बागी उमेद्वार मेन्याङ्बोलाई पार्टीले कारबाही गर्‍यो

  • कार्तिक १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेकपा एमालेले जसपासँग गठबन्धन गरेर जसपाका अशोक राईलाई उमेद्वार बनाएपछि असन्तुष्ट बन्दै बागी उमेद्वार बनेका मनोजकुमार मेन्याङ्बोलाई पार्टीले कारबाही गरेको छ ।
मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा बागी उम्मेद्वारी दिएका उनलाई पार्टीले निष्काशन गरेको हो । एमाले प्रदेश नं १ कमिटीले मेन्याङ्बोलाई पार्टीको विधान विपरीत काम गरेको भन्दै कारबाही स्वरुप निस्कासन गरेको हो ।

उनलाई पार्टीको विधान विपरीत स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको भन्दै सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको जनाएको छ । एमाले प्रदेश अध्यक्ष तुलसी न्यौपानेले पार्टी निर्णयविपरीत चुनावमा उठेकोले कारबाही गरेको बताए । उनले भने–‘हामीले उमेद्वारी फिर्ताका लागि पनि पटक पटक भन्यौ, उहाँले उमेद्वारी फिर्ता लिने नामै लिनु भएन, विधान विपरीत काम गरेकाले पार्टीले साधारण सदस्यता नरहने गरी कारबाही गरेको हो ।’ मेन्याङ्बो एमाले प्रदेश कमिटी सचिवालय सदस्य थिए । असन्तुष्ट भएर उमेद्वारी दिएका मेन्याङवोबोे चुनाव चिह्न खरायो रहको छ ।

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

स्वास्थ्य सेवा अवरुद ...

काठमाडौं/ चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका ...

आज आकस्मिकबाहेक सबै ...

धरान/ नेपाल चिकित्सक संघको आह्वानमा आज (मंगलबार) द ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved