मोरङ / मोरङ प्रहरीले ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमाइटहरी उपमहानगरपालिका ३ का २२ बर्षीय नमेश राई रहेका छन् ।मंगलबार बिराटनगर महानगरपालिका–१५ ढाटबाट ब्राउनसुगर बोकेर आउदै गरेको अवस्थामा राईलाई प्रहरीले पक्राउ गरेको हो । दिउँसो साढे २ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा राईलाई चेकजाँच गर्दा उनको साथबाट ७१ मिलिग्राम ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।
सुनसरी / जबरजस्ति करणी मुद्धा लागेका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बर्जु गाउँपालिका–१ का २६ बर्षीय प्रेम बहादुर गुरुङलाई ईलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको हो । २०७९ असार महिनामा १० बर्षीया बालिकालाई जबरजस्ती करणीगरी घटनास्थलबाट नै फरार रहेका गुरुङलाई बैशाख १४ गते दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको थियोे । पक्राउ परेका गुरुङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहवीले थप अनुसन्धान गरिरहेको छ ।
विजयपुर / र्कीतिपुर क्रिकेट खेल मैदानमा सोमबारबाट सुरु भएको खेलमा प्रिमियर कपको उपाधि नेपालले जितेको छ। नेपालले १सय १८ रनको लक्ष्य लिएको थियो। नेपालको लागि त्यो ठुलो ल्क्ष्य थिएन । यूएईले ३३।१ ओभरमै अलआउट हुँदै नेपाललाई १ सय १८ रनको लक्ष्य दिएको थियो । विहान ९ बजे देखि सुरु भएको खेलमा युएईलाई सात विकेटले हराउँदै नेपाल फाईनलमा प्रवेश गर्दे उपाधि हात पारेको हो । युएईले दिएको लक्ष्य ३० ओभर ३ बलमा ३ विकेटको क्षतिमा पूरा गरेको थिए। युएईका रोहन मुस्तफा संग अल्झीनु पुगे पनि उनले गरेको रणनीति सफल हुन सकेन त्यसैगरी शेखले १० बल खेलमा एम चौका, आठ रन मात्रै जोडदा क्पतान रोहित पौडेल आउट हुदा नेपा
मोरङ / मोरङको कानेपोखरी गाउँपालिकाले खरिद गरेको जग्गामा भ्रष्टाचारभएको र आफ्ना नेता संलग्न रहेको भन्दै त्यहाँका २५० जना एमालेका स्थानीय नेता तथा कार्यकर्ताले राजीनामा दिएका छन् । यसरी राजीनामा दिनेमा नेकपा एमाले मोरङ जिल्ला सदस्य नवीन पौडेल, गाउँ कमिटी सचिवालय सदस्य खड्गबहादुर बस्नेत, युवा नेता कुमार फुयाँल, उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य डिल्ली फुयाँल, अशोक फुयाँल, जेष्ठकम्युनिस्ट सदस्य मदनप्रसाद फुयाँल, संगठक युवराज दवाडी,राजकुमार बराल,पालिकाका इन्चार्ज नारायण कुमार बस्नेत,सह–इन्चार्ज भोलानाथ पराजुली,निर्वाचित वडा तथा कार्यपालिका सदस्य सुशीला श्रेष्ठ (मुना), राजकुमार ल
मोरङ / विराटनगरका कवि तथा साहित्यकार हरिप्रसाद बरालसहित ५ जनालार्ई कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठीले पुरस्कृत गरेको छ । सोमबार विराटनगरमा साहित्यसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई गुठी पुरस्कृत गरेको हो । कमला–राजबहादुर कुँवरको नाममा स्थापित गुठीले ११ हजार राशिको साहित्यतर्फको पुरस्कारबाट साहित्यकार एवं समालोचक बराल पुरस्कृत भएका हुन् । २५ हजार राशिको कमला–राजबहादुर कुँवर साहित्य पुरस्कार काठमाडौंका साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’लाई, १५ हजार राशिको शिक्षा पुरस्कारबाट शिक्षासेवी सर्वाणी भट्टाचार्यलाई पुरस्कृत गरिए
इलाम / इलाम भन्ने वित्तिकै सुन्दर र स्वच्च भनेर चिनिन्छ । चियासँगै र अन्य बोटबिरुवाले हरियाली हुनु र उद्योग कल कारखाना नभएको कारण पनि इलामको वातावरण स्वच्छ छ भन्ने बुझाई छ । तर पछिल्लो समय इलामको वातावरण दिन प्रतिदिन प्रदूषण हुन थालेको पाइएको छ । सदरमुकाम स्थित उद्योग वाणिज्य सङ्घ सँगै रहेको अमेरिकन कर्नरका मापन गर्ने डिभाइस राखिएको छ । वायुको प्रदूषण मापनका लागि इलाममा राखिएको डिभाइसले इलामको वायु प्रदूषण जोखिममा रहेको कर्नरका हेम सागर पौडेलले जानकारी दिए । नेपालको सन्दर्भमा वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ ले पिए म दुई दशमलव पाँच मापन गर्दा प्रतिघन मिटर वार्षिक ४० माईक्रोग
मोरङ / नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरिएको वर्षलाई आधार मानेर वार्षिकोत्सव मनाउँने क्रममा नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको हो ।
विजयपुर / बराह सञ्चालनका लागि बराह बचत तथा ऋण सहकारी संस्था लि र बराह पीडित संघर्ष समितिबीच १८ बुँदे सहमति भएको छ । बराहको १२ औ साधारणसभाको अवसरमा धरान ८ मा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाकै हलमा बराहलाई सहज सञ्चालनका लागि निकास दिने विषयमा सहमति भएको हो । सहमतिमा अहिलेको असहज परिस्थितिलाई मध्यनजर गरी बराहलाई सहज रुपमा सञ्चालन गर्न दिने उल्लेख छ । बराहले सम्पूर्ण शेयर सदस्य, बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकेको स्वीकार्दै सहज वातावरण बनाइदिएर एक पटक मौका दिन बराह सञ्चालक समितिका पदाधिकारीहरुले अनुरोध गरेका थिए । सोही अनुरोधलाई स्वीकार गर्दै बराह पीडित संघर्ष समिति, शेयर
धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पछिल्लो समय सञ्चारकर्मीप्रति गरेको अपमानजनक र अव्यहारिक व्यवहारप्रति धरानका ५ राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । उनीहरुले लोकतन्त्र स्थापनामा ठूलो भूमिका निर्वाह गर्ने सञ्चारकर्मीमाथि सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरी सञ्चारकर्मीहरुमाथि भएको अमर्यादित व्यवहारप्रति ध्यानाकर्षण भएको बताउदै आपत्ति प्रकट गरेका हुन् । नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेल, नेकपा एमाले धरान नगर कमिटीका अध्यक्ष हर्कजंग हेभेङ, नेकपा माओवादी केन्द्रका धरान नगर अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), जनता समाजवादी धरान नगर कमिटीका अध्यक्ष ताजुव लिम्बु, ने
मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । यो दिन संसारभरि नै विभिन्न कार्यक्रम आयोजना गरेर श्रमिक–मजदुरका हक अधिकारबारे चर्चा गरिन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झना गर्दै विश्वभर यसै दिन श्रमिक दिवस मनाउने गरिन्छ । सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भएको थियो । सो बम विस्फोटमा कसको संलग्नता थियो भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन गरेको थियो । त्यस बेला प्रहरीको गोली लागेर सातजना मजदुरको ज्यान गयो । दमन भए पनि अन्ततः मजदुर आन्दोलन स