‘देशको औद्योगिक सुरक्षाकालागि सरकारले नीति नै बनाउनुपर्छ’

  • कार्तिक १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षतथा सुनसरी क्षेत्र नं १ काप्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक राईले मुलुकको औद्योगिक सुरक्षाका लागि सरकारले नीति नै बनाउनुपर्ने बताएका छन् ।
शनिबार धरानमा उद्योगी व्यापारीहरुसँगको छलफलमा नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवार समेत रहेका नेता राईले सो कुरा बताएका हुन् ।

उनले उद्योगीहरुलाई बचाउन सकिएमात्रै देशको राष्ट्रिय अर्थतन्त्र सुदृढ हुने बताए । उनले आगामी मंसिर ४ गतेको निर्वाचनमा आपूmलाई जिताएर पठाएमा उद्योगी व्यापारीहरुकै सल्लाह र सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाली समाजमा उद्योगी व्यापारीहरुलाई नाफा कमाउने व्यक्तिका रुपमामात्रै हेर्ने गलत प्रवित्ति रहेको औंल्याए । उनले २०७४ सालको निर्वाचनमा आपूm पराजित भए पनि साना तिना विकासका काम गर्दै आएको बताए । चुनावमा निर्वाचित नहुँदा अनुरोध गर्ने ठाउँ मात्रै रहने तर निर्वाचित भए आदेश दिने ठाउँमा पुगिने भएकोले अब आपूmलाई अनुरोध गर्ने ठाउँमा मात्रै राख्ने कि आदेश दिने ठाउँमा पु¥याउने भन्ने कुरा जनताको हातमा रहेको उनको भनाई थियो ।

‘अनुरोध गर्ने ठाउँमा कममात्रै कामगर्न सकिन्छ,’ उनले भने, ‘यहाँहरुले जिताउनुभो भने आदेश दिने ठाउँमा पुगिन्छ । अबमलाई अनुरोध गर्ने ठाउँमा मात्रै राख्ने कि आदेश दिने ठाउँमा प¥याउने त्यो यहाँहरुकै हातमा छ ।’

पूर्वमन्त्रीसमेत रहेका नेता राईले ताप्लेजुङका व्यापारीहरुले १४ घन्टा लगाएर बिर्तामोडबाट सामान ल्याउने गरेको तर तमोर करिडर सडक पूरा भए धरानदेखि सात घन्टामै ताप्लेजुङ पुग्न सकिने बताउदै यो सडक निर्माणले धरानको आर्थिक कारोबार बृद्धि हुने बताए । उनले धरान, बराहक्षेत्र र रामधुनीका धार्मिक पर्यटकीय स्थलहरुलाई जोड्ने गरी चक्रपथ निर्माण गर्नुपर्ने, धरानमा एक हजार मान्छे अट्ने आधुनिक सभागृह निर्माण गर्नुपर्ने, वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नमूना अस्पताल बनाउन सक्षम, इमान्दार र त्यो संस्थालाई माया गर्ने भिसी ल्याउनुपर्ने बताए ।
कार्यक्रममा सुनसरी–१ का प्रदेशसभा तर्पmका एमाले–जसपाका साझा उम्मेदवार रमेश बस्नेत र विजय राई, जसपाका प्रदेशसभा समानुपातिक उमेदवार भीम राई, एमालेका प्रदेशसभा समानुपातिक उम्मेदवार लहरु जिमीका साथै प्रदेश १ का सभामुख तथा एमाले नेता प्रदीप भण्डारी, एमाले केन्द्रीय सदस्य मञ्जु भन्डारी, एमाले प्रदेश १ कमिटी सदस्य मुरारी सुवेदी, जसपा राजनीतिक समिति सदस्य दीपक मेन्याङबो, केन्द्रीय सदस्य मनोजकुमार राईलगायतको उपस्थिति रहेको थियो ।

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved