धरानमा लागुऔषधसहित दुई युवक पक्राउ, मोटरसाइकलबाट ४ हजार क्याप्सुलरट्याब्लेट बरामद

  • जेठ ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सम्पाङ चोकबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ।

मंगलबार राति करिब ११:१० बजे अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एनएस २०० सिसी मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद गरेको हो।

प्रहरीका अनुसार हरिनगरा गाउँपालिका–६ निवासी २१ वर्षीय अंकज अन्सारीले चलाएको मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय अब्दुल वाहिद अन्सारीले बोकेको झोलाबाट ट्रामाडोल २ हजार क्याप्सुल र डेकोलिक २ हजार ट्याब्लेट गरी जम्मा ४ हजार पिस लागुऔषध फेला परेको थियो।

दुवै जनालाई लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरान मा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved