समाचार

    Showing 5,591-5,600 of 10,031 items.
  • ‘श्रमिकहरुको श्रमशक्तिको विकास र समृद्धि’ का लागि एमाले–जसपाका साझा उम्मेदवारलाई भोट

    सुनसरी क्षेत्र नं. १ का श्रमिकहरुले नेकपा एमाले तथा जनता समाजवादी पार्टीका साझा उम्मेदवारलाई आसन्न निर्वाचनमा विजयी गराउने उद्देश्यले १७६ सदस्य श्रमिक परिचालन कमिटी घोषणा गरेका छन् । निर्माण क्षेत्रसम्बद्ध मजदुर नेता मूक्तिनाथ गिरीको संयोजकत्वमा परिचालन कमिटी गठन गरिएको हो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध श्रमिकहरुको अन्तरक्रिया तथा भेलामा श्रमिकहरुले नेकपा एमाले र जनता समाजवादी पार्टीका साझा उम्मेदवारलाई मतदान गर्ने संकल्प गरेका छन् । संकल्पलाई व्यवहारमा कार्यान्वयन गर्न यातायात, निर्माण, सुरक्षा, सरसफाइ, अटो मेकानिक, स्वास्थ्य स्वयमसेवी क्षेत्रका श्रमिकहरुको परिचालन कमिटी निर्

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 477 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा साना सहरी खानेपानी वितरण: कतै चौवीसै घण्टा, कतै धारामा पानी नै चुहिदैन

    इलाम । तीन चार वर्ष अघि इलाम बजारमा खानेपानीको हाहाकार हुन्थ्यो । ४८ घण्टामा पनि १ घण्टा सम्म पानी आउँदैन थियो । खानेपानी थाप्नका लागि इलाम बजार नजिकै रहेका धोवीधारा, कुल धारा खोल्सी धारा लगायतका पानी उम्रिएका धारामा घण्टौँ लाइन लाग्नु पर्ने हुन्थ्यो । बजारमा खानेपानीको समस्या भएपछि इलाम सदरमुकाममा ८५ करोडको बृहत् खानेपानी आयोजनाको काम शुरु भयो । आयोजना सम्पन्न भइसक्दा इलाममा २४ है घण्टा पानी आउने भन्दै शुरु भएको आयोजनाले पानी वितरण गरेको एक महिना हुनै लाग्यो । तर खानेपानी नआएपछि स्थानीय समस्यामा बनेका छन् । पुरानो आयोजनाको वितरण हटाएर नयाँ आयोजना जडान गरिए पनि खानेपानी नआउँदा समस्या भएको स्था

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 577 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • एमालेले बहुमत ल्याउँछ : नेम्बाङ

    इलाम/ नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले एमालेले आफ्नै बलबुतामा बहुमत ल्याउने बताएका छन् । आफू उम्मेदवार रहेको इलाम निर्वाचन क्षेत्र २ का मतदातासँग फाकफोकथुम–७, एकतप्पामा कुरा गर्दै उनले गठबन्धनका दलले संयुुक्त चुनावी घोषणापत्रसमेत ल्याउन नसकेको बताए । ‘गठबन्धनका दल अहिले संयुक्त चुनावी घोषणापत्रसमेत ल्याउन नसक्ने अवस्थामा पुगिसकेका छन्,’ उनले भने, ‘स्थानीय निर्वाचनपछि गठबन्धन थाङ्थिलो भएको छ, चुनाव जित्ने अवस्थामा छैन ।’ नेम्बाङले एमालेले बहुमत ल्याएर मंसिर ४ पछि सरकार बनाउने बताए । ‘मंसिर ४ पछि देशमा अध्यक्ष केपी शर

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 691 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धराने जनताको शिर झुक्न दिन्नः रमेश बस्नेत

    धरान / नेकपा एमालेका तर्फबाट सुनसरी क्षेत्र नं. १ (क)बाट प्रदेशसभा उम्मेद्वार बनेका रमेश बस्नेतले जनताको शिर झुक्न नदिने प्रतिब्द्धता व्यक्त गरेका छन् । विहीबार धरान ७ स्थित निर्वाचन परिचालन कमिटिको कार्यालय उद्घाटनको क्रममा बस्नेतले यस्तो प्रतिब्द्धता व्यक्त गरेका हुन् । उनले देश र जनताका स्तर परिवर्तन गर्न सुनसरी क्षेत्र नं. १ मा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का उम्मेद्वारहरुलाई विजयी गराउनु पर्ने बताए । उनले एमाले सरकराको परिकल्पना बाट शुरु भएको सुरुङमार्ग, सडक, औद्योगीका ग्राम निमार्ण लगायतका योजनाहरुलाई थप प्राथमिकताका साथ अगाडी बढाउन पहल गर्ने प्रतिब्द्धता समेत व्यक्त गरे । स

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 811 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्राफिकको आफ्नै भवन नहुदा कार्य सम्पादनमा समस्या

    धरान/ जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको आफ्नै भवन नहुदा कार्य सम्पादनमा कठिनाइ हुदै आएको छ । जिल्लामा ११ ट्राफिक चेकपोष्टलाई निगरानी राख्दै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्नुपर्ने कार्यालयले आफ्नै व्यवस्थापन गर्न नसक्दा काम कारबाहीमा असर परेको हो । कार्यालयमा हालसम्म १८ जना प्रमुखहरु आए, सबै प्रमुखहरुले आफ्नो भवन नहुदा समस्या भोगेका थिए भने अहिले त्यो भन्दा जटिल अवस्था भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले बताए । उनले यस विषयमा एक नंं प्रदेश सरकार, प्रहरी प्रमुखको पटक पटक ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएको बताए । धरान ८ बा

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 872 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सञ्चारकर्मीहरुले दिए सुझाव: सुझाव अनुसार काम गर्ने उमेद्वारहरुको प्रतिबद्धता

    धरान/ प्रदेश नं. १ मा गर्नुपर्ने विकासका कामका विषयमा नेकपा एमाले र जसपाको गठबन्धनका उमेद्वारहरुले सञ्चारकर्मीहरु सुझाव लिएका छन् । धरान १८ को ड्रिमल्याण्ड होटलमा आयोजित नेकपा एमाले र जसपाको गठबन्धनले एक कार्यक्रमको आयोजना गरी प्रदेश एकको ‘ड्रिम प्रोजेक्ट’ का विषयमा सञ्चारकर्मीसँग उनीहरुले सुझाव माग गरेका छन् । प्रत्यक्ष तर्फ नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवारहरु सुनसरी क्षेत्र नं. १ का अशोककुमार राई र सुनसरी १ (१) का रमेशकुमार बस्नेत र सुनसरी १ (२) का विजयकुमार राईले बुधबार पत्रकारहरुबाट सुझाव ग्रहण गरेका हुन् । प्रेस चौतारी नेपाल धरान उपमहानगर कमिटि र बराहक्षेत्र नग

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 856 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अशोक राईको ‘अल वेदर रोड’ को अवधारणा

    धरान । सुनसरी क्षेत्र न १ बाट नेकपा एमाले र जनता समाजवादी पार्टीका साझा उम्मेदवार अशोककुमार राईले सुनसरी १ मा अलवेदर रोडलाई प्राथमिकतामा राखेका छन् ।प्रेस चौतारी नेपाल धरान र बराहक्षेत्र नगर कमिटीको संयुक्त आयोजनामा भएको उम्मेदवार संचारकर्मी सुझाव सङ्कलन कार्यक्रममा उम्मेदवार राईले अल वेदर रोडको अवधारणा बारे बताएका हुन् । चक्रघट्टीदेखि चतरा हुँदै वराहक्षेत्रसम्म सडक पक्की निर्माण गर्ने, चक्रघट्टी( नडाह( धरान जोड्ने सडक, बाङ्गे– कालाबन्जर– धरान जोड्ने सडक कालोपत्रे गर्ने उम्मेदवार राईले बताए ।बक्लौरी– पन्चायन– धरान जोड्ने सडकलाई अल वेदर रोड जुनै समय पनि सहज यात्रा गर्न

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिया किसानको पीडा: नेताले जिते चिया किसानले हारे

    इलाम/ आगामी मङ्सिर चारमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको माहौल निक्कै तातेको छ । उम्मेद्वारहरु यति बेला आफ्ना कार्यकर्ता रिझाउँदै घर घरमा पुगेका छन् । चुनावी माहौल तातिँदै गर्दापनि इलामका चिया किसानलाई भने अहिले सम्म चुनावले छोएको छैन ।उनीहरु भन्छन्–‘जसलाई जिताए पनि हाम्रो समस्या कहिल्यै समाधान हुन सकेन ।’ देउमाई नगरपालिका तीनका ढाकाराम अधिकारीको चिया मजदुर हुन । उनको दैनिकी डोको बोकेर चिया टिपेर, बेचेर दैनिकी चलाउँदै आएका छन् । चिया मजदुरी गरेर गरेर परिवारको शिक्षादिक्षासँगै परिवारको लालनपोषण गर्ने गर्छन् । यो क्षेत्रबाट जसले जितेर गए पनि आफू जस्ता मजदुरलाई नहेर

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 646 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • बागी उमेद्वार मेन्याङ्बोलाई पार्टीले कारबाही गर्‍यो

    धरान/ नेकपा एमालेले जसपासँग गठबन्धन गरेर जसपाका अशोक राईलाई उमेद्वार बनाएपछि असन्तुष्ट बन्दै बागी उमेद्वार बनेका मनोजकुमार मेन्याङ्बोलाई पार्टीले कारबाही गरेको छ । मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा बागी उम्मेद्वारी दिएका उनलाई पार्टीले निष्काशन गरेको हो । एमाले प्रदेश नं १ कमिटीले मेन्याङ्बोलाई पार्टीको विधान विपरीत काम गरेको भन्दै कारबाही स्वरुप निस्कासन गरेको हो । उनलाई पार्टीको विधान विपरीत स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको भन्दै सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको जनाएको छ । एमाले प्रदेश अध्यक्ष तुलसी न्यौपानेले पार्टी निर्णयविपरीत चुनावमा उठेक

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 611 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टिकटकको बढ्दो क्रेज : विजयपुर क्षेत्र टिकटकरहरुको रोजाई

    धरान/ पछिल्लो समय टिकटक फेशनको रुपमा विकास हुदै गएको छ । रमणीय स्थल पुग्ने जोकोहीको पहिलो लक्ष्य नै टिकटक बनाउने हुन्छ । अहिले धरान १४ विजयपुरका धार्मिक स्थलहरु पनि दर्शन गर्न आउने भन्दा पनि टिकटक बनाउनेहरुको रोजाइको क्षेत्र बन्दै गएको छ । विशेष गरेर युवा पुस्ताले टिकटक बनाउने गरेका छन् ।विराटनगरबाट धरानको विजयपुर आएकी मन्दिरा थापा मंगलबार विहान विजयपुर चौकमा टिकटक बनाउन व्यस्त थिइन् । धरान आएको मौका र साथीभाइसँगको भेटघाटको सुनौलो अवसर उनलाई टिकटकमा कैद गर्न सुनौलो अवसर उनले भेट्टाएकी थिइन् । ‘उडी कि गुडु म’ भन्ने नेपाली चलचित्रको गीतमा सामुहिक रुपमा ७ जनाले टिकटक बनाउँदा उनी

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 565 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved