सीमा क्षेत्रमा अपराधिक गतिविधि बढ्दै: नियन्त्रण गर्न सुरक्षाकर्मी र स्थानीय सम्मिलित सुरक्षा समिति गठन

  • भदौ २२, २०७९
  • "रबिन्द्र बराल"
alt

धरान । सीमा क्षेत्रमा आपराधिक गतिविधि, मानव बेचविखन, सीमा स्तम्भ अतिक्रमण लगायतका गतिविधि बढ्दै गएपछि मोरङको रंगेलीमा सुरक्षाकर्मी र स्थानीयहरु सम्मिलित सुरक्षा समिति गठन भएको छ ।

चाडपर्व नजिकिदै जाँदा तस्की मौलाउँदै गएको, चोरी बढेको यसलाई सर्वसाधारणलाई शान्ति सुरक्षा महसुस होस् भन्ने उद्देश्यले सुरक्षा समिति गठन गरिएको जनाइएको छ ।

मोरङ्ग रंगेली नगरपालिका ४ मा रहेको बोर्डर आउट पोस्ट (विओपी) मा खटिएका सशस्त्र प्रहरी सम्मिलित स्थानीय सरकारसहितको टिम गठन भएको हो ।

जस अनुसार सीमा स्तम्भ समितिमा रंगली ४ नं.बडा अध्यक्ष अवधेश कुमार मण्डल, ससस्त्र प्रहरी बिओपी रंगेलीका प्रहरी निरिक्षक निगम राई, धर्मेन्द्र कुमार मण्डल, सुन मण्डल र दिलिपकुमार साह रहेका छन् ।

समितिले नियमित गस्ती भए नभएको हेर्र्ने, दशगजा इलाकामा कुनै पनि प्रकारका भौतिक संरचना चौपायहरुबाट हुन सक्ने क्षतिका नियमित निगरानी गर्ने लगायत यो समितिले गर्ने जनाइएको छ ।

समितिले वाढीले बगाएको सहायक सीमा स्तम्भ १६५÷३ (४७), १६५÷४(४८) र १६५÷५ (४९) नम्बरको पिलर आवश्यक समन्वय गरी पुन निर्माण प्रक्रिया सुरु गरिने समितिले निर्णय गरेको छ । त्यसैगरी अवैध चोरी, पैठारी तथा हात हतियार ओसार पसार नियन्त्रणका लागि चेकप्वाईन्ट नियमित गर्ने र कानूनी कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा कानून बमोजिम कार्वाहीको लागी सिफारिस गर्ने, सिमामा २४ घण्टा सुरक्षा खटाउने समितिले निर्णय समेत गरेको छ ।

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved