समाचार

    Showing 4,611-4,620 of 10,024 items.
  • विगतको तुलनामा नाम्जे होमस्टेमा पर्यटक घट्दै

    धरान /प्रदेश न १ कै उत्कृष्ठ र पर्यटकीय क्षेत्रको रुपमा चिनिएको धनकुटा साँगुरिगढि गाउँपालिकामा रहेको नाम्जे–थुम्की सामुदायीक होमस्टेमा सिजनको समयमा पनि पर्यटकहरु आउने संख्यामा कमी देखिएको छ । विगतका बर्षहरुमा गर्मी मौसम सुरु हुना साथ अत्याधिक मात्रामा पर्यटक आउने गरे पनि यस बर्ष भने विगतको जस्तो पर्यटकहरु नआएको नाम्जे होमस्टे सञ्चालक अनिल राना मगर बताउँछन् । उनी भन्छन्–‘कोरोना संक्रमणपछि सुस्ताएको भेडेटारको व्यापार अहिलेसम्म तंग्रिन सकेको छैन, पर्यटक नै नआएपछि भेडेटार सुनसान छ भने होमस्टेहरु समेत सुनसान बन्न थालेको छ ।’ अर्गानिक उत्पादन र मगरहरुको मौलिक संस्कृति प्रबद

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 792 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • व्यवहारिक तथा सीपमूलक शिक्षाले मात्रै रोजगारीको अवसर प्राप्त हुने

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै व्यवहारिक र सीपमूलक शिक्षा दिनुपर्नेमा जोड दिएका छन । विराटनगर–१९ स्थित युमी स्कुलको अभिभावक दिवस कार्यक्रमा सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक र सैद्धान्तिक शिक्षाले मात्रै उत्पादित जनशक्ति श्रमबजारमा सहजै बिक्री हुने बताएका छन ।उनले विद्यार्थीको चाहाना रुचि अनुसारको व्यवहारिक शिक्षा प्रधान गरेर दिक्षित जनशक्ति उत्पादन गर्न सके स्वदेशमा पनि धेरै रोजगारी पाउने अवस्था रहेको बताए । कोईरालाले “विदेश नै जाँदा पनि उच्चस्तरको तलब पाउने र त्यसले देशलाई नै फाइदा पुग्ने बताए ।अबको समय प्रविधिको भएकाले विद्

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 957 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ग्रिनक्रस अस्पतालले सर्पदंशका विरामीको सफल उपचार

    विराटनगर /  विराटनगर स्थित ग्रिनक्रस अस्पतालले सर्पदंशका एक विरामीको सफल उपचार गरेको छ । वैशाख ३१ गते गोमन सर्पले डसेर ग्रिनक्रस अस्पतालमा उपचारार्थ भर्ना भएकी ६८ वर्षीया गंगामाया आचार्यको सफल उपचार गरेको हो । सुन्दरहरैचा ७ गोठगाउँकी आचार्य अचेत अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । आचार्यको श्वासप्रश्वास एवं धड्कनको गति स्थिर नभएको अवस्थामा सो अस्पतालको चिकित्सक समूहको विशेष टोलीले उनको स्वास्थ्य अवस्था गम्भीर ठानी भेन्टिलेटरसहितको सघन उपचार कक्षमा राखेर उपचार शुरू गरेको थियो । पाँच दिनसम्मको अथक प्रयास पछि ग्रिनकस अस्पतालले उनलाई बचाउन सफल भएको हो । आफन्तहरूले माया मारिसकेकै अवस्थाम

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 692 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हतुवागढीमा तीनदिने सांस्कृतिक जागरण महोत्सव

    धरान  / भोजपुरको हतुवागढी गाउँपालिका–४, फलामढुङ्गामा गत शुक्रबार र शनिबार बेग्लै चहलपहल थियो । जातीय वेशभूषामा सजिएका नरनारीहरू गाउँ–गाउँबाट भेला भएका कारण त्यहाँ त्यस्तो चहलपहल देखिएको थियो । सन्दर्भ थियो – हतुवागढी कला साहित्य संस्कृति तथा जनजाति महोत्सव । तीनदिने महोत्सवको प्रारम्भ बिहीबार नै भएको थियो । महोत्सवकै अङ्ग बनेको निःशुल्क गजल लेखन प्रशिक्षण बिहीबार बिहान सुरु भएको थियो । प्रशिक्षणमा हतुवागढीका विभिन्न वडामा रहेका विद्यालयहरूबाट २६ जना विद्यार्थी सहभागी भएका थिए । प्रशिक्षणको उद्घाटन हतुवागढी कला, साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष कृपालसिंह राईल

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • 739 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय कुराँश प्रतियोगि खेल धरानमा हुने

    धरान/ नेपाल कुराँश संघको आयोजनामा जेठ २६  गतेदेखि प्रतियोगिता हुने भएको छ । पहिलो पटक काठमाडौंमा सम्पन्न भएको सो प्रतियोगितामा यस पटक भने धरानमा हुन लागेको हो । प्रतियोगिता आयोजना गर्नको लागि धरानमा सोमवार स्थानीय रुपमा प्रतियोगिता आयोजक समिति गठन भएको छ । शनिवार भएको भेलाले जीवन राईको संयोजकत्वमा सो समिति निर्माण गरीएको हो । समितिको सचिवमा सम्फर तामाङ चयन गरीएको छ भने आर्थिक समितिको संयोजकमा अशोक राई रहेका छन् । सो समितिको प्रचार प्रसार समितिको संयोजकमा भोला श्रेष्ठ, सदस्यमा रस्मी प्रधान, रिकेश विश्वकर्मा रहेकाछन् । यो खेल पूर्व क्षेत्रका लागि नितान्त नौलो भएको र खेलकुदको शहर उप

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • 936 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमाथि अनुसन्धानको माग

    मोरङ / मानव अधिकार तथा शान्ति समाज मोरङले नक्कली भुटानी शरणाथी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने माग राखेको छ । सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई समाजले ज्ञापनपत्र दिंदै सो माग गरेको हो। सो अवसरमा समाजले नक्कली भुटानी शरणार्थीका मूल दोषीहरुमाथि कार्वाही सुनिश्चित गर्ने आग्रह समेत गरेको छ । समाजका मोरङका अध्यक्ष प्रा.डा. जीवनकुमार ढकालले मोरङका प्रजिअ यादवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएका हुन् । शरणार्थी प्रकरणमा शीर्ष नेताहरुको नाम जोडिदा पनि अनुसन्धान नभएको भन्दै समाजले प्रशासनलाई ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्र बुझाउनु अघि

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • 767 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • देवीहाट घटनाले सयौलाई वेरोजगार बनाएको युनिकमको ठहर

    झापा / बिर्तामोडस्थित देवी हाटमा नगरपालिकाले टहरा हटाउन चलाएको घटना प्रति युनिकम नेपालले गम्भीर आपत्ति प्रकट गरेको छ । केन्द्रीय अध्यक्ष गजेन्द्र वहादुर पौडेलले विज्ञप्ति जारी गर्दै व्यवसायी, श्रमिक र मजदुरहरुको रोजिरोटी खोसिएको भन्दै त्यसको क्षतिपूर्ति दिलाउन माग गरेका छन् । संघीय सरकारको स्वरोजगार प्रर्वद्धन गर्ने नीतिका विरुद्ध बिर्तामोड नगरपालिकाले सयौलाई बेरोजगार बनाएको युनिकमको ठहर छ – विज्ञप्तिमा भनिएको छ । सार्वजनिक सरोकारका मुद्दाहरुमा विषय र परिस्थितिको संवेदनशीलतालाई गहन ढंगले मनन गरेर अघि बढ्न नगरपालिकालाई युनिकमले सुझाव समेत दिएको छ ।

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • 802 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नगरप्रमुखलाई ध्यानाकर्षण

    धरान /नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले आगामी वजेटमा समेटनुपर्ने योजनाका सन्बन्धमा धरान नगरपालिको ध्यानाकर्षण गराएको छ । नगर अध्यक्ष रेवतीरमण राई र सचिव खेमप्रसाद दाहालले धरान नगरको विकास गर्नेु पर्ने २५ वुदे माग समेटिएको ध्यानाकर्षण ज्ञापनपत्र बुझाएर छन। धरान उपमहानगरपालिका समक्ष आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा जनसरोकारका विषयहरु समावेश गरी बजेट निर्माण गर्न ध्यानार्कषण गराईएको नगर अध्यक्ष रेवतीरमण राईले जानकारी दिए् । नगरपालिकामा माग गरिएका विषयहरुमा सरकारी सेवा प्रवेशको लागि लोकसेवा आयोग र सेवा आयोग तयारी कक्षाको व्यवस्था गरिनुपर्ने,लागु औषध द

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • 720 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिलाहरुमा हुने पाठेघरको समस्या भयावह

    रबिन्द्र बराल / पछिल्लो समय महिलाहरुमा पाठेघरको समस्या अधिक देखिन थालेको छ । महिलाहरुको पाठेघरको समस्या बढ्दै गएपछि रंगेली नगरपालिकाले विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । नगरपालिकाले महालक्ष्मी बिधालय दर्वेशामा सोमबार शिविरको आयोजना गरेको थियो । शिविरमा दर्वेशा, बक्राह टोल, खादी टोल,आचार्य टोल,चाईनागेट टोल लगायतका स्थानीय महिलाहरुले पाठेघरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । । नगरपालिकाले उपचारबाट बन्चित भएका विपन्न घरपरिवारका महिलाहरुलाई लक्षित गरी शिविरको आयोजना गरेको हो । धेरै महिलाहरु लाजका कारण अस्पतालसम्म नपुग्ने, आर्थिक समस्याका कारण समेत उपचार गराउन

    • प्रकाशित मितिः जेठ ८, २०८०
    • 1,224 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पेस्तोल सहति धरानमा २ पक्राउ

    विजयपुर / धरान ईलाका प्रहरी कार्यलय धरानले पेस्तोल सहति थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान वडा नम्बर १० मयुरपथ बस्ने बर्ष ३५ का राजेश लिम्बु र धरान वडा नम्बर ५ देउरीका जनता ग्यारेज संचालक २५ बर्षका कुमार भण्डारी रहेका छन । आईतबार पत्रकार सम्मेलन गरी उनिहरुलाई ईलाका प्रहरी कार्यलय धरानले सार्वजनि गरेको हो । ईलाका प्रमुख डिएसपी नवराज मल्लका अनुसार उनहिरुलाई शुक्रबार करिव १ बजे धरान ८ मा रहेको जनता ग्यारेज बाट पेस्तोल वरामद गरिएको थियो । मेड यन युएसए लेखिएको म्याग्जीन सहतिको गोली नएको पेस्तोल वरामद गरेको डिएसपी मल्लले बताए । उक्त ग्यारेजमा उनि आफै पुगेर छापा मारेका थिए । ग्या

    • प्रकाशित मितिः जेठ ८, २०८०
    • 888 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved