बिराटनगर / झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन । शनिबार साँझ ७ : ३० बजे झापा गाउँपालिका वडा नम्बर ४ बाट प्रहरी चौकी टाघनडुब्बाबाट खटिएका प्रहरी टोलीले भारत देखि नेपाल तर्फ आउदै गरेका साईकलयात्री चेकजाँच गर्दा प्रकाउ परेका हुन । पक्राउ पर्नेमा इलाम मङसेबुङ गाउँपालिका वडा नम्बर ९ का ३० बर्षीय युवराज लिम्बु रहेका छन । लिम्बुले साईकलको ह्यन्डल भित्र लुकाई राखेको अवस्थामा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । त्यस्तै गरी बिराटनगर महानरपालिका वडा नम्बर १६ बाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएका प्रहरी टोलीले चेक
संखुवासभा/ गत असारमा संखुवासभामा बाढी पहिरोबाट मृत्यु भएका तथा पहिरोमा परेका बेपत्ता भएका परिवारलाई संखुवासभा घर भई कतारमा काम गदैै आएकाहरुले ५ घर परिवारलाई आर्थिक सहयोग गरेको छ । संखुवासभा समाज कतार गठन गरेर विगतदेखि नै पीडितलाई सहयोग पुर्याउदै आएका उनीहरुले गत असार २ गते राति आएको बाढीबाट मृत्यु भएका तथा बेपत्ता भएका ५ परिवारलाई सहयोग गरेका हुन् । उनीहरुले पीडित ५ परिवारलाई नगद २ लाख १५ हजार रुपैयाँ संखुवासभा समाज कतारका सचिव अशोक न्यौपानेले लगायतको टोलीले हस्तान्तरण गरेका थिए । त्यसबेला बाढीमा बेपत्ता तथा मृत्यु भएका पाँचखपनका दीपक मगर, सन्तोष राई, सुहाङ राई, भुवानसिंह तामाङ र
धरान/ साउन ६ गतेदेखि सञ्चालनहुंदै आएको ग्रीन एण्ड क्लीन धरानअभियानमा नेपालीकांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना र सुनसरी जिल्ला सभापति तथा ईनरुवानगर प्रमुख केदार भण्डारी समेत सहभागीभएका छन् । नेपालीकांग्रेस, सुनसरी क्षेत्र नं. १ ले आयोजना गरेको एक महिने ग्रीन एण्ड क्लीन धरानअभियान धरान ८ मापुग्दा ढुंगाना र भण्डारी सहभागीहुनआएकाहुन् । नेपालीकांग्रेसकाकेन्द्रीय सदस्य राजीव ढुंगानाले सरसफाई र स्वच्छ वातावरण मानवकालागिअतिआवश्यक रहेकाले क्षेत्रीयकार्यसमितिले धरानमाल्याएको एक घर एक विरुवा रोपौं, सरफाई गरौं, डेङ्गो नष्ट गरौंअभियानअत्यन्त सान्दर्भिक रहेको बताएका छन् । त्यसैगरी ईनरुवानगर प्
धरान/ केही समय अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी धरान नगर कमिटीले धरानमा ज्वरो, आँखा पाक्ने लगायतका रोगहरु अत्याधिक भएपछि पार्टीका सचिव सुमन श्रेष्ठले इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबमा परिक्षण गराउनुभयो । परीक्षण गराउँदा धरानका सतहबाट ल्याएको पानीमा कोलिफर्म भेटियो । धरानका अधिकांश पानी पिउन योग्य नभएपछि धरान १५ का सर्वसाधारणले समेत अनुगमन गर्न वडा समितिलाई आग्रह गरे । सोही अनुरुप अनुगमन गर्दा पानीको मुहान खुल्ला ठाउँ, नजिकै गाउँबस्ती धेरै भएकोेले नुहाउने, फोहोर गर्ने गर्दा पानी दुषित भएको पाइएको थियो । धरानमा पानीको अभाव पुरा गर्न मेयर हर्कराज राई साम्पाङ निर्वाचित भए सगै ला
विजयपुर / धरान मेगा कलेज धरान १२ ले नयाँ शैक्षिक सत्रमा अध्ययन गर्न आएका विधार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ । कजेजमा अध्ययनरत दोस्रो बर्षका विध्यार्थीहरुले पहिलो बर्ष अध्ययन गर्न आएका नयाँ विध्यार्थीहरुलाई स्वागत कार्यक्रम शनिबार धुलिखेल समाजको सभाहलमा सम्पन गरेको थियो । उक्त कार्यक्रमको स्वागत मन्तव्य कजेका संचालक दिपक घिमिरेले राखेका थिए भने कलेजका विधार्थीहरुले समेत सांगितीक कार्यक्रम गरि नृत्य प्रस्तुती गरेका थिए । सो कार्यक्रम कलेजका चेयरमेन कैलाश आङदाङबेको सभापतित्वमा सम्पन भएको थियो । कलेजले हरेक बर्ष आउने नयाँ विधार्थीहरुलाई स्वागत तथा कलेजको अध्ययन सकेका पुराना विधार्थीहरुला
धरान । धरानमा पानीको अभाव पुरा गर्न मेयर हर्कराज राई साङपाङ निर्वाचित भए सगै लागि परे । श्रमदानवाटै पानी ल्याउने उद्घोष गर्दे धरान आपसपासका खोला खोल्सीमा पुग्नुभयो मेयर साङपाङ । उनले केही स्थानवाट बर्षायाममा पानी ल्याएर ट्यांकीमा हाल्नु पनि भयो तर पानीको समस्या समाधान भएन । उनले पानी संकलन गरे पनि परिक्षण गरेनन् । धरानमा अहिले सतहवाट ल्याएको सोही पानीमा ‘फिकल कोलिफर्म’ भेटिएको छ । धरानको खानेपानी समस्या समाधान गर्ने भन्दै निर्वाचित भएसगै धरानका मेयर हर्कराज राई (हर्क साङपाङ) खोला खोल्सी धाए । उनले धरान आपसपासका भालु खोला, पकुवा खोला, सर्दूखोला, कोकाहा खोला लगायतका खोलाबाट पानी पनि
धरान । धरान उपमहानगरपालिकाभित्र रहेको सुकुम्बासी समस्या नौलो होइन । बर्षौदेखिको हो । सुकुम्बासी समस्या समाधान गर्ने एजेन्डा बोकेर राजनीतिक दलका नेताहरु पटक पटक जनप्रतिनिधि भए तर समाधान कहिल्यै भएन । यसलाई राजनीतिको सिढीको रुपमा प्रयोग गरिरहे । तर धरान उपमहानगरपालिका वडा नं. १६ ले भने वास्तविक सुकुम्बासीको पहिचान गर्ने कामलाई तिब्रता दिएको छ । धरान उपमहानगरपालिकाको जटिल समस्याको रुपमा सुकुम्बासी समस्यालाई लिने गरिएको छ । हरेक चुनावमा यो समस्या सबै राजनीतिक दलको मुख्य एजेन्डामा पर्छ । तर चुनाव जितिसकेपछि यो एजेन्डा ओझेलमा पर्छ, सुकुम्बासीको समस्या ज्युका त्यू रहन्छ । तर अब यसलाई राजनीतिक एजेन्ड
धरान । कोरा राइड च्यालेन्ज प्रतियोगिताबाट उठेको रकमले अहिले धरानमा संक्रमणको रुपमा फैलिएको डेगुका विरामीलाई उपचार गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेका छन् । गत जुलाई १५ मा आयोजना भएको कोरा राइड्स च्यालेन्ज प्रतियोगिताबाट उठेको रकमबाट धरान उपमहानगरपालिका १४ नं. वडा समितिका रहेको आधारभूत स्वास्थ्य केन्द्रलार्ई स्टेन्डसहितको चारवटा वेड सहयोग पु¥याएका हुन् । कोरा राइड च्यालेन्ज २०८० का संयोजक विनयलाल श्रेष्ठले प्रतियोगिताबाट १ लाख ५० हजार रकम उठेको र सोही रकमबाट ३० हजार बराबरको स्टेन्डसहितको चार वटा वेड १४ नं. वडा समितको आधारभूत स्वास्थ्य केन्द्रलाई वितरण गरिएको बताए । धरानमा डेंगुको स
विजयपुर / धरान वडा नम्बर १५ ले गत आर्थिक बर्ष २०७९/०८० गरेको बार्षिक कार्य सम्पादन समिक्षा प्रगति विवरण तथा चालु आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । धरान वडा नम्बर १५ ले गत सालको आर्थिक विवरण बाट गरेको काम साथै यस बर्ष धरान १५ ले प्राप्त गरेको बजेट सार्वजनिक गरेको छ । सो कार्यक्रम धरान १५ स्थित शिक्षा सदन माविको सभाहलमा भएको थियो । उक्त बार्षिक आर्थिक कार्य सम्पादन समिक्षा प्रगति विवरण सार्वजनिक कार्यक्रम बोल्दै वडा अध्यक्ष नरेश कुमार इवारमले गत वर्ष गरिएको खर्च तथा प्रगती विवरण र यस चालु बर्षको आर्थिक बजेट समेत सार्वजनिक गरेका हुन । गत आर्थिक वर्षमा धरान उपमहानगरपालिकाको कुल बजेट १ अर्ब
धरान/ सडक निर्माण गर्दा सडकका छेउमा टायल विछ्याउने प्रचलन बढ्दै गएको छ । टायलले आकर्षकमात्र हैन सडकको गुणस्तरलाई पनि अझ मजबुत बनाउने गर्छ । तर टायल प्रयोग गर्दा टायलको गुणस्तर मापन नगरी प्रयोग गर्ने गरिएको छ । यसले गर्दा छिट्टै फुट्ने र भत्किने गर्छ तर धरान उपमहानगरपालिका वडा नं. ३ ले भने टायलको गुणस्तर चेकजाँच गरेरमात्र प्रयोग गरेको छ । धरान ३ र १५ जोड्ने सदन रोडमा अहिले फराकिलो कालोपत्रे बनेको छ । कालोपत्रे सम्पन्न हुन साथ अहिले सडकका पेटीमा टायल विच्छ्याउने काम शुरु गरिएको छ । सडक गुणस्तरीय बनाउन वडा समिति र टोल विकास समितिले नियमित अनुगमन गरेकै कारण मापदण्ड भन्दा बढी निर्माण