समाचार

    Showing 4,701-4,710 of 8,581 items.
  • जनप्रतिनिधिको नौलो काम: फोहोर खोज्दै मेयर साम्पाङ

    धरान । नवनिर्वाचित जनप्रतिनिधिहरु नगरका योजनामा केन्द्रित हुन्छन् । सपथग्रहण र पदभार ग्रहणपछि उनीहरु नगरका समस्या बुझ्ने र समस्या समाधान गर्ने कुरा छलफल राख्छन् र तल्लो स्तरमा पुगेर बुझ्ने काम गर्ने गर्दैनन् । तर धरानबाट स्वतन्त्र उमेद्वारमा मेयरमा जितेका हर्क साम्पाङले भने विगतका जनप्रतिनिधिभन्दा फरक ढंगले काम गर्न थालेका छन् । धरानको खानेपानी समस्या, धरानलाई सफा सहर बनाउने, भ्रष्टाचारशून्य अभियानका अभियन्ता समेत रहेका राईले सडकमै उत्रिएर सरसफाईमा सरिक भएका छन् । विहीबार धरानका मेयर हर्कराज साम्पाङ आफै हातमा पञ्जा लगाएर झाडु आफै बोकेर धरानको बसपार्कमा निस्केका हुन् विगतमा धरानलाई सफा नगर बन

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 719 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको कार्यपालिकामा एमालेको बहुमत

    धरान । दोस्रो स्थानीय निर्वाचन सम्पन्न भएर मत परिणाम समेत सम्पन्न भइसकेको छ । वैसाख ३० गते सम्पन्न निर्वाचनको मत परिणाम अनुसार धरान उपमहानगरपालिकामा समेत वडाध्यक्षसहित वडासदस्यको वहुमत एमालेको रहेको छ । ०७४ सालको पहिलो स्थानीय तहमा मेयर र उपमेयसहित १४ वडा जितेको एमालेले दोस्रो निर्वाचनमा खुम्चिए पनि वहुमत भने एमालेकै रहेको छ । अन्तिम मतपरिणाम आउदा सबैभन्दा बढी क्षति नेकपा एमालेलाई भएको छ । मेयर, उपमेयर, वडाध्यक्ष तथा वडासहित सहित १ सय २ जनप्रतिनिधिमध्ये पहिलो स्थानीय निर्वाचनमा एमालेको वहुमत वडाध्यक्ष तथा सदस्य निर्वाचित भएका थिए । दुई दुईतिहाई बहुमत भएको एमालेले ३० जनामा २४ जना एमालेका कार

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 810 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

    धरान । मोरङको जहदा गाउँपालिका २ का दिनेश कुमार राजभरलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जेष्ठ ६ गते राती ९ः०० बजे घरायसी विबादका कारण ४३ बर्षीय राजभरले आफ्नै श्रीमती ३५ बर्षीया गीता देवी राजभरलाई काठ र फलामको रडले टाउको र कम्बरमा प्रहार गरी हत्या गरेर घटना स्थलबाटै फरार भएका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा राजभरलाई जेष्ठ १० गते पक्राउ गरेको हो । पक्राउ परेका राजभरको सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 1,024 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘पाच दलीय गठबन्धनको घेराबन्दीमा पनि पार्टीले सफलता पायो’

    धरान । दोस्रो स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरु समेत चुनिइसकेको अवस्था छ । सत्ता गढबन्धन दलका विरुद्धमा एक्लै निर्वाचनमा उत्रिएको नेकपा एमालेले मोरङमा सफलता पाएको भन्दै नेकपा एमाले मोरङले मतदाताहरुलाई धन्यवाद दिदै विजेता जनप्रतिनिधिलाई कार्यकाल सफलताको शुभकामना दिएको छ । अध्यक्ष ऋषिकेश पोखरेलले एक विज्ञप्ती जारी गर्दै पाँच दलीय गठबन्धनको घेराबन्दी, राज्य शक्तिको दुरुपयोग, पार्टीको विरुद्धमा सिर्जना गरिएको अनेकौ चुनौति पार गर्दै मोरङमा अपेक्षाकृत सफलता प्राप्त गरेको उल्लेख गरेका छन् । उनले निर्वाचित जनप्रतिनिधिहरुले पार्टीका प्रतिबद्धता र आचारस

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 633 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकमा वडाध्यक्षमा पहिलो बन्यो एमाले

    धरान । प्रदेश एकमा वडाध्यक्षको हकमा एमाले पहिलो स्थानमा रहेको छ । निर्वाचन कार्यालयका अनुसार प्रदेश १ का १ सय ३७ स्थानीयतहका १ हजार १ सय ५७ वडामा एमालेका ४ सय ७२ जना वडाध्यक्षमा निर्वाचित भएका छन् । समाचार तयार पार्दा सम्म अन्तिम मत परिणाम सार्वजनिक भएका १ हजार १ सय ४० वडा मध्ये एमालेका ४ सय ७२ जना निर्वाचित भएका हुन् । निर्वाचन कार्यालयको वेबसाइटमा राखिएको तथ्याङ्क अनुसार गणना भएका १ हजार १ सय ४० वडामध्ये एमालेले ४७२ वडाध्यक्ष जितेर पहिलो बनेको छ । त्यस्तै काँग्रेसले हालसम्म ४ सय ६० वडाध्यक्षमा जीत हात परेको छ । उदयपुरको त्रियुगा नगरपालिकाको १६ वडा र कटारी नगरपालिकाको एउटा वडाको मत परिणाम

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 738 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानको अस्तव्यस्ताको अन्त्य गर्न सम्बन्धित पक्षलाई कर्मचारीको माग

    धरान । बीपी कोइराला स्वास्थ्यभित्र रहेको अस्तव्यस्तताको अन्त्य गर्दै गुणस्तरीय उपचारमा केन्द्रित रहन सम्बन्धित पक्षलाई कर्मचारीहरुले माग गरेका छन । कर्मचारीको संस्था कर्मचारी कल्याण समाज तदर्थ समिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार एक विज्ञप्ती प्रकाशित गर्दै प्रतिष्ठानको वेथिति अन्त्य गर्दै प्रतिष्ठानलाई चुस्त दुरुस्त राख्न माग गरेका हो । समाजका अध्यक्ष किशो प्रसाद पोख्रेल र महासचिव जमुनादेवी भुर्तेलको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तीमा प्रतिष्ठान अव्यवस्थित भयो भनेर आवाज उठाउने विभिन्न संघ संस्थाहरुको आन्दोलन र प्रतिष्ठानका पदाधिकारीबीचको आन्तरिक द्वन्द्वले प्रतिष्ठानलाई

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 915 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनप्रतिधिनिलाइ उद्यागीका सुझावः 'जनताको प्रत्यक्ष सरोकारका विषयमा केन्द्रित हुन आग्रह'

    धरान । औधोगिक क्षेत्र मोरङको विराटनगरमा जनताको प्रत्यक्ष सरोकार राख्ने कुरालाई प्राथमिकतामा राखेर काम गर्न उद्योग सगठन मोरङले सुझाव दिएको छ । मगलबार विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको स्वागत गर्दै उद्योग संगठन मोरङले विराटनगरको वृहत्तर विकासलाई मध्यनजर गरी तत्कालीन र मध्यकालीनमा गर्नुपर्ने कार्यहरुका सन्दर्भमा सुझाव दिएको हो । सगठनले विराटनगरका नवनिर्वाचित प्रमुख नागेश कोइराला र उप्रमुख शिल्पा निराला कार्कीलाई स्वागत गर्दै यस्तो सुझाव दिएका हुन् । संगठनका अध्यक्ष सुयश प्याकुरेलले तत्कालीन कार्ययोजना अन्तर्गत जनतासँग प्रत्यक्ष सम्वन्ध राख्ने सडक, खानेपानी, फोहर व्यवस्थापन,

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 815 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्सद्वारा विद्यार्थीलाइ विदाई

    धरान । धरान १२ स्थित एम्स एकेडेमीले विभिन्न सङ्कायका विद्यार्थीहरूलाई बिदाइ गरेको छ । एकाडेमीले शनिवार विभिन्न संकायका +२ सकेका ३ सय २५ जना विद्यार्थीलाई विदाई गरेको हो । एकेडेमीले शिक्षा सदनको सभाहलमा एक कार्यत्रक्रमको आयोजना गरी विदाई कार्यक्रम सम्पन्न गरकेो हो । सो अवसरमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले नृत्य, तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा भाषाविद् प्रा.डा. टंप्रसाद न्यौपानेको समुपस्थितिमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राई, व्यवस्थापन संकायका संयोजक दुर्गा सुवेदीलगायतको उपस्थिति रहेको थियो । 

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 689 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

    धरान । झापाको शिवसताक्षी नगरपालिका १ स्थितमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । बुधबार बिहान साँढे ७ बजे पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १ ०२ ०४० प ७१४९ नबम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को १ ख ७१८७ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकलको पछाडि सवार भोजपुर षडानन्द नगरपालिका ८ का २३ बर्षीय टिचोहाङ राईको घटनास्थलमानै मृत्यु भएको हो । ठक्कर दिने बस र चालक मोरङ उर्लाबारी नगरपालिका २ घर भएका ४५ बर्षीय टेक बहादुर पुरीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 628 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नयाँ भेरियन्टको खोरेत रोगबाट दुई वटा गाइ मरे : अन्य गाई पनि विरामी

    धरान । धरान उपमहानगरपालिका वडा नं. ६ मा नया भेरियन्टको खोरेत रोगबाट दुई वटा गाई मरिसकेका छन् भने गाउका कृषकका अन्य गाईहरु विरामी परेका छन् । धरान उपमहानगरपालिकाअन्तर्गतको पशुसेवा शाखाका प्रमुख महेन्द्रकुमार पैकराका अनुसार धरान ६ का कृष्ण भट्टराई र लक्ष्मी मिश्रका गाई खोरेतकै कारण मरेको बताए । उनले भने–‘भट्टराईकोे व्याउन लागेको गाई र मिश्रको दूध दिँदै गरेको मरेको हो । खोरेतको नया नया भेरियन्ट आउने गरेकाले खोपले पनि काम गरेको छैन ।’ उनले खोेरेत भएका गाई वस्तुलाई एसएमबी नामको भ्याम्सिन लगाउने गरिएको बताए । उनले धरान उपमहानगरपालिका अन्तर्गतको पशुसेवा शाखाले खोरेत रोग नियन्त्रण

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 895 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved