धरान/ धरानका अबतारले शारीरिक सुगठनमा जित हात पार्दै प्रदेश १ लाइ तेस्रो स्वर्ण पदक दिन सफल भएका छन् ।पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्रदेश १ लाई उनले शारीरिक सुगठनको तर्फबा तेस्रो स्वर्ण थप्न सफल भएका हुन् । यसअघि पौडी र सफ्ट टेनिसमा प्रदेश १ ले एक÷एक स्वर्ण पदक पाएको छ । शारीरिक सुगठनका प्रदेश १ का प्रशिक्षक राम दाहालका अनुसार श्रेष्ठले पुरुष फिजिक्सको १७० सेन्टिमिटर माथिको विधामा स्वर्ण जितेका हुन् । श्रेष्ठ प्रथम रेनबो क्लासिक राष्ट्रव्यापी पुरुष फिजिक्सको समेत विजेता हुन् ।
धरान / पूर्वमा अहिले आन्तरिक पर्यटक बढ्न थालेका छन् । कोरोना कहरका कारण ठप्प रहेको पर्यटन व्यवसाय पर्यटक आउन थालेपछि व्यवसाय चलायमान हुन थालेका छन ।धरानमा अहिले आन्तरिक पर्यटक आउन थालेका छन् । नेपालका पूर्वदेखि पश्चिम सम्मका आन्तरिक पर्यटकहरु पछिल्लो समय धरानको विजयपुरमा भेटिन थालिएको छ । सवारी साधन रिजर्व नै गरेर उनीहरु विजयपुर आउने र यहाँको धार्मिक स्थलको अवलोकनसँगै पूजाआजा गरेर फर्किने गरेका छन् । लमजुङकी सुजाता ढकाल । सोमबार विहान बुढासुब्बा मन्दिरमा भेटिइन् । इलाम हुँदै इटहरी बसेर धरान आइ पुगेकी उनलाई धरान असाध्यै राम्रो लागेको बताइन । पहिलो पटक धरान आएकाृे बताउने ढकालले धरान एकपटक
धरान/ धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस र त्रिभुवन विश्व विद्यालय (टियु) बीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । टियु अन्तर्गतको धरानस्थित महेन्द्र वहुमुी क्यापसमा विद्यार्थीहरुलाई प्रतिष्ठानको अस्पतालमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै क्याम्पसमा अध्ययनरत करिब पांच हजार विद्यार्थीहरु लाभान्वित हुने जनाइएको छ । प्रतिष्ठानको रजिष्ट्रार कार्यालयमा दुवै पक्षबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक ड
धरान / नेकपा एमाले मोरङ जिल्ला कमिटिका निवर्तमान सचिव रुपेश खतिवडाले पार्टीको साधरण सदस्यता समेत त्यागेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि टिकट वितरणको विवादले उम्मेदवारी दर्ताकै बेला असन्तुष्टि जनाउँदै उनले गत असोज २२ गते नै पदबाट राजीनामा दिएका मोरङ एमालेका सचिव रूपेश खतिवडाले पार्टीको साधारण सदस्यता पनि त्यागेको घोषणा गरेका हुन्।सोमबार आफ्नो फेसबुक अकाउन्टबाट लामो प्रेस वक्तव्य जारी गर्दै पार्टीमा विधि, प्रक्रिया, सिद्धान्त सबै सकिएको आरोप लगाउँदै यस्तो घोषणा गरेका हुन्। रूपेश खतिवडाको प्रेस वक्तव्यः म गरिब किसान परिवारमा जन्मी हुर्केको मान्छे हुँ। तत्कालीन समाजका शोसक
विजयपुर/ स्वदेशमै मेहनत गरे विदेश जानुपर्दै भन्ने उदाहरण पेश गरेका छन् सुनसरी झुक्काका कैलाश बुढाथोकीले ।कुनै समय गाउँका सबै विदेश गएर पैसा कमाएर आउँदा बुढाथोकीलाई पनि विदेश गएर पैसा कमाउने इच्छा लागेको थियो । तर उनको सपना पूरा हुन नसकेपछि गाउँमै स्वरोजगार भएर रमाएका छन् । उनले विदेश जानका लागि राहदानी बनाए, राहदानी पश्चात मेनपावरमा बुझाए, तर उनको विदेश जाने इच्छा मेडिकल गर्ने वित्तिकै ‘ब्रेक’ लाग्यो । सानोमै निमोनिया भएका उनको मेडिकलमा छातीमा दाग देखाइदियो, त्यसपछि उनले विदैेशिक रोजगारीमा जाने सपना छोडिदिए । स्वदेशमै केही गर्ने प्रण गरे । उनी भन्छन्–‘मेडिकलमा फेल
धनकुटा/ धनकुटाको सदरमुकाममा जुनसुकै कार्यक्रम गर्ने उपयुक्त थलो हो सामुदायिक भवन । यस भवनमा राजनीतिक पार्टीका सभा सम्मेलन, साँस्कृतिक कार्यक्रम, विवाह, पार्टी लगायत खेलकुदका इन्डोर प्रतियोगिता तथा विभिन्न सामाजिक संघ संस्थाको कार्यक्रमहरु यही सामुदायिक भवनमा हुने गर्छन् । तर मर्मत सम्हारमा चासो नदेखाउदा पछिल्लो समय सामुदायिक भवन जीर्ण बन्दै गएको छ । मर्मत गर्न भने कसैले चासो देखाएका छैनन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै छ । निर्वाचनको सम्पूर्ण गतिविधि यही भवनमा हुने गर्छ । उमेद्वारको मनोनयमदेखि मतगणनासम्म यही भवनमा हुने गरेको छ । यो बाहेक राजनीतिक दलका सभा सम्मेलन, साँस्क
धरान/ दशैँ सकिए लगत्तै तिहार नजिकदै गर्दा शनिवार धरानमा बोर्डबाइजर मेलोडी कन्सर्टको आयोजना हुँदा धराने दर्शकहरुले भरपुर मनोरञ्जन लिए ।धरानको पब्लिक हाइस्कूलको प्रांगरणमा शनिवार भएको कन्सर्टमा अहिलेकी सर्वाधिक लोकप्रिय गायिका मेलिना राईसंगै धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो,गायिका सुनिता थेगिम ,गायक शुक्रराज लिम्बु, धरानको ब्यान्ड तपस्वी ब्याण्ड , र भोइस अफ नेपाल चौथो सिजनकी प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुले प्रस्तुति दिएका थिए । गायिका मेलीना राईले कम्मरमाथि पटुकी, कुटुमा कुटु , शिरैमा शिरबन्दी, असारे महिना, एक कान दुई कान मैदान , माया बिरानी , तिमीले बाटो फेर्यो हरे, नाच फिरिरी
विराटनगर / नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद ढकालले जनतासँग सुझाव लिँदै हिडेका छन् । मोरङ क्षेत्र नम्बर ४ का जनताको जीवनस्तर उकास्ने प्रमुख एजेण्डा लिएर चुनावी मैदानमा उत्रनुभएका ढकालले त्यस क्षेत्रका जनताको घरदैलोमा पुगेर सुझाव लिन थालेका हुन् । आइतबार ४ नम्बर क्षेत्र अन्तर्गत पर्ने बेलबारी नगरपालिकाको ६ नम्बर वडाका यलम्बर चोक, बोराबाँध, सीमाबाँध, बनौल, दुर्गा टोल, जरुवा टोल, सोमबारे बजार क्षेत्रका जनताका बिचमा पुगेर सुझाव लिएका छन् । नेताहरुले भाषण मात्रै गर्ने तर जनताका गुनासा नसुन्ने परिपाटीको विकास भइरहेका बेला नेत
काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी प्रोटोकल (मापदण्ड) को मस्यौदा तयार गरेको छ । यो मस्यौदा प्रोटकलमा बेलायतसँग सहमति गरेर मन्त्रिपरिषद्बाट परित गरिनेछ । नेपाल र बेलायतबीच परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई ‘इम्प्लिमेन्टेसन प्रोटोकल’बारे स्पष्ट व्यवस्था गर्ने सहमित भएको थियो । मन्त्रालयले आगामी पुस–माघसम्म्म बेलायतमा पठाइने नर्सका लागि आवेदन माग गर्नेछ । प्रोटोकलले तोक्ने व्यवस्था अनुरुप योग्य ठहरिएका नर्सले बेलायतमा रोजगारीका लागि आ
मोरङ/ नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्रन नम्बर ३ का लागि संयुक्त लोकतान्त्रि गठवन्धनका साझा उम्मेद्वार डाक्टर सुनिल शर्माले वृहत शान्ति र समुन्नत नेपाल निमार्णका लागि गठवन्धन निमार्ण भएको बताएका छन् ।मोरङ क्षेत्र नम्बर ३ को सुनदरहरैचा नगरपािलका १० मा आयोजित पार्टी प्रवेश तथा घरदैलो कार्यक्रमलाइ संवोधन गर्दै नेता शर्माले १२ वँुदे सम्झौता देखि सुरु भएको शान्ति प्रकृयाको काम पुरा गर्न र समुन्नत राष्ट्र निमार्ण गर्न वाम लोकतान्त्रिक गठवन्धन निमार्ण भएको बताए । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा गलत राजनीतिक शक्तिले जितेका कारण संविधानसभाबाट बाट बनेको संविधान नै खतरामा पर्ने अवस्थाको सृजना