धरान । इलाम नगरपालिकाको दमकले आगो लागि हुँदा आगलागी भएको स्थानमा कहिल्यै समयमा पुग्दैन । धेरै जसो बिग्रिरहने भएकोले बजार आसपासमा भएका आगलागी नियन्त्रण गर्ने समयमै नपुग्दा ठूलो क्षति व्यहोर्नुपर्र्ने अवस्था आउछ । तर, बुधबार भएको आगलागीमा भने खवर पाएको पाँच मिनेट नवित्दै घटना स्थलमा आएर आगो नियन्त्रण गर्न सफल भएको हो । इलाम चोकबजारको ट्याक्सी स्टेनमा रहेको साँखेजुङ होटलमा बुधबार भएको आगलागी नियन्त्रण गर्न इलाम नगरपालिकाको दमकल समयमै पुगेको थियो । होटलमा भएको आगलागीबाट तीनलाख ५० हजार क्षति भएको प्रहरीले जनाएको छ । ग्याँस लिक भएर शुरु भएको आगो २० मिनेटपछि नियन्त्रमा आएको थियोे । आगलागी शुरु भएको
धरान । प्रदेश र संघीय निर्वाचनको मिति तोकिसकेको अवस्थामा खोटाङमा भने जनता समाजवादी पार्टी (जसपा) का जिल्ला र प्रदेश स्तरका नेताहरुले धमाधम पार्टी परित्याग गरेका छन् । स्थानीय निर्वाचनमा पार्टीको अवस्था नाजु भएको महसुस भएसँगै प्रदेश र संघीय निर्वाचनमा समेत पार्टीले सम्मानजनक सिट नल्याउने देखेपछि उनीहरुले धमाधम पार्टी परित्याग गरेको बताइएको छ । खोटाङको सदरमुकाम दिक्तेलमा मंगलबार पत्रकार सम्मेलनकै आयोजना गरी जसपाका केन्द्रीय अनुशासन आयोग सदस्य वीरबहादुर राई, १ नम्बर प्रदेश समिति सदस्य मोहन गुरुङ, जिल्ला अध्यक्ष टंक बहादुर थापा लगायत ३९ जनाले छाडेको घोषणा गरेका हुन् । पार्टी परित्याग गरेका जसपाक
धरान । धरान उपमहानगरपालिका वडा नं. १० का पूर्व वडाध्यक्ष श्रीप्रसाद सुब्बाको निधन भएको छ । उच्च रक्तचापका विरामी रहेका लिम्बुको मंगलबार दिउँसो उपचारकै क्रममा विराटनगरको विराट नर्सिङ होममो निधन भएको पारिवारले जनाएको छ । परिवारका अनुसार चारदिनदेखि अत्याधिक बढेकाृ रक्तचापका कारण अस्पताल भर्ना भएका उनलाई नर्सिङ होमको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार गराइएको थियो । उपचारकै क्रममा लिम्बूको निधन भएको जनाइएको छ । लिम्बूको पार्थिव शरिर धरान ल्याइएको छ भने उनको पार्थिव शरिर धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । लिम्बू २०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडा
धरान । यस बर्षको बोलबम सकिएको छ । बोलबममा आएका भक्तजनहरुलाइ निःशुल्क वितरण गरेको पानी खाए पछि फलिएको प्लास्टिकको ग्लास, पुरी खाएर फालिएको कागजको प्लेट, फलफूलका बोक्रा आदिले गर्दा पिण्डेश्वर परिषर नै दुर्गन्धित देखिएको छ । निःशुल्क वितरण गर्नेले वितरण गरेपनि सरसफाइ नगरिदिँदा मन्दिर परिषर नै फोहोरको डुंगुर बनेको हो । सोमबार आएका भक्तजनहरुलाई वितरण गरिएको यस्ता सामाग्री सरसफाई नगर्दा मन्दिर परिषर नै दुषित बनेको हो । मन्दिर परिषरभित्र भएको फोहोर मंगलबार विहान लायन्स क्लब विजयुर धरान र लियो क्बल विजयपुर धरानले सरसफाई गरेको छ । बोलबमका समयमा पाँचवटै सोमबार भक्तजनहरुलाई निःशुल्क सर्वतपानी, फलफूल लग
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय नाजुक अवस्थामा पुगेको नवनियुक्त रजिष्ट्रर डा. सूर्यप्रसाद संग्रौलाले सार्वजनिक गरेको स्वेतपत्रमा उल्लेख छ । रजिष्ट्रार संग्रौलाले मंगलबार सार्वजनिक गरेको स्वेतपत्रमा प्रतिष्ठानमा १ अर्ब ४१ करोड ऋण रहेको जनाएका छन् । उनले सार्वजनिक गरेको स्वेतपत्रमा भनेका छन्–‘ कुल १ अर्ब ४१ करोड रकम बराबर प्रतिष्ठान ऋणात्मक अवस्थामा रहेको रहेको छ, प्रतिष्ठानले आर्थिक अवस्था नाजुक भएको कारण अस्पताल सञ्चालन गर्न कठिन छ ।’ उनले सार्वजनिक गरेको श्वेतपत्रमा परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेक
धरान । विराटनगर– १० मा रहेको अरनिको कलेजले नयाँ भर्ना भएका विद्यर्थाीहरुलाई एक दिने अभिमुखिकरण तालिम दिएको छ । सोमबार कलेजले नया विद्यार्थीहरुलाई राखेको स्वागत कार्यक्रमसँगै अभिमुखीकरण त ालिम दिएको हो । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनका लागि अभिमुखीकरण तालिम दिएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए उनले भने– ‘अभिमुखीकरण कार्यक्रममा कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा मा पनि हामीले नयाँ विद्यार्थीहरुलाई जानकारी गरायौ ।’ विज्ञान संकाय, व्यवस्थापन संकाय र होटेल मेनेजमेन्ट संकायमा प
धरान । थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई सोमबार विराटनगरमा विदाई गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुलाई विदाई गरेका हुन् । कञ्चनबारी कराँते एकेडेमीले सोमबार आयोजना गरेको कार्यक्रममा मेयर कोइरालाले खेलाडीहरु प्रभाकर रानामगर, रोजन खड्का, परशु कुँवर, सुरज कामत, महेश यादव र साहिल गिरीलाई खादा लगाएर विदाई गरे । उनले प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई जितको अग्रिम शुभकामना दिए । उनले भने–‘खेलकुद मुलुकको विकासको मेरुदण्ड हो, खेलकुदले समाज परिवर्तन गर्न म
धरान । स्वास्थ्यचौकी तथा वडाहरुको काम कारबाही चुस्त नभएको व्यापक जनगुनासो आएपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सोमबार अनुगमन गरेका छन् । अनुगमनका क्रममा मेयर कोइरालाले कमीकमजोरीलाई सुधार गरेर सेवाग्राहीलाई छिटो–छरितो सेवा प्रवाह गर्न वडाध्यक्षसहित कर्मचारीहरूलाई निर्देशन दिए । निर्वाचित भएर आएलगत्तै डुबान समस्या, फुटपाथ खाली गर्ने र चौपाया नियन्त्रण गर्ने अभियान सञ्चालन गरेको महानगरपालिकाले वडा र महानगर मातहतका स्वास्थ्यचौकीको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने अभियान सञ्चालन गर्ने उद्देश्यले मेयर कोइरालाले अनुगमन गरेका हुन् । उनले अनुगनमा क्रममा विराटनगर वडा नम्बर १५ र
धरान । सर्दू जलाधारका विषयमा धरानका राजनीतिक दल उदासिन देखिएका छन् । तर पनि दलका प्रतिनिधिले जनताको दुहाई दिन भने छाडेका छैनन् । सर्दू जलाधारका नाममा धरान १३ र ४ का शहरी क्षेत्रमा पर्ने जग्गा मालपोत कार्यालयले रोक्का गरिदिएपछि स्थानीय पीडित छन् । पीडितद्वारा गठित ‘साविक बाँझागरा ९ क फुकुवा तथा सिमाङ्कन पहल समिति’ सँगको छलफलमा सर्दू जलाधारको नाममा जनताले दुःख पाएको विषयमा दलका प्रतिनिधिले अनभिज्ञता प्रकट गरे । सर्दू जलाधारको विवादबारे दल र पहल समितिले धरान १३ वडष समितिको कार्यालयमा गरेको संयुक्त छलफलमा अध्ययनबिना आधिकारिक धारणा राख्न नमिल्ने दलका प्रतिनिधिले अभिव्यक्ति दिए । सावि
धरान । आज बोलबम मेलाको पाचौ हप्ता । आजबाट बोलमेला सकिएको छ । बोलबम अवधिभरि जल चढाउन भक्तजनहरुलाई लक्षित गरी स्वास्थ्य शिविर, विभिन्न संघ संस्थाबाट निःशुल्क पानी, सर्वतपानी, फलफूल वितरण गर्नेको लाइन पनि अत्याधिक थियो । यो मेला अवधिभर व्यवसायहरुको व्यवसाय पनि राम्रोसँग चलेको थियो । मेलामा ठूला व्यापारीलाई भन्दा पनि खुद्रे व्यापारीलाई भने आम्दानीको दह स्रोत बनेको थियो । नेपाल भारत बोर्डर पर्ने रक्सौलबाट व्यापारकै लागि आउनु भएका बोलु साहले पाँच हप्ताको अवधिमा मनग्ये आम्दानी गरेको बताछन् । मेलामा खुद्रा विक्री गर्दै आएका उनले सोमबार विहानदेखि १० बजेको समयसम्म २ हजार भन्दा बढी आम्दानी गरेको बताए ।