इलाममा साना सहरी खानेपानी वितरण: कतै चौवीसै घण्टा, कतै धारामा पानी नै चुहिदैन

  • कार्तिक २१, २०७९
  • भगीरथ भण्डारी
alt

इलाम । तीन चार वर्ष अघि इलाम बजारमा खानेपानीको हाहाकार हुन्थ्यो । ४८ घण्टामा पनि १ घण्टा सम्म पानी आउँदैन थियो । खानेपानी थाप्नका लागि इलाम बजार नजिकै रहेका धोवीधारा, कुल धारा खोल्सी धारा लगायतका पानी उम्रिएका धारामा घण्टौँ लाइन लाग्नु पर्ने हुन्थ्यो । बजारमा खानेपानीको समस्या भएपछि इलाम सदरमुकाममा ८५ करोडको बृहत् खानेपानी आयोजनाको काम शुरु भयो ।
आयोजना सम्पन्न भइसक्दा इलाममा २४ है घण्टा पानी आउने भन्दै शुरु भएको आयोजनाले पानी वितरण गरेको एक महिना हुनै लाग्यो । तर खानेपानी नआएपछि स्थानीय समस्यामा बनेका छन् । पुरानो आयोजनाको वितरण हटाएर नयाँ आयोजना जडान गरिए पनि खानेपानी नआउँदा समस्या भएको स्थानीयको गुनासो छ । इलाम नगरपालिका ७ का हेमराज बस्नेत खानेपानी जडान गरेको एक महिना वितिसक्दा समेत धारामा खानेपानी नै नचुहिएको बताउँछन् ।

उनले भने– एक दुई दिन सम्म त मिलाउँदै होलान् आउँछ होला भन्ने लागेको थियो तर जडान गरेको एक महिना बित्न लाग्दा समेत पानी आएकै छैन । उनले सात दिन अघि धारामा एक बाल्टी पानी आएको बताए । उनले भने–‘ नयाँ धारामा पानी आउँदैन पुरानो पाइप सबै हटाइयो, अहिले यता न उताको भइयो ।’
इलाम नगरपालिका ७ कै गोमा सुवेदीले जडान गर्दा धारामा २४ घण्टै पानी आउने बताएको सुनाइन् । उनले भनिन्–‘चौवीसै घण्टा धारामा पानी आउँछ भन्दै पन्ध्र हजार उठाए तर अहिले सात दिनमा पनि एक बाल्टी नि मुस्किलले आउँछ ।’

यता इलाम नगरपालिका ७ का प्रकाश घिमिरे पानीकै अभावका कारण शौचालय जान सम्म समस्या हुने बताउँछन् । उनले भने–‘धारामा पानी नै आउँदैन चर्पि जाने सम्म समस्या हुन्छ ।’
इलाम बजारका सबै ठाउँमा खानेपानी समस्या छैन । कतिपय ठाउँमा पर्याप्त पानी आउने गरे पनि कतिपय ठाउँमा थोपो झर्दैन । बजारको तल्लो भेगमा पानी प्रशस्तै पुगे पनि बजारमा भने नआउँदा समस्या भएको भन्दै स्थानीयको गुनासो रहेको छ । साना सहरी खानेपानी आयोजनाका अध्यक्ष, इलाम नगरपालिकाका प्रमुख केदार थापाले बजार क्षेत्रमा पानी वितरणको ठुलो सञ्जाल रहेको र त्यसलाई मिलाई रहेको बताएका छन् । वितरण प्रणालीमा रहेका भेल चलाईने गरेको गुनासो प्राविधिकले पनि गरिरहेको भन्दै यसलाई दुई तीन दिन भित्रमा समस्या समाधान गर्ने गरी आफू लागेको तत्काल समाधान गर्ने थापाको भनाइ छ । बजारका विभिन्न क्षेत्रबाट खानेपानी समस्या भएको भन्दै नगरपालिकामा डेलिगेसन समेत आइरहेको हुँदा कतिपय समस्या भएका ठाउँमा समाधान गरिसकेको थापा बताउँछन् । एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा २४ महिनामा सक्ने सम्झौतामा आयोजनाको काम भएको हो ।

आर्थिक वर्ष ०७७÷७८ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको प्रारम्भिक तयारी सुरु गरे पनि समयमा काम सम्पन्न भएको थिएन । एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा ५७ करोड, ९५ लाख, ७ हजार ४ सय ४७ रुपामा खानेपानी आयोजनाको ठेक्का लागेको थियो । यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठुलो खानेपानी आयोजना हो । ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेखे छ । सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मत सम्भार गर्ने सम्झौतामा उल्लेख छ । आयोजनाले समयमा काम त सम्पन्न नगरे पनि पानी वितरण हुन थाल्दा पनि खानेपानीको समस्या सुरु भएको छ ।

खानेपानी ल्याउनका लागि शुरुमानै प्रति घरधुरी १५ हजार २ सय का दरले रकम उठाइएको थियो । आयोजना सुरु हुँदा खानेपानी आयोजनाका लागि सन्दुकपुर गाउँपालिकामा रहेका तीन वटा र भाँडी खोलाबाट पानी ल्याइने र सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने आयोजनाले जनाएको थियो । साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटरको सन्दुकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवा खोलाबाट १०–१० तथा सुम्बेकको भाँडी खोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गर्न लागेको बताए पनि पानी वितरण हुँदा झन् सस्यमा उपभोक्ता परेका छन् ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved