महालक्ष्मी विकास बैंकद्वारा इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न

  • जेठ ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ महालक्ष्मी विकास बैंक ले सुनसरीको इटहरी स्थित प्रदेश तथा शाखा कार्यालयमा आज जेठ ६ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको बैंकका कोशी प्रदेश प्रमुख दिपक गुप्ता ले जानकारी दिनुभयो।

पूर्वका विभिन्न अस्पतालहरूमा रगत अभाव भइरहेका बेला “रक्तदान नै जीवनदान हो” भन्ने मान्यतालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको बैंकका इटहरी शाखा प्रमुख आदित्य प्रसाई ले बताउनुभयो।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरी ले प्राविधिक सहयोग गरेको थियो।

बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो प्रमुख मिसन बनाउँदै आएको बताउँदै कोशी प्रदेश प्रमुख गुप्ताले आगामी दिनहरूमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सेवाग्राही तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।

ff f maha nmmm

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved