झापा/ झापाको भद्रपुर नगरपालिका–३ भाङबारी फलामेपुल क्षेत्रमा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार २०८३ जेठ ६ गते दिउँसो करिब २:२० बजे भद्रपुरस्थित प्रहरी चौकी मेचिपारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई युवकलाई शंकाको आधारमा जाँच गरेको थियो।
जाँचका क्रममा दिपेन्द्र ठटाल र असन राई को जिन्स पाइन्टको खल्तीबाट लुकाइछिपाइ ल्याउँदै गरेको ब्राउन सुगर ६ ग्राम १४० मिलिग्राम (प्लास्टिकसहित) र ६ ग्राम ०७० मिलिग्राम (प्लास्टिकबाहेक) बरामद भएको प्रहरीले जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको