एम्स एकेडेमीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • भदौ १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ एम्स एकेडेमीले आप्mनै विद्यालयका विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियाबेगिता आयोजना गरेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा पुष्पा विश्वकर्मा, रवनीश न्यौपाने र विशाल कालिकोटे क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । यसैगरी मन्दिप लिम्बू र रूपसाना राईले सान्त्वना स्थान प्राप्त गरेका छन् । एम्स एकेडेमीमा विभिन्न सङ्कायमा अध्ययनरत् विद्यार्थीहरूले भाग लिएको प्रतियोगितामा निर्णायकका रूपमा राजेश विद्रोही, भोजराज श्रेष्ठ र शान्ति लिम्बू थिए ।

त्यस क्रममा निर्णायक विद्रोहीले प्रतियोगिताका नियमहरूबारे विद्यार्थीलाई जानकारी गराएका थिए । सो प्रतियोगितामा २२ जना विद्यार्थीले भाग लिएका थिए । उनीहरूलाई चारवटा विषय दिइएको थियो । दिइएका विषयमध्ये आपूmलाई मन परेको कुनै एक विषयमा बोल्नुपर्ने थियो ।

विद्यालयका प्राचार्य मित्र तामाङले विद्यार्थीहरूमा भएको प्रतिभालाई उजागर गर्न यस्तो प्रतियोगिता आयोजना गर्ने गरिएको बताए । यस्तै एम्स एकेडेमीसँगै सहकार्य गरिरहेको नेसनल मल्टिपल कलेजका प्रमुख हेमन्त भण्डारीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप पनि आवश्यक हुने भएकोले यसतर्पm ध्यान दिने गरिएको जनाए ।

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved