राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्विर

  • पुष १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान\ सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आफ्नो कार्यकक्षमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो. हटाएर किराती राजा यलम्बरको फोटो.झुण्ड्याएका छन् ।

अन्य स्थानीय तहको भन्दा पृथक काम गरेकै कारण अहिले सबैतिर चर्चाको विषय बनेको छ ।

धरानको खानेपानी समस्या समाधान गर्ने एजेण्डा बोकेर निर्वाचित भएका मेयर राई समय समयमा विवादमा तानिइरहेका छन् ।

खानेपानी समस्या समाधानसँगै श्रमसंस्कृतिको विकास गर्ने लक्ष्य लिएका राइले उपमहानगरपालिकाको उनको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराँती राजा यलम्बरको फोटो झुण्ड्याएका छन् ।

गत बुधबार राती उनले सामाजिक सञ्जालमा स्टाटसमा ‘धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने धम्कीपूर्ण शब्द लेखेका थिए ।

त्यस्तै उनले सामाजिक सञ्जालमै ‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! जय देश !,’

भनेर पनि लेखेका छन् ।
उनले विहीबार राष्ट्रपती र प्रधानमन्त्रीको तश्वीर हटाएर यलम्बरको फोटो हालेका छन् ।

यस विषयमा बुझ्न जाँदा मेयर साम्पाङसँग भेट भएन । कार्यकक्षको फोटो झुण्ड्याइएको क्लिप लिन जाँदा समेत कार्यरत कर्मचारीलाई ‘मेयरसापले पत्रकारलाई खिच्न नदिनु’ भन्ने निर्देशन दिएको भन्दै त्यहाँ पुगेका सञ्चारकर्मीलाई कार्यकक्षको फोटो समेत खिच्न दिइएन् ।

यस विषयमा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले आफूलाई यस बारे केही थाहा नभएको र हँटाइएको भए कानुनी राज्यमा विधिसम्वत नभएको बताए ।

उनले किराँती राजा यलम्बरको फोटो राख्नु कुनै आपत्ति नभएको तर प्रतिसोध राखेर प्रधानमन्त्री र राष्ट्रपतिकै भित्तामा टाँसेको फोटो हटाएर राख्नुचाहिँ गलत भएको बताए ।

उनले देशमा तीन तहका सरकार रहेको र तीन तहकै सरकारले राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको फोटो राख्ने प्रावधान रहेकोले यसलाई उल्लंघन गर्दै त्यसो गरिएको हो भने गलत भएको बताए ।

स्वतन्त्रबाट निर्वाचित भएका राइले धरान उपमहानगरपालिकालाई केन्द्र सरकारले महत्व नदिएको आरोप लाउदै विभिन्न समयमा सामाजिक संजालमा लेख्ने गरेका छन् ।

धरानमा बनाउने भनिएको एयरपोर्ट प्राविधिक कारणले नबन्ने भए पछि उनले केन्द्रिय सरकारसँग रिस पोखेको स्थानीयको बुझाइ छ ।

अहिले यो विषय धरानमा मात्र हैन राष्ट्रिय चर्चाको विषय बनेको छ । मेयर साम्पाङले गरेको काम कानुनी राज्यमा उपयुक्त हो होइन भन्ने विषयमा धरानमा बहस समेत चल्न थालेको छ ।

एमालेले मिसन –८४ द्ध ...

इटहरी/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उ ...

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved