धरान । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खाता खोलेको छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्विरोध भएसँगै एमालेले विजयको सुरुवात गरेको हो । ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे भएका छन् । यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्विरोध भएका छन् । गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरे पनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै सर्वसम्मत गरिएको हो । चीनसँगको सीमावर्ती ओलाङचुङगोलामा एमालेको गा
धरान । स्पार्क फाइभ अस्पतालले आठौ बार्षिकोत्सवको अवसर पारेर अस्पताल प्रांगणमै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरेको छ । मुख्य कार्यालय काठमाण्डौ रहेको स्पार्कको पाचौ शाखा रहेको धरान १ स्थित अस्पताल प्रांगणमै सोमबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । काठमाण्डौबाट आएका चिकित्सक सुनिल पौडेलले उपचारमा आएका विरामीको चेकजाँच गरेका थिए । उपचारमा आएकाहरुले हाडजोर्नीको समस्या, प्यारालाइसिस, मुख बांगिएको लगाायतका रोगको निःशुल्क उपचारसँगै औषधि समेत निःशुल्क वितरण गरिएको स्पार्क फाइभकी व्यवस्थापक मिला बस्नेतले बताइन् । उनले भनिन्, ‘निःशुल्क उपचारसँगै औषधि र ल्याबमा टेष्टमा समेत २
धरान । गठबन्धन गरिएको भनिएपनि इटहरी उपमहानगरमा माओवादी केन्द्रले मेयर र उप मेयर सहित मनोनयन दर्ता गराएको छ । गठबन्धन प्रति असन्तष्टी जनाँउदै आएको माओवादीले आफूहरुलाई पेलेर गएको भन्दै छुट्टै मनोनयन दर्ता गराएको हो । माओवादी केन्द्रका तर्फबाट मजदुर नेता भानु मैनालीले मेयर पदमा र शुशिला उप्रेतीले उप मेयर पदमा मनोनयन दर्ता गराएका हुन् । गठबन्धनका क्रममा इटहरी उपमहानगरमा कांग्रेसलाई मेयर र एकिकृत समाजवादीलाई उपमेयर दिने केन्द्रमा सहमति भएको थियो । केन्द्रमा मुख्य पदमा सहमति भएपनि वडा बिभाजनका बिषयमा कुरा समेत हुन नसक्दा माओवादीले मनोनयन दर्ता गराएको हो । माओवादी केन्द्र प्रदेशका उपाध्यक्ष शिव ड
धरान । आसन्न स्थानीय निकाय निर्वाचनमा आफ्नो समुदायको न्यायिक स्थानसहितको उपस्थिति पाउनुपर्ने माग राख्दै आएको इनरुवाका मुस्लिम समुदायबाट नेकपा एमालेले इनरुवा नगरपालिकाको उपप्रमुखमा अघि सारेको छ । कांग्रेसले बाइपास गर्दै स्थान दिन नसकेको गुनासो गरिरहेका मुस्लिम समुदायबाट एमालेले उपप्रमुखमा बबियाकी सहजादी परबिनलाई मनोनयन दर्ता गराएको छ । इनरुवाको मतदातामा दोश्रो ठूलो संख्या रहेको मुस्लिम समुदायले विभिन्न दलसँग आसन्न निर्वाचनमा आफ्नो समुदायको न्यायिक सहभागिताको माग गर्दै आएको थिए । नेपाली कांग्रेसले सकारात्मक आश्वासन दिँदै आए पनि पछिल्लो समय टिकट वितरणमा मुस्लिम समुदायलाई अपहेलना गर्दै उपमेयरमा
धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आकांक्षी उम्मेदवारले आफ्नै पार्टी भित्र विद्रोह गर्दै उम्मेदवारी दिएका छन् । धरानमा ठुला पार्टीका निवर्तमान वडाअध्यक्ष देखि नेताहरुले पार्टी भित्रै विद्रोह गर्दै कसैले आफ्नो पार्टी परित्याग गरि अर्कै पार्टीबाट उम्मेदवार दिएका छन् भने कसैले स्वतन्त्र उम्मेदवारी हालेका हुन् । धरानमा सबै भन्दा ठुलो झट्का कांग्रेस र एमालेलाई लागेको छ । २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नाम चलेका जनप्रतिनिधीले पार्टी परित्याग गरेका छन् । कांग्रेसबाट दुई जना वडाअध्यक्ष सहित जनवर्गिय संगठनका नेताहरुले पार्टी परित्याग गर्दै अर्को पार्टीबाट उम्मेदवारी दिएक
धरान । आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत सोमबार विराटनगरको मेयर पदमा मनोनयन दर्ता गरेको उमेदवारले विराटनगरमा आमूल परिवर्तन गर्न आफूले पहल लिने प्रतिबद्धता जनाएका छन् । कतिपयले मनोनयन दर्ता गराएपछि आफ्ना प्रतिबद्धताबारे संचारकर्मीहरुलाई जानकारी गराएका छन् । यस क्रममा ठूलादेखि साना राजनीतिक दलबाट उमेदवार बनेका नेताले पहिचान गुमाउँदै गएको विराटनगरमा आमूल परिवर्तनको संवाहक आफू नै बन्नेसम्मको दाबी गरेका छन् । पाँच दलीय गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसबाट नागेश कोइराला उठेका छन् । नेकपा एमालेबाट सागर थापाले मनोनयन दर्ता गराएका छन् । यसैगरी राप्रपाबाट प्रह्लाद प्रसाद साह छन् । प्रमुख राजनीतिक
धरान । मुलुक स्थानीय निर्वाचनमा होमिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार देशभरका स्थानीय निर्वाचनमा उमेद्वारी मनोनयन सम्पन्न गरेको छ । दलहरु तामझामका साथ मनोनयन गर्न निर्वाचन कार्यालय पुगेका थिए । यसै क्रममा सुनसरीको धरानमा समेत पब्लिक स्कूलको प्रांगणमा रहेको निर्वाचन अधिकारीको कार्यालयमा दलबल सहित मनोनयन दर्ता गर्न पुगेका थिए । दुई दिन मनोनयन दर्ताको समय भएपनि आइतबार साना दल तथा स्वतन्त्र दलले मात्र उमेद्वारी दिएका थिए । सोमबार भने सत्ता गठबन्धन तथा एक्लै अस्तित्व जोगाउन उमेद्वारी दर्ता गर्न गएको नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातनन्त्र पार्टी लगायतले उमेद्वारी
धरान । आसन्न स्थानीय तहको निर्वाचनका लागि धरानका दलहरु सहित स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । आइतबार साना दल सहित स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए भने सोमबार ठुला दलहरुले मनोनयन दर्ता गरेका छन् । सोमबार भएको मनोनयन दर्तामा नेकपा एमाले, गठबन्धन, जनता समाजवादी, राप्रपा लगायतका दलका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् । एमालेको तर्फबाट मेयरका लागि मन्जु भण्डारी सुवेदी, गठबन्धनबाट नेपाली कांग्रेसका किशोर राई, जनता समाजवादी पार्टीबाट ताजुव लिम्बु, राप्रपाबाट नरेश शाक्यले मनोनयन दर्ता गरेका छन् । त्यसै गरि उपमेयरमा एमाले बाट पदम इस्वो(लिम्वु), गठबन्धनबाट माओवादी
धरान । जनता समाजवादी पार्टीले अवैध रूपमा भन्सार छलेर भारतबाट ल्याएको छाता सशस्त्र प्रहरी बल देवानगञ्जले बरामद गरेको छ । जसपाका कार्यकर्ताले चुनावका लागि करिब २ लाख रुपैयाँ बराबरको छाता नेपाल भित्र्याएको स्थानीयहरुले दाबी गरेका छन् । स्रोतका अनुसार स्थानीयबासी रामविलास मेहताले भने सुरुमा आफ्नो भनेर दाबी गरेपनि प्रहरीको केरकारमा आफ्नो नभई वडाध्यक्षको भएको स्वीकारेका थिए । ‘त्यो शतप्रतिशत वडाध्यक्षकै छाता हो । सोमबार मनोनयन दर्तामा छातासहितको र्याली आयोजना गर्न ल्याइएको हो । स्रोतले भन्यो, ‘त्यसबाहेक मतदातालाई बाँड्ने योजना रहेको सुन्नमा आएको दाबी छ । स्थानीय भीमनन्दन शर्माका अनुस
धरान: धरानमा गठबन्धनकको तर्फबाट नेकपा मओवादीका अइन्द्र बिक्रम बेघाले उपमेयरको टिकट पाएका छन् । ७४ सालको स्थानीय तहको निर्वाचनमा मओवादीको तर्फबाट मेयरको उम्मेद्वारा रहेका बेघालाई पुनः उपमेयरमा दोहो¥याउने निर्णय भएको मओवादीका नगर अध्यक्ष मनोज भट्टराईले बेघाले टिकट पाएको पुष्टि गरेका हुन् ।