एसईईमा सफल ४४ विद्यार्थीलाई सुनाखरी एकेडेमीको सम्मान जेठ ९ मा कक्षा ११ प्रवेश परीक्षा

  • जेठ ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनाखरी एकेडेमीले एस.ई.ई-२०८२ मा उत्तीर्ण भएका ४४ जना विद्यार्थीलाई सोमबार विशेष कार्यक्रमका बीच सम्मान गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा सफल विद्यार्थीहरूलाई खादा तथा अबिर लगाएर सम्मान गर्दै उनीहरूको सफलताको खुसी साटिएको थियो।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन कुमार राई तथा निर्देशक प्रदिप कुमार राईले विद्यार्थीहरूलाई सम्मान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए।

त्यस अवसरमा प्लस टु संयोजक तप कुमार राई र प्रिन्सिपल मिलन कुमार राईले विद्यार्थीहरूको मेहनत, अभिभावकको साथ र शिक्षकहरूको समर्पणकै कारण विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताएका थिए। उनीहरूले सफल विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि बधाई तथा शुभकामना पनि दिएका थिए।

विद्यालयका अनुसार +2 तहअन्तर्गत Management, Hotel Management र Computer Science विषयको  विषयको अध्ययन–अध्यापन हुँदै आएको छ।

साथै, कक्षा–११ मा भर्नाका लागि प्रवेश परीक्षा आगामी जेठ ९ गते शनिबार बिहान ११ बजे सञ्चालन गरिने जनाएको छ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved