धरान/ पछिल्लो समय पहाडी क्षेत्रका अधिकांश घरेलु उद्योगमा पुगेको उद्योमीहरुले गुनासो गरेका छन् । नवौ उद्योग दिवसको अवसरमा घरेलु उद्योग तथा साना उद्योग कार्यालय धनकुटाले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योगमीहरुले साना उद्योग बन्दै हुदै गएको प्रति चिन्ता व्यक्त गरेका हुन् । आयातित वस्तुसँग प्रतिष्र्धा गर्न नसक्दा प्रविधि तथा बजारको पहुचबाट टाँढा हुदा यस्तो समस्या आएको उनीहरुको गुनासो छ । ढाकाटोपी उद्यमी रविजाल लिम्बुले केही अगाडिसम्म ढाका टोपीको राम्रो कारोबार हुने गरेपनि अहिले हुन छाडेको बताएका छन् । लागत महँगो पर्ने भएकोले सस्तोमा विक्री गर्न नसकिएकाले पेशाबाटै विस्थापित हुने
धरान/ नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि सञ्चालन गर्न लागिरहेको विशेष अभियानलाई कोशी प्रदेशभीत्र प्रभावकारी बनाउन नेकपा (एमाले) कोशी प्रदेशले तयारी थालेकोछ । बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङ जोड्ने पुष्पलाल मध्ये पहाडी लोकमार्गमा अभियान मार्फत आर्थिक, सामाजिक विकास र रुपान्तरणका पक्षमा हुनेगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको अगुवाईका अभियान सञ्चालन हुँदैछ । अभियान अन्तर्गत मंसिर २६ गते अभियान टोलीलाई स्वागत सहित उदयपुरको घुर्मीमा जनसभा हुनेछ । त्यस्तै मंसिरको २८ गते तेह्रथुमको बसन्तपुर र मंसिर ३० गते पाँथरको फिदिममा विशाल जनसहभागीतामा सभा हुनेछन् । घुर्मि, बसन्तपुर र फिदि
इलाम । इलामको धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा (कात्तिके पूर्णीमा) मेला लाग्न थालेको छ । कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ सुरु भएको हो । मेलाको पहिलो दिन बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको चहलपहल बढेको छ । धाम आसपासमा हस्थायी टहराहरु निर्माण गरी ससाना होटल व्यवसायहरु सञ्चालन सुरु भएका छन् । गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको चहलपहल सुरु भएको छ । धाममा इभाङ्ग, तोभाङ, नाङरुङ, जीतपुर, धुसेनी एकतप्पा लगायतको बाटो हुँदै आउनेहरुको क्रम सुरु भएको छ । मेलाको अवसरमा आयोजित गजुर
विराटनगर/ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कार्यकारिणी सदस्य राजन श्रेष्ठको सभापतित्वमा स्वास्थ्य तथा सिप विकास समिति विस्तार गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र सभापति राजन श्रेष्ठको उपस्थितिमा महासंघमा स्वास्थ्य तथा सिप विकाशका लागि छुट्टै समिति विस्तार गरेको हो । समितिका सदस्यहरुमा डा. फरवाड सिलवाल, डा. शिव अधिकारी, विकास अधिकारी, कुमार खतिवडा, बाबुराम खतिवडा, योगेन्द्र प्रसाद मेहेता र आभाष श्रेष्ठ रहेका छन् । समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दे महासंघ अध्यक्ष राजेन्द्र राउतले अहिलेको अवस्थामा समितिले स्वास्थ्य र सिप विकासमा कार्य गरी प्रदेशको स्वा
विराटनगर/ कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले ल्याएको बजेट प्रतिस्थापन विधेयक कोशी प्रदेश सभाबाट पास भएको छ । कार्कीले तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न शनिवार कोशी प्रदेश सभामा बजेट प्रतिस्थापन विधेयक पेस गरेका थिए । उनले पेस गरेको विधेयक आइतबार छलफल पछि सर्वसम्मतले पारित भएको हो । विधेयक पास गर्न एमालेले समेत सहयोग गरेको छ । एमालेले समेत बिधेयकमा समर्थन गर्दै पास गरेको हो । कार्कीले ३६ अर्ब ७४ करोड ३५ लाखको बजेट अनुमान गर्दै बजेट प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेका थि
विराटनगर/ संखुवासभाको पाँचखपन नगरपालिकामा २०६८ सालसम्म बाटोको सुविधा थिएन । सदरमुकाम खाँदबारीसँग जोड्न भर्खरै बाटोको ट्र्याक खुल्दै थियो । ट्र्याक पनि पालिकासम्म पुगेको थिएन । पालिकाको वडा नम्बर ४ र ५ मा खानेपानीको हाहाकार थियो । टिमुरे भञ्ज्याङ, खानी, अर्चलेलगायतका गाउँमा खानेपानीको समस्याका कारण गाउँ छाडेर जानेको सङ्ख्या अधिक थियो । पालिकामा उच्च शिक्षा पढाइ हुने विद्यालय थिएन । इन्टरनेट त कल्पनाभन्दा बाहिरको कुरा थियो । २०६८ बाट २०७८ सम्म आइपुग्दा पाँचखपन नगरपालिकाका सबै वडा र टोलमा बाटोको ट्र्याक खुल्यो । हिउँद र बर्खा १२ महिनै सदरमुकामसम्म जान गाडी चल्छ । हिउँदमा सबै वडाका ट
धरान/ “लैङिगक हिंसाको अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता”को मूल नारा सहित धरान महिला सञ्जाल समितीले १६ दिने अभियान शुरु गरेको छ । शनिबार धरानको भानुचौक स्थित घण्टाघरको प्राङगणमा व्यानर र प्लेकार्ड प्रर्दशन सहित सो अभियानको घोषणा गरको हो । १६ दिने अभियानको शुरुवातको सफलताको लागि इलाका प्रहरी कार्यलय धरानले पनि “लैङिगक हिंसाको अन्त्यको प्रतिबद्धता व्यक्ति समाज र सवैको ऐक्यबद्धता”को मूल नारा सहित महिला प्रहरीको उल्लेख्य सहभागितामा प्रभात फेरी गर्दै साझेदारी, सहकार्य र ऐक्यबद्धता प्रकट गरेको महिला सञ्जाल धरान समितीकि सचिव ईन्द्रकला राई
धरान । साविक विष्णुपादुका गाविसका अध्यक्ष बलशेर राई सहित विष्णु पादुकाका ९ वटै वडाका जनप्रतिनिधिहरुलाई नेकपा ९एमाले० २० नम्बर वडा कमिटीले सम्मान गरेकोछ । २०४९ सालमा भएको पहिलो स्थानीय तह निर्वाचनमा विष्णुपादुका गाविसमा अध्यक्ष, उपाध्यक्ष र ९ वटा वडाहरु मध्ये ८ वटा वडामा नेकपा ९एमाले० ले जितेको थियो । त्यतिखेर निर्वाचित गाविस अध्यक्ष बलशेर राई, उपाध्यक्ष बुद्धिमान तामाङ, वडा नम्बर ७ का अध्यक्ष सुकबहादुर तामाङ, वडा नम्बर ९ का अध्यक्ष हुकुमसिंह राई, वडा नम्बर ६ का अध्यक्ष जीतबहादुर राई लगायत ४० जनालाई नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मञ्जु भण्डारीले सम्मान गर्नु भ
धरान/ पुरानो प्रगतिशील कलाकार धरान १६ निवासी ५० वर्षीय दिपक तिम्सिनाको झापाको दमकमा रहस्यमय मृत्यु भएको छ । तिम्सिनाको उपचारको क्रममा शुक्रबार विएनसी अस्पताल विर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले वताएको छ । कार्तिक १७ गते दमक २ स्थित सडकबाट गंभीर अवस्थामा भेटिएका उनलाई विएनसी अस्पतालमा उपचारको लागि लगिएको थियो । घट्नाको बारेमा अहिले सम्म केही थाहा नभएको र कस्ले कसरी अस्पताल पुराएको सो कुराको बारेमा अहिले सम्म खुल्न सकेको छैन । घट्नालाई मोटरसाइकल दुर्घटनासँग जोडिएको भएपनि अहिले सम्म प्रहरीले दोषी पक्राउ गर्न नसकेको परिवारले वताएका छन् । मृतकको टाउको, छाती र खुट्टामा गहिरो चोट
विराटनगर/ कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा शनिबार मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याइएको हो । यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको थियो । कार्कीले पेश गरेको ३६ अर्ब ७४ करोड ३५ लाखको बजेटमा १० वर्षसम्मका बालबाबलिकाको जुनसुकै अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइनेसहितका कार्यक्रमहरु समावेश गरेका छन् । कार्कीले सभामा पेस गरेको बज