर्फ आउँदै गरेको बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई कोसी राजमार्गअन्तर्गत बुढीगङ्गा–३ मा दुर्घटनामा परेको हो । घटनामा बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेको कार सडकमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल घाइते भएक
इटहरी । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको इटहरीबाट अवेध लागुऔषध ब्राउन सुगर सहित दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरीगंज गाउँपालिका २ का २७ वर्षीय आइतबारी हस्दा र बिहारको किसनजंग थाना दिलगबैंक ग्राम पञ्चायन १ का २२ वर्षीय सुरज साह रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनिहरूलाइ इटहरीको मिलन चोकबाट नियन्त्रणमा लिइएको इटहरी प्रहरीले जनाएको छ । प्रहरी चेकिङलाइ देखेर तर्किन खोजेपछि श.का लागि चेकजाच गर्ने क्रममा प्रतिवन्धित ब्राउन सुगर भेटिएको र तत्काल नियन्त्रणमा लिन सफल भएको इटहरी प्रहरी प्रमुख डिएसपि अर्जुन केशिले जानकारी दिए । पक्राउ दुवजनालाइ बुधबार ज
धरानः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार १ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ३ सय २० जनामा संक्रमण देखिएको हो भने ६ सय ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ११३, झापामा १०४, सुनसरीमा ८३, धनकुटामा ५, इलाम र उदयपुरमा ४–४, भोजपुरमा २ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ६३, सुन्दरहैचा र बेलबारीमा १३–१३, लेटाङमा ८, बुढीगंगामा ३, कटहरी, रतुवामाई, केराबारी, कानेपोखरी र पथरीशनिश्चरेमा २–२, उर्लाबारी, रंगेली र ग्रामथ
धरान/ सर्वसाधारणको रोजाईमा परेको यामाहा कम्पनिले नेपालीहरुको महान चाड दशैको अवसरमा विशेष उपहार योजना ल्याएको छ ।कम्पनीले दशैको अवसर पारेर ‘रेस फर एस अफर’ शुरु गरेको हो ।मोटरसाइकल तथा स्कुटर पारखीहरुका लागि अत्यन्तै लोकप्रिय मानिएको यामाहाको स्कुटर तथा मोटरसाइक पारखीहरुहरुका लागि यामाहा कम्पनीले दशैमा ‘रेस फर एस अफर’ ल्याएको धरानस्थित यमाहाको आधिकारिक विक्रेता विजयपुर टे«डर्सले जनाएको छ । ट्रेडर्सका अनुसार यो अफर अफर यही भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कुटरको खरीदमा लागू गरिएको जनाएको छ ।योजनाअन्तर्गत उपभोक्ताहरुले यामाहा खरीद गर्दा तत्कालै स्योर सट उपहारमा न
बराहक्षेत्र/ सामुदायिक वनको आय आर्जन वृद्धिका लागि बराहक्षेत्र नगरपालिकाले दुई वर्ष अघि ५ लाख रुपैयामा पोखरी निर्माण गरेको थियो । तर पोखरीमा अहिले सम्म एउटा माछाको भुरा पनि हालिएको छैन् । पोखरी खनेर वेवारिसे अवश्थामा छाडिएकाले बजेटको दुरुपयोग भएको स्थानीयको गुनासो छ । बराहक्षेत्र नगरपालिकाले सामुदायीक बनको आय आर्जनका लागि आर्थिक वर्ष २०७५÷ ०७६ मा ५ लाख रुपैँया बजेट विनियोजन गरी माछा पोखरी खनिएको थियो । अहिले पोखरी वरीपरी झारपात बढेर भैसीको आहाल जस्तो बनेको छ । पोखरी देख्नेहरुले भ्यागुतो पाल्न की माछा पाल्न पोखरी खनिएको हो भन्ने प्रश्न गर्न थालेका छन् । नगरपालिकाको ५ लाख रुपैया पचा