ट्राफिकको आफ्नै भवन नहुदा कार्य सम्पादनमा समस्या जीर्ण बन्दै भवन

  • कार्तिक १८, २०७९
  • कोशीपत्र/संवाददाता
alt तस्बिर: फणिन्द्र तिम्सिना/कोशीपत्र

धरान/ जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको आफ्नै भवन नहुदा कार्य सम्पादनमा कठिनाइ हुदै आएको छ । जिल्लामा ११ ट्राफिक चेकपोष्टलाई निगरानी राख्दै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्नुपर्ने कार्यालयले आफ्नै व्यवस्थापन गर्न नसक्दा काम कारबाहीमा असर परेको हो ।

कार्यालयमा हालसम्म १८ जना प्रमुखहरु आए, सबै प्रमुखहरुले आफ्नो भवन नहुदा समस्या भोगेका थिए भने अहिले त्यो भन्दा जटिल अवस्था भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले बताए । उनले यस विषयमा एक नंं प्रदेश सरकार, प्रहरी प्रमुखको पटक पटक ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएको बताए ।

धरान ८ बागमहल जुन भवन १ सय बर्ष भन्दा पुरानो हो । बाहिरी आवरण रंगरोगन गरेर चिटिक्क परेको भएपनि भित्री भाग जीर्ण छ । पटक पटकको भुकम्पबाट यसलाई अझ जीर्ण बनाएको छ । छेउमा मोटर ग्यारेज, धरधनी र कार्यरत ट्राफिक पनि यही भवनमा बस्ने गरेका छन् । तीनतले भवनको भुईतलामा दुई वटा ट्वाइलेट र एउटा बाथरुम छ यहा कार्यरत प्रहरी कर्मचारी, घरधनी र सेवाग्राहीले प्रयोग गर्ने सौचालय भरिएर दुर्घन्धित हुने गरेकोे छ ।

कार्यालयका प्रमुख बस्नेतले जिल्ला ट्राफिक प्रहरी कार्यालय ०६७ सालदेखि अहिलेको भवनमा बस्न थालेका बताए । उनले भने–‘अहिले यो भवन जीर्ण अवस्थामा छ । पुरानो घर रहेको छ । यहाँ २२ जना ट्राफिक प्रहरी कार्यरत छन्, कोठा धेरै नहुदा समस्या भएको छ ।’

उनले यस भवनबाट कार्य सम्पादन गर्न अप्ठेरो भएको बताए । साँघुरो भवनसँगै भवन अगाडिको खुल्ला जग्गा समेत पर्याप्त नभएका कारण कारबाहीका लागि ल्याएका सवारी साधन राख्न समेत समस्या भएको बताए । उनले भने–‘हामीले कारबाहीका लागि ल्याएको सवारी साधन यहाँ राख्न नसकेर, तीनकुनेमा रहेको अस्याथी प्रहरी पोष्टमा समेत राख्ने गरेका छौं यसले गर्दा कार्य सम्पादन अप्ठेरो छ । कम्पाउन्ड नै छैन, गाडी विग्रेयो भने सवारी साधन बाटोमा राख्नुपर्छ ।’

उनले तीनकुने चेकपोष्ट अगाडि जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणको लागि जग्गा उपलब्ध भएपनि प्रक्रिया अगाडि बढिरहेको बताए । उनले भने‘नगरपालिकाले गर्ने काम सबै सकियो, सिडियो कार्यालयमा कागजपत्र बुझाएको छ, प्रक्रिया अगाडि बढिरहेको छ ।’

भारतको जोगवनी र संखुवासभाका किमाथांकासम्मका ६ लेनको सडक विस्तार हुदै धरान आइपुग्न लागेको अवस्थामा भवनका आधा भाग सडकले काट्ने भएकोले जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको आफ्नो भवन आवश्यक भइसकेको उनको भनाई छ । ट्राफिक व्यवस्थापनसंग जिल्लाको भाण्टाबारी, कटान, लौकही, इनरुवा, त्रित्रिवन, पकली, खनार, दुहवी, इटहरीकोे हलगडा, तरहरा र चतरा ट्राफिक प्रहरी चेक पाष्ट समेत निगरानीमा रहने जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवनको जीर्ण अवस्थाका भएकोले ा काम गर्न कठिनाई भएको उनको भनाई छ ।

जिल्लामा अहिले ३२ दरबन्दी भए पनि ६६ जना ट्राफिक प्रहरी कार्यरत छन् । कम्तिमा १ सय जना जनशक्ति चाहिने प्रहरी निरीक्षक बस्नेतले बताए । यसमध्य पनि २२ जना भने जिल्ला ट्राफिक प्रहरीको कार्यालयमा क्वार्टर लिएर बसेको उनको भनाई छ । कोठा अपुग भएकै कारण जसोतसो गरेर भएपनि बस्नुपर्ने बाध्यता भएको प्रमुख बस्नेतको भनाई छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved