बराहक्षेत्र/ गत बर्ष कोरोना सक्रमणका कारण नलागेको कात्तिके अर्थात हरिबोधिनी एकादशी मेला यस बर्ष लाग्ने भएको छ । कोभिडका कारण भारतिय तिर्थालु आउन नसक्दा गत बर्ष मेला लाग्न सकेको थिएन् । छिटफुट रुपमा मात्र स्थानीय भक्तजहरुले मेलाको औपचारिकता मात्र सुरु गरेका थिए । यस वर्ष भाईरसको सक्रमण न्यून हुँदै गएकाले मानिसको चहल पहल सुरु भएको छ । बराहक्षेत्रमा लाग्ने कार्तिके मेला कात्तिक २९ गते सोमवार एकादशीको दिनबाट सुरु भई मङसिर ३ गते शुक्रवार पुर्णिमाको दिनसम्म ५ दिन लाग्ने भएको छ । मेलाको लागि बजार, कोसी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानी लगायत उपसमिति गठन गरिएको छ भने मेलाको तयारी समेत प
धरान/ मधेशमा विद्रोह गदै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले धरान नगर समिति गठन गरेको छ । स्वतन्त्र मधेश गठबन्धनको नाममा विद्रोह गर्दै आएको पार्टीले गत चैत्रको पहिलो सातामा राष्ट्रिय परिषद् वैठकले जनमत पार्टी नामाकरण गर्दै शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको थियो । अहिले यो पार्टीले मुलुकभर आफ्नो संगठन विस्तार गर्ने कामलाई तिब्रता दिएको छ । यसै क्रममा धरानमा समेत जनमत पार्टीको नगर कमिटी गठन भएको छ । शनिवार धरान १३ स्थित हेपील्याण्ड होटलमा आयोजित सम्मेलनबाट नगर कमिटी गठन भएको हो । मोहम्मद हसिम मियाको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरिएको् छ । जसको उपाध्यक्षमा विकास मण्डल, सचिवमा व
रंगेली/ श्रम ऐन अनुसार पुर्ण रुपमा सुविधा नपाएको भन्दै रंगेली नगरपालिका ८ स्थित चण्डिका डिष्टिलरीका मजदुरहरुले ९ सुत्रिय माग राख्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । श्रम ऐनमा व्यवस्था गरे अनुसारको पूर्ण रुपमा सुविधाहरु लागू नभएको भन्दै आन्दोलन गर्ने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । उनीहरुले नियमित कामदार तथा कर्मचारीहरु बाहेकका लागि पनि नियमित गर्दै सबै कामदार तथा कर्मचारीलाई वार्षिक बोनस ३ महिना बरावरको खाइ पाई आएको तलव भत्ता सहित दिने व्यवस्था गर्न माग गरेका छन् । दशै खर्च वापत ४५ दिन बराबरको खाई पाई आएको तलव भत्ता, श्रम ऐन २०७४ को परिच्छेद ९ मा निर्धारण गरेका सम
ओखलढुंगा / ओखलढुंगाको सुनकोशी गाउँपालिका-९ बुलडाँडामा आज बिहान भएको बलेरो दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । आज बिहान साँढे ७ बजेको समयमा ओखलढुंगाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश-३-०१-०२२ च ९६९४ नंम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु तथा १२ जना घाइते भएका प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । दुर्घटनामा परी सिद्धिचरण नगरपालिका-१० बस्ने ३५ बर्षीया मिठुमाया मगर, १६ बर्षीया तुलसा मगर, १९ बर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगरलाई उपचारको लागी अस्पताल लैजाने
मोरङ/ प्रथम अध्यक्षकप १ नं. प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक आइटिएफ तेक्वाण्डो डोजाङ कानेपोखरीले हात पारेको छ । मोरङको कानेपोखरी गाउँपालिका ६ रमाइलोमा सम्पन्न प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । प्रतियोगिताको द्वितीय सुनसरी भएको छ । सुनसरीले ८ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पा¥यो । झापाले ७ स्वर्ण, ९ रजत र ६ कास्य पदक हात पार्दै तृतिय बनेको छ । महिलातर्फ उत्कृष्ट खेलाडी मोरङकी इन्दिरा थापा घोषित भइन् भने पुरुषतर्फ सुनसरीका निकेश कटुवाल भए । प्रतियोगिताको अनुशासीत टिम पाँचथर घोषित भयो । इस्पारिङ जुनियर महिलातर्फ २०–
धरान/ दुई समुहमा विभाजित बनेको नेकपा एमाले सुनसरीबाट १० औं महाधिवेसन प्रतिनिधी छनौट पनि विवादित बने पछि निर्वाचन हुने पक्का भएको छ । हुन त मनोनयन फिर्ता दाबी को समय आज साझ सम्म भए पनि दुबैको अडान कायमै रहेकाले निर्वाचन हुने देखिएको छ । विशेष गरि धरानबाटै समस्या उत्पन्न भए पछि त्यसको प्रभाव जिल्लामै परेको हो । दुई गुटमा विभाजित भए पछि धरानको नगर अधिवेसन दुई स्थानमा गर्दै दुईटै समिती बनेको थियो । जेठ २ अघिको समिती आधिकारिक रहेको दाबी गर्दै आएको रमेश बस्नेत समुह र रेवतीरमण भण्डारीको अध्यक्षतामा बनेको समुह बिच अहिले महाधिवेसन प्रतिनिधी छनौटमा पनि विवाद समाधान हुन नसक्दा अन्ततः निर्वाचनमै पुग
धरान/ अस्पतालले बर्षौदेखि उपलब्ध गराएको सुविधा कटौति गरेको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले अस्पताल निर्देशकलाई ध्यानाकर्षण गराएका छन् ।प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले अस्पतालले ओटी काम गर्दा बर्षौदेखि उपलब्ध गराउदै आएको खाजा खर्च कटौती गरेकोमा आपत्ति जनाउँदै ध्यानाकर्षण पत्र बुझाएको हो । समाजका अध्यक्ष डा. अरुणकुमार सिह र उपाध्यक्ष डा. लोकेसकुमार जैसवालद्वारा हस्ताक्षरित पत्र प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर साहलाई बुझाएका छन् ।पत्रमा अस्पतालले बर्षौदेखि उपलब्ध गराउदै आएको लञ्चको सुविधा खर्च कटौतिको नाम
धरान/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति सुनसरीको तेस्रो जिल्ला अधिवेशनले पुनः अमर इजमलाई अध्यक्ष बनाएको छ । गत शुक्रबार धरानको इजिराइडर स्थित सभाहलमा सम्पन्न अधिवेशनले पुनः अध्यक्षमा अम्बर (अमर) इजम सर्वसम्मत चुनिएका हुन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा पदम खेवाङ, उपाध्यक्षहरुमा देउमान लिम्बू, नरबहादुर लिम्बू, डम्बर थक्लुङ, सरस्वती सुब्बा, मोहम्मद ताहिर, दिलु सुब्बा राई, तिर्थराज मादेम्बा, राजकुमार वनेम र मनोहर थलङ निर्वाचित भएका छन् । सचिवमा निर्मल राई, पदम तामाङ, कृष्टिना राई र अर्थसचिवमा मित्रप्रसाद पतङ्वा चयन भएका छन् । यसैगरी सदस्यहरुमा
इटहरी/ शुक्रबार बिहान इटहरीका मेयर द्वारिकलाल चौधरीको घरमा बसेर नेकपा समाजवादीका केन्द्रिय अध्यक्ष माधव नेपाल, प्रदेश एकका मुख्य मन्त्री राजेन्द्र कुमार राइ लगायत एक दर्जन नेताहरूले भोज खाएको तस्विरहरू सार्वजनिक भए । तस्विर संगै केहि समय पछि मेयर चौधरी सहित थुप्रै एमाले कार्यकर्ताहरू नेकपा एसमा प्रवेश गर्दै भन्ने समाचार बाहिरन थाले जुन एकाएक भाइरल बन्यो । समाचारकै कारण स्थानीय नगरवासी देखि, जिल्ला र प्रदेश हुदै केन्द्र सम्म हलचल मच्चीयो । कुनै समय एमालेका कट्टर मानिने मेयर चौधरी एकाएक माधव नेपालले नेतृत्व गरेको नेकपा एसमा समाहित हुने समाचारले सबै तिन छक्क परे भने एमाले जिल्ला पार्टी कार्
विराटनगर/ पाँच दलीय गठनबन्धनले नेकपा (एमाले) को सरकारलाई विस्थापित गर्दै नयाँ सरकार गठन गरेको छ । एमालेको विभाजन भएपछि वहुमतमा पुगेको गठबन्धनले सत्ताको बागडोर सम्हाले पनि छोटो अवधिमा जनअपेक्षा अनुसार काम गर्न भने ठूलो चुनौती छ । नयाँ पार्टी नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्रीमा नियुक्त भई बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले पूर्ववर्ती भीम आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय, नियुक्ति र सरूवा खारेज गर्ने निर्णय गरेको छ । सपथ ग्रहण लगत्तै मन्त्रीहरुले आ–आफ्ना मन्त्रालयमा पदभार ग्रहण गरेपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै १ सय ३७ स्थानीय तहका एक&n