रजत जयन्तीका अवसरमा एम्स एकेडेमीद्धारा २५ छात्रवृत्ति

  • जेठ ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  एम्स एकेडेमी धरानले कक्षा ११ मा विज्ञान संकायका लागि २५ भन्दा वढी छात्रवृत्ति घोषणा गरेको छ ।

एकेडेमीले २५ वर्ष पुरा गरेको (२५ औं रजत जयन्ती) का अवसरमा सो छात्रवृत्ति घोषणा गरेको हो ।

कलेजले शैक्षिक सत्र २०८३ का लागि भर्ना मार्फत विभिन्न विधामा छात्रवृत्ति सहित नया कार्यक्रम संचालन गर्न लागेको हो ।

कलेजले नेपाल सरकारको नयाँ शैक्षिक नीति अनुरूप विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष र सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित भर्ना प्रक्रिया अघि बढाएको जनाएको छ।

कलेजले सार्वजनिक गरेको शुल्क विवरणअनुसार कक्षा ११ विज्ञान संकायमा भर्ना शुल्क ६ हजार रुपैयाँ, वार्षिक शुल्क १२ हजार रुपैयाँ, जीवविज्ञान प्रयोगशाला शुल्क ३० हजार रुपैयाँ तथा कम्प्युटर प्रयोगशाला शुल्क ३५ हजार रुपैयाँ निर्धारण गरिएको छ। मासिक शुल्क ५ हजार रुपैयाँ तोकिएको छ भने कक्षा १२ मा मासिक शुल्क ५ हजार ५ सय रुपैयाँ रहने जनाइएको छ।

त्यस्तै, एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विशेष छात्रवृत्ति सुविधा पनि उपलब्ध गराइने भएको छ। ए प्लस ग्रेड प्राप्त विद्यार्थीलाई शतप्रतिशत भर्ना शुल्क छुट र मासिक शुल्कमा ५० प्रतिशत छुट, ए ग्रेडलाई ५० प्रतिशत भर्ना शुल्क तथा २५ प्रतिशत मासिक शुल्क छुट र वि प्लसं ग्रेडलाई २५ प्रतिशत भर्ना शुल्क तथा १० प्रतिशत मासिक शुल्क छुटको व्यवस्था गरिएको कलेजका प्रिन्सिपल सन्तोष कोइरालाले जानकारी दिएकाछन् ।

कलेजका अनुसार विद्यालय टपर, एकल महिला, भूमिहीन तथा शिक्षकका छोरा–छोरीलाई समेत अतिरिक्त “एक ग्रेड अप” सुविधा प्रदान गरिनेछ। सरकारी विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीले पनि विशेष सुविधा पाउने व्यवस्था गरिएको छ।

एम्स एकेडेमीले विज्ञान, व्यवस्थापन, शिक्षा, कम्प्युटर साइन्स लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, स्मार्ट कक्षा तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको जनाएको छ।

कलेज प्रशासनले विद्यार्थीलाई केवल प्रमाण–पत्रमुखी शिक्षा नभई व्यवहारिक ज्ञान, नैतिकता र प्रतिस्पर्धात्मक क्षमता विकासमा केन्द्रित शिक्षण प्रणाली अपनाइएको जनाएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved