समाचार

    Showing 461-470 of 10,119 items.
  • धरान–१३ को जिरोपोईन्ट, बारम्बार दुर्घटना रोक्न सरोकारवालाको आग्रह

    धरान/ धरान–धनकुटा कोशी राजमार्ग अन्तर्गत धरान उपमहानगरपालिका वडा नं. १३ स्थित जिरोपोईन्ट क्षेत्र सवारी दुर्घटनाको हटस्पट बन्दै गएपछि विभिन्न राजनीतिक दल, संघ–संस्था, टोल विकास समिति तथा समाजसेवीहरूले वडा कार्यालयमा संयुक्त ज्ञापनपत्र बुझाउँदै दीर्घकालीन समाधानको माग गरेका छन्। सन् १९८२ मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको धरान–धनकुटा सडक पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने एकमात्र प्रमुख मार्ग हो। दैनिक करिब ११ सयदेखि १२ सयसम्म सवारी साधन चल्ने यस सडक खण्ड साँगुरो, उकालो–ओरालो भूगोल र अव्यवस्थित बजारीकरणका कारण अत्यन्त जोखिमपूर्ण बन्दै गएको सरोकारवालाहरूको भनाइ छ। स

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 458 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको सुनसरी–१ मा ७०७ निर्वाचन परिचालन कमिटी घोषणा

    धरान/ सुनसरी क्षेत्र नं १ मा आफ्नो उम्मेद्वारलाई जिताउने लक्ष्यसहित नेकपा एमालेले ७०७ सदस्यीय शक्तिशाली निर्वाचन परिचालन कमिटी गठन गरेको छ। नेकपा एमाले निर्वाचन क्षेत्र नं १ कमिटीले मंगलबार धरान–१० स्थित सैनिक भवनमा आयोजित वृहत कार्यक्रममा कमिटी सार्वजनिक गरेको हो। नवगठित कमिटीको संयोजकमा पार्टी केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदी चयन भएकी छन् भने सहसंयोजकमा प्रदीप भण्डारी रहेका छन्। कमिटीको हाई कमाण्डमा प्रदेशस्तरीय प्रभावशाली नेताहरू विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, जयकुमार राई, प्रकाश राई, योग्यराज खड्का, लहरुमाया जिमी, सूर्यप्रकाश पन्धाक, सुशिला पहाडी ढकाल लगायत रहेका

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 426 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान डान्सिङ आइडल सिजन–५ को फाइनल सम्पन्न, क्रिस्टिना राई विजेता

    धरान/ हाम्रो डान्स एकेडेमीको आयोजनामा सञ्चालन हुँदै आएको नृत्य प्रतियोगिता धरान डान्सिङ आइडल सिजन–५ को फाइनल माघ १२ गते सोमबार धरान-१५ स्थित चुम्लुङ भवनमा सम्पन्न भएको छ। फाइनल प्रतिस्पर्धाबाट कार्मेल स्कुलकी क्रिस्टिना राई प्रथम भएकी छिन्। प्रतियोगितामा आइडियल इंग्लिस बोर्डिङ स्कुलका प्रतिक राई द्वितीय,जेनिथ स्कुलकी प्रिन्सा मगर तृतीय भएकी छन् भने डि।पी। बिलिभर्स स्कुलकी सन्ध्या माझी चौथो र यु।एन। नवोदय स्कुलकी प्रशंसा देवान पाँचौँ स्थानमा रहन सफल भएका छन्। प्रतियोगिताका विजेता प्रतिस्पर्धीहरूलाई नगद पुरस्कारसहित नटराजको ट्रफी प्रदान गरिएको थियो। प्रतिस्पर्धीहरुलाई प्रथम, द्वितीय

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 413 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सातौँ ‘मिस्टर कोशी प्रदेश’ खुला शारीरिक सुगठन प्रतियोगिता हुने

    धरान/  धरानमा कोशी प्रदेशस्तरीय खुला शारीरिक सुगठन प्रतियोगिता ‘सातौँ मिस्टर कोशी प्रदेश–२०८२’ आयोजना हुने भएको छ। शारीरिक सुगठन खेलको विकास र विस्तार गर्नु, प्रतिभाशाली खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउनु, खेलाडीको आर्थिक सशक्तीकरण गर्नु तथा खेलकुदमार्फत स्वस्थ नागरिक निर्माणमा योगदान पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। एलाइनेट जिम धरानको आयोजनामा हुने प्रतियोगिता आगामी चैत २७ र २८ गते धरान उपमहानगरपालिका–८ स्थित सभागृह भवनमा सञ्चालन गरिनेछ। प्रतियोगितासम्बन्धी जानकारी आज धरानमा आयोजित पत्रकार सम्मेलनमार्

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 315 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चेस पजल सोल्भिङमा २१ खेलाडीको कडा प्रतिस्पर्धा

    काठमाडौं/ देशमै पहिलोपटक आयोजित चेस पजल सोल्भिङ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। हिमालयन चेस एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा दुई क्याटगोरीमा ६ महिला र १५ पुरुष गरी कुल २१ खेलाडीले सहभागिता जनाए। वल्र्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँगको सहकार्यमा आयोजित यो रेटेड प्रतियोगितामा अत्यन्त अनुभवी खेलाडीका लागि तोकिएको क्याटगोरी–१ मा सहभागिता भएन। कम अनुभवी खेलाडीका लागि क्याटगोरी–२ तथा १३ वर्षमुनिका खेलाडीका लागि क्याटगोरी–३ मा भने चार घन्टासम्म बसेर डब्लुएफसीसीबाट पठाइएका चेस पजल सोल्भ गराइएको थियो। क्याटगोरी–२ मा १२ र क्याटगोरी–३ मा ६ व

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 361 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चक्रघट्टीको महेन्द्र माबिले मनायों ६९ औं बार्षिकोत्सव समारोह

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा रहेको महेन्द्र माध्यमिक बिद्यालयले आफ्नो ६९ औं बार्षिकोत्सव समारोह एव् अभिभावक दिवस मनाएको छ । सोमवार बिद्यालयले औपचारिक बिभिन्न कार्यक्रम आयोजना गरेर बार्षिकोत्सव समारोह मनाएको हो । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको प्रमुख आथिथ्यता रहेको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, छिमेकी बिद्यालयका प्रध्यानाध्यापक, राजनैतिक दलका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि , बिद्याकयका संस्थापकहरु , पुर्ब प्रध्यानाध्यापकहरु, पुर्ब शिक्षकहरु , पुर्ब व्यवस्थापन समितिका अध्यक्षहरु , समाजसेवि , चन्दादाता , अक्षयकोष दाताहरुको

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 320 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आदर्श माविको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका–२, चतरामा रहेको नेपाल सरकारको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत सूचीकृत सामुदायिक विद्यालय आदर्श माध्यमिक विद्यालयले आफ्नो ७०औँ वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। सुनसरी जिल्लामै पहिलो पटक कक्षा ११ र १२ (प्लस टु) सञ्चालन गर्ने विद्यालयका रूपमा परिचित आदर्श माविले सोमबार औपचारिक कार्यक्रम आयोजना गरी हीरक जयन्ती मनाएको हो। समारोहमा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा नगर उप–प्रमुख नन्दकुमारी सुनुवार, वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतम, पूर्व प्रधानाध

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 390 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी–१ को विकास एजेन्डासहित नेकपाको निर्वाचन सचिवालय उद्घाटन

    धरान/ सुनसरी क्षेत्र नम्बर–१ को समग्र विकासलाई केन्द्रमा राख्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन परिचालन सचिवालय उद्घाटन गरेको छ। धरान–३ स्थित सदन रोडमा रहेको सचिवालयको सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सह–इन्चार्ज राजेन्द्र राईले औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै राईले केन्द्र सरकारसँग आवश्यक समन्वय गर्दै सुनसरी–१ का विकास योजनालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे। धरानको दीर्घकालीन खानेपानी समस्या समाधान, सडक पूर्वाधार सुदृढीकरण तथा सुकुम्बासी समस्याको व्यवस्थित समाधान नेकपाको प्राथमिकतामा रहेको उनले स्पष्ट पारे।

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 376 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •  धरानमा अधिकृत कर्मचारीमाथि कारबाही, कोशी प्रदेश फिर्ता पठाइने

    धरान/  धरान उपमहानगरपालिकाको प्रशासनिक मर्यादा र संस्थागत प्रतिष्ठामाथि गम्भीर आँच पुर्‍याउने गतिविधिमा संलग्न भएको ठहर गर्दै उपमहानगरपालिकाले एक अधिकृत कर्मचारीमाथि कडा कारबाही गर्ने निर्णय गरेको छ। धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंको झुटो विवरण तयार गरी गैरकानुनी तरिकाले रमाना पत्र बनाउने, प्रशासन प्रमुखको नेमप्लेट फाल्ने तथा कार्यालयमा अराजक गतिविधि गर्ने कार्यमा संलग्न रहेको आरोपमा दशौं तहकी अधिकृत कर्मचारी प्रज्ञादेवी निरौला लाई कारबाही स्वरूप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, कोशी प्रदेश फिर्ता पठाउने निर्णय कार्यपालिका बै

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 429 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबलको उपाधि धरान मेघालाई

    धरान/  उदयमान बास्केटबल खेलाडी स्वर्गीय रेवाहाङ राईको स्मृतिमा आयोजना गरिएको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता को उपाधि धरान मेघा हिमालयन कलेज ले हात पारेको छ। आइतबार धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न फाइनल खेलमा धरान मेघाले हिमशिखर इङ्लिस बोर्डिङ स्कुललाई ८५–७५ अंकले पराजित गर्दै उपाधि जितेको प्रतियोगिताका बास्केटबल कोच युगल माबो लिम्बु ले जानकारी दिए। विजेता धरान मेघा हिमालयन कलेजले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। प्रत

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 443 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved