सञ्चारकर्मीहरुले दिए सुझाव: सुझाव अनुसार काम गर्ने उमेद्वारहरुको प्रतिबद्धता

  • कार्तिक १७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/ प्रदेश नं. १ मा गर्नुपर्ने विकासका कामका विषयमा नेकपा एमाले र जसपाको गठबन्धनका उमेद्वारहरुले सञ्चारकर्मीहरु सुझाव लिएका छन् ।
धरान १८ को ड्रिमल्याण्ड होटलमा आयोजित नेकपा एमाले र जसपाको गठबन्धनले एक कार्यक्रमको आयोजना गरी प्रदेश एकको ‘ड्रिम प्रोजेक्ट’ का विषयमा सञ्चारकर्मीसँग उनीहरुले सुझाव माग गरेका छन् ।

प्रत्यक्ष तर्फ नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवारहरु सुनसरी क्षेत्र नं. १ का अशोककुमार राई र सुनसरी १ (१) का रमेशकुमार बस्नेत र सुनसरी १ (२) का विजयकुमार राईले बुधबार पत्रकारहरुबाट सुझाव ग्रहण गरेका हुन् ।

प्रेस चौतारी नेपाल धरान उपमहानगर कमिटि र बराहक्षेत्र नगर कमिटिले संयुक्त रुपमा आयोजना भएकोे कार्यक्रममा सञ्चारकर्मीहरुले उमेद्वाहरुलाई सुझाव दिएका थिए ।
सो अवसरमा बोल्दै पत्रकार विराट अनुपमले धरान ऐतिहासिक सहर र प्रदेशकै पुरानो सहर भएपनि आशातित विकास नभएको भन्दै धरानलाई गुल्जार बनाउन ‘ड्रिम प्रोजेक्ट’ को अवधारणा ल्याउनुपर्ने सुझाव दिएका थिए । उनले धरानले केन्द्रमा पहुच भएको नेता कहिल्यै पाएन, यसपटक संघमा केन्द्रीय पहुच भएका नेता जसपाबाट अशोक राई उठेका छन्, सुनसरी क्षेत्र नंं. १ का लागी ड्रिम प्रोजेक्ट अगाडि बढाउनुपर्ने सुझाव दिए ।

त्यस्तै पत्रकार विनय प्रधानले जुनसुकै दलले निर्वाचनका समयमा धरानको खानेपानी समस्या समाधानका विषयमा प्राथमिकताका साथ उठाउने गरेपनि समस्या कहिल्यै समाधान नभएकोप्रति ध्यानाकर्षण गराए । उनले भने– ‘विकास र समृद्धिका नारा धेरै भएपनि धरानकालागी आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानी मुख्य समस्या कहिल्यै समाधान भएन, यसलाई चुनावी नारामा मात्र सीमित नगरी पूरा गर्नेतर्फ लाग्नुपर्छ ।’

सञ्चारकर्मीहरुको कुरा सुनिसकेपछि सुनसरी १ का उम्मेदवार अशोककुमार राईले धरानलाई पुरानै व्यापारीक सहरका रुपमा फर्काउन आफ्नो भूमिका हुने बताए । उनले धरान र इटहरीलाई तुलना गर्दै समय क्रममा धरानको विकास नभएको भन्दै अब मदन भण्डारी राजमार्ग र तमोर करिडोरले धरानको मुहार फेरिने बताए । उनले भने ‘म सदनमा नहुँदा, सरकारमा नहुँदा पनि धरानको विकासमा गम्भीर थिए, म जितेर गए भने यस्ता कुरा राख्न अझ सहज हुन्छ ।’

इस्तै सुनसरी १ (१) का उम्मेदवार रमेशकुमार बस्नेतले पार्टीले सार्वजनिक गरेका प्रतिबद्धताहरु पूरा गर्न प्रतिबद्ध रहेको विश्वास दिलाए । उनले धरानमा मुख्य समस्याका रुपमा रहेको खानेपानी र अव्यवस्थित बसोबासको समाधान गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने–‘धरानलाई पर्यटन, स्वास्थ्य, शिक्षा, आर्थिक समृद्धिका लागि गुल्जार बनाउन अहम् भूमिका निर्वाह गर्छु, धरानलाई प्रदेशसँग जोडेर समृद्ध धरान हाम्रो अभियान लाई अगाडि बढाउँछु ।’

सञ्चारकर्मीहरुसँगको छलफलमासुनसरी १ (२) का उम्मेदवार विजयकुमार राईले पाटीको नारा नै ‘समृद्ध नेपाल र सुखी नेपाली’ रहेकोले यसप्रति आफू कट्टिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । यो नारालाई साकार बनाउन नेकपा एमाले र जसपाको गठबन्धन सरकारमा पुग्न आवश्यक रहेको बताए ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved