स्व.कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप प्रतियोगिता हुने

  • पुस १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  आगामी माघ १३ गतेदेखि २० गतेसम्म इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा   द योङ्ग बद्र्रस क्लबले स्व.कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेश स्तरीय गोल्डकप प्रतियोगिता हुने  शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

क्लबका संरक्षक तथा प्रतियोगिताका मूल संयोजक विकास केसीका अनुसार प्रतियोगितामा कोशी प्रदेशका आठ वटा टिम सहभागी हुनेछन् ।

 सुनसरी, मोरङ, झापा, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, उदयपुरका जिल्लामा सहभागीबारे कुरा भइरहेको उनले बताए ।

प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख ११ हजार, उपबिजेता टिमले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, हरेक दिनको म्यान अफ द म्याचलाई नगद पाँच हजार, बेस्ट किप्परलाई नगद दस हजार, खेल अवधिभर सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई नगद दस हजार र म्यान अफ द सिरिजलाई नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए ।

‘फुटबल खेल विश्वकै लोकप्रिय भएका कारण र कृष्णप्रसाद भट्टराई प्रजातन्त्र प्राप्तिका लागि सबै देशका जनताले स्वीकार गरेकाले उहाँको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ केसीले भने, ‘यो प्रतियोगिताले नयाँ खेलाडी उत्पादनका निम्ति पनि सहज हुनेछ ।

फुटबल खेलको उत्पादनमा प्रतियोगिताले योगदान पु¥याउने विश्वास लिइएको छ ।’

‘किसुनजी’ लाई खेलकुदमार्फत सम्झिएको र यसमा कुनै राजनीतिक संलग्नता नरहेको उनले स्पष्ट पारे ।

पछिल्लो समय देशबाट खेलाडीहरू विदेशिरहेका कारण पनि उनीहरूलाई खेल क्षेत्रमै स्थापित गराउन राज्यले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘खेलाडी विदेशिरहेको अवस्थामा स्थानीय सरकारले आफ्नो ठाउँमा रहेका खेलाडीको संरक्षण गर्न आवश्यक देखिन्छ ।’

क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार क्लबले यसअघि विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको बताए । यो प्रतियोगिताले समाजका युवाहरूलाई खेल क्षेत्रप्रतिको आकर्षण बढाउने उनको भनाइ छ ।

यसअघि उक्त क्लबले ‘भेट्रान कप’ आयोजना गरेको उनले स्मरण गरे । ‘भेट्रान कप’ भनेको खेल जीवनबाट ‘रिटायर’ भएकाहरूलाई मन भुलाउन गरिएको र यो प्रतियोगिताले नयाँ पुस्तालाई खेलकुद क्षेत्रमा स्थापित गराउन प्रेरित गर्ने उनले बताए ।

प्रतियोगितामा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved