टिकटकको बढ्दो क्रेज : विजयपुर क्षेत्र टिकटकरहरुको रोजाई

  • कार्तिक १६, २०७९
  • कोशीपत्र/संवाददाता
alt विराटनगरका युवतिहरु विजयपुरमा टिकटक बनाउदै । तस्विर ः विनय प्रधान

धरान/ पछिल्लो समय टिकटक फेशनको रुपमा विकास हुदै गएको छ । रमणीय स्थल पुग्ने जोकोहीको पहिलो लक्ष्य नै टिकटक बनाउने हुन्छ । अहिले धरान १४ विजयपुरका धार्मिक स्थलहरु पनि दर्शन गर्न आउने भन्दा पनि टिकटक बनाउनेहरुको रोजाइको क्षेत्र बन्दै गएको छ । विशेष गरेर युवा पुस्ताले टिकटक बनाउने गरेका छन् ।
विराटनगरबाट धरानको विजयपुर आएकी मन्दिरा थापा मंगलबार विहान विजयपुर चौकमा टिकटक बनाउन व्यस्त थिइन् । धरान आएको मौका र साथीभाइसँगको भेटघाटको सुनौलो अवसर उनलाई टिकटकमा कैद गर्न सुनौलो अवसर उनले भेट्टाएकी थिइन् ।

‘उडी कि गुडु म’ भन्ने नेपाली चलचित्रको गीतमा सामुहिक रुपमा ७ जनाले टिकटक बनाउँदा उनीहरुको ध्यान अन्यत्र थिएन । विजयपुरको सौन्दर्यतासँगै साथीभाइसँगको भेटघाटको अवसरमा टिकटक बनाएर सार्वजनिक गर्ने उनको मनसाय हो । उनी भन्छिन्–‘धार्मिक पर्यटकीय स्थल विजयपुर, अत्यन्तै सुन्दर छ, त्यसमाथि पनि साथीहरुसँग समूहमा आएकी छु, यसको फाइदा त लिनु नै पर्छ नि हैन ।’
उनीमात्र हैन पश्चिमको लमजुङबाट धरानको विजयपुर आएकी सुजाता पाण्डको भनाई पनि थापाको भन्दा फरक थिएन । बाटोमा समेत रमणीय स्थलमा टिकटक बनाउदै आर्एकी उनी विजयपुरको सुन्दरतालाई कैद नगर्ने कुरै भएन । बुढासुब्बा मन्दिरमा साथीहरुसँग टिकटक बनाउन व्यस्थ रहेकी पाण्डेले धरान पहिलो पटक आएको सुनाइन । धरान अत्यन्तै सुन्दर भएको बताउने सुजाताले यहाँको दृश्य क्यामरामा कैद नगरिकन नसकेको बताइन् ।

उनी भन्छन्–‘म धरान पहिलो पटक आएकी हुँ, धरान आउनु भन्दा एक दिन अगाडि हामी इटहरी बस्यौ, त्यहाबाट अहिले विहान हामी विजयपुर आएका हौ, यहाँको मन्दिर दर्शनसँगै साथीहरुसको स्मृतिमा टिकटक बनाएका हौ, हामी फर्किसकेपछि पनि धरानको विषयमा अरुलाई जानकारी गराउन सकिन्छ भनेर टिकटक बनाएका हौं ।’ यी दुईमात्र हैन अहिले विजयपुर घुम्न आउने पूर्वदेखि पश्चिमसम्मका युवायुवतीले पर्ने गीतमा टिकटक बनाउने गर्छन् । पोखराबाट आएका सुमन गुरुङसहितका समूहले समेत मंगलबार विहान दन्तकाली मन्दिर अगाडि टिकटक बनाउन व्यस्थ थिए । साथीहरुहरुसँग हसिलो मुद्रामा देखिएका उनीहरु पोखरामा रमणीय दृश्य हुदाहुदै पनि धरान नै घुम्ने ठाउँको रुपमा उनीहरुले रोजेका थिए । गुरुङ भन्छन्–‘पोखरामा आफ्नै प्रकारको भौगोलिक अवस्था छ, धरान आफ्नै किसिमको छ, दुवैको भौगोलिक स्थल झण्डै झण्डै मिल्दो रहेछ । दन्तकाली मन्दिरको विषयमा धेरै सुनेको बताउने उनले धरान आएको मौकामा दन्तकाली मन्दिर अगाडि टिकटक बनाएको बताए । उनले भने–‘धरान आएको मौका, साथीभाइसँगको जमघट यो मुभेन्टलाई टिकटकमा कैद गरेन भने भोलि पछुताउनुपर्छ ।’

यस्तै चितवनकी नविना अधिकारी पनि विजयपुरको बीच चौकमा टिकटक बनाउन व्यस्त थिइन् । साथीभाइसँग टिकटक बनाउँदा रोमान्टिक भएको बताउदै नविनले विजयपुर साँचै नै सुन्दर भएकाले टिकटक बनाएको बताइन् । उनले भनिन्–‘साथीभाइसँगको जमघट, रमणीय क्षेत्र, अरु ठाउँमा त टिकटक बनाइन्छ भने विजयपुरमा नबनाउने कुरै भएन, मेमोरीको लागि भएपनि टिकटक बनाएका हौं ।’
पछिल्लो समय विजयपुर टिकटक बनाउनेहरुको रोजाइको क्षेत्र बन्दै गएको छ । यहाँ आउने अधिकांश आन्तरि पर्यटकले मठ मन्दिरको दर्शनसँगै टिकटक बनाउने गरेको स्थानीय प्रेम प्रसाद पराजुलीले बताए । उनले भने–‘विजयपुर टिकटक बनाउनेको रोजाइको क्षेत्र बन्दै गएको छ, यो क्षेत्र धार्मिक क्षेत्रसँगै भौगोलिक बनावटले पनि युवा पुस्तालाई तानेको हुनुपर्छ ।’

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved