उपेक्षित उत्थान सरोकार केन्द्रद्वारा शैक्षिक सामाग्री प्रदान

  • पुष १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  उपेक्षित उत्थान सरोकार केन्द्र धरानले शैक्षिक सामाग्री प्रदान गरेको छ ।

शुक्रबार केन्द्रले धरान उपमहानगरपालिका ६ स्थित रणदेवी आधारभूत विद्यालयका १ सय ४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको हो ।

केन्द्रका अध्यक्ष रेणुका विश्वकर्माका अजुसार ६० हजार रूपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको हो । उनका अनुसार कपि, कलम, अंग्रेजी ग्रामर, पेन्सिललगायतका आवश्यक शैक्षिक सामाग्री वितरण गरेको हो ।

कोशी प्रदेशका प्रदेश सभा सदस्य रमेश बस्नेतले शैक्षिक सामाग्री प्रदान गरे । शैक्षिक सामाग्री वितरण कार्यक्रम प्रदेशसभा सदस्य बस्नेतले भने, ञरणदेवी विद्यालय स्थापनाकालदेखि नै सामाजिक योगदानमा सञ्चालित हुँदै आएको छ ।

विद्यालयमा हालसम्म स्थायी दरबन्दी नभएको विषयमा सांसद बस्नेतले भने, ञदरबन्दी मिलान, नियमनलगायत सम्पुर्ण अधिकार स्थानीय तहको अधिकार क्षेत्रमा पर्छ ।झ
धरान ६ का वडा सदस्य राजेन्द्र न्यौपानेले विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेकोमा खुसि व्यक्त गर्दै भने, ञउपेक्षित उत्थानसँग वडाले पनि सहकार्य गर्छ ।झ उनले रणदेवी विद्यालयलाई वडा कार्यालयले पनि सहयोग गरिरहेको बथाए ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तथा संस्थापक प्रधानाध्यापक कुलबहादुर खनालले स्थापनाकालदेखि नै सामाजिक रुपमा सञ्चालित विद्यलायमा हालसम्म सरकारले एउटा पनि स्थायी दरबन्दी नदिनु दुखद् भएको बताए । उनले ग्रामिण क्षेत्रका विपन्न परिवारका छोराछोरी अध्ययन गर्ने विद्यालयलाई सरकारले पनि बेवास्ता गरेको बताए ।

कार्यक्रममा केन्द्रका बरिस्ठ सल्लाहकार लालबहादुर विश्वकर्माले संस्थाको श्लोगनअनुसार नै काम गरिरहेको बताए । संस्थाको श्लोगन सक्छौ ञसहयोग गर, सक्दैनौ विरोध नगर आफूले कमाएको सम्पत्तिको केही अंश र बचेको केही समयलाई समाजसेपरवामा समर्पित गरौँ।झ सल्लाहकार विश्वकर्माले भने, गैरसरकारी संस्था व्यक्तिको स्वार्थमा काम गर्छन् भन्ने आम बुझाई छ ।

उनले थपे, ञअझ एनजीओले फण्डिङ कार्यक्रम गर्ने गरेका छन् तर केन्द्रले स्थापनाकालदेखि नै संस्थाले आफ्नो खर्चमा सामाजिक काम गरिरहेको छ ।झ विद्यालयका प्रधानाध्यापक युवराज थापाले विपन्न विद्यार्थीका लागि शैक्षिक सामाग्री प्रदान गरेकोमा खुसि व्यक्त गरे ।

कार्यक्रममा संस्थाका शुभेच्छुक खेम विश्वकर्मा, शुभद्रा विश्वकर्मा, अम्बिका विश्वकर्माको उपस्थिति रहेको थियो ।

केन्द्रका कोषाध्यक्ष शिवराज विश्वकर्मा, सहसचिव अनन्तमान रम्तेल, सदस्य यादव प्रसाद लामिछाने, रिनिता राई, प्रमेश विश्वकर्मा, एलिन कोइरालाको उपस्थिति रहेको अध्यक्ष रेणुकाले बताइन् । यस्तै विद्यलायका शिक्षक दमयन्ती कार्की, चम्पा बस्नेत, कल्पना थापा, सहदेव बिष्ट, नीता विश्वकर्मा र जानुका राईले शैक्षिक सामाग्री वितरण गरेका थिए ।

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved