धरान\ सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आफ्नो कार्यकक्षमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो. हटाएर किराती राजा यलम्बरको फोटो.झुण्ड्याएका छन् । अन्य स्थानीय तहको भन्दा पृथक काम गरेकै कारण अहिले सबैतिर चर्चाको विषय बनेको छ । धरानको खानेपानी समस्या समाधान गर्ने एजेण्डा बोकेर निर्वाचित भएका मेयर राई समय समयमा विवादमा तानिइरहेका छन् । खानेपानी समस्या समाधानसँगै श्रमसंस्कृतिको विकास गर्ने लक्ष्य लिएका राइले उपमहानगरपालिकाको उनको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराँती राजा यलम्बरको फोटो झुण्ड्याएका छन् । गत बुधबार राती उनले
इटहरी\ इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने विषयमा नेकपा एमालेका केहि नेताहरुले फण्डा गरेको आरोप गरेका छन । इटहरीमा पत्रकार सम्मेलन गदै मेयर पौडेलले एमालेले भित्र र वाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ती जनाएका छन । एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मंन्चन गरिरहेको समेत मेयर पौडेलले आरोप लगाएका छन । बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवश स्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको बताएका हुन । इटहरीको विकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौडेलले छिन छिनमा कुरा फेरेर एमालेले कर घटाउ
विराटनगर/ नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीको सरकार लाई दिएको समर्थन फिर्ता गर्ने संकेत दिएको छ । कोशी प्रदेश सभाको बुधवार बसेको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारको कार्यशैली यस्तै रहे एमाले चुप लागेर बस्ने अवस्थामा नरहेको बताए । मुख्यमन्त्री कार्कीको ७५ दिन पुगिसकेको अवस्थामा सरकार सञ्चालन गर्ने तौर तरिका नै विधि सम्मत नभएको एमालेको भनाई छ । ९ वटा मन्त्रालय मध्ये केही मन्त्रालय बाहेक मन्त्रीहरू नियुक्त गर्न नसकेको, प्रदेश सभालाई नियमित संचालनको लागि बिजनेस दिन नसकेको, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकले ५ पटकसम्म प्रदेश सभा सञ्चालन, त्यहाँ भित्
धरान/ संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्देनले पहिचानको आन्दोलन अझ पेचिलो भएर जाने बताएका छन् । उनले यसका लागि पहिचानवादी शक्ति एक ठाउँमा उभिएर संघर्ष समिति नै बनेर चरणवद्ध आन्दोलनमा उत्रिइसकेको अवस्थामा यो आन्दोलत अझ पेचिलो भएर जाने बताएका हुन् । अध्यक्ष लिङदेनले विहीबार नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अबको लडाई अस्तित्वको लडाई भएको बताए । उनले भने, ‘हाम्रो आन्दोलन विगत १८ बर्षदेखिको हो, आन्दोलन निरन्तर चलिरहेको छ, यसलाई अझ ससक्त बनाउन प्रदेश नं. १ स्तरीय संघर्ष समिति गठन भएको छ, यसमा पहिचानवादी सबै एकै ठाउँमा छौं, यो समितिका हाम्रो भूमिका
धरान/ भिजन फिटनेसको आयोजनामा फागुन १९ गते पाचौ धरान उपमहानगर स्तरिय जुनियर मि. भिजन च्याम्पियनसिप २०८० हुने भएको छ । भिजन फिटनेसको छैठौ प्रस्तुति अन्तर्गत पाचौ जुनियर मि. भिजन वडिविल्डिङ च्याम्पियनसिपको आयोजना गर्न लागिएको फिटनेसले वुधवार वुद्धचौक स्थित एमसि क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराए । पाचौ जुनियर च्याम्पियनसिपमा पुर्व वडिविल्डिङ प्रतियोगिता विजेताहरुले सहभागिता हुन पाउने छैन । प्रतियोगितामा धरान भित्रका फिटनेस सेन्टरका खेलाडिहरुले मात्र सहभागिता हुन पाउनेछ । प्रतियोगिताका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, तृतियले नगद १५ हजार र चौथोले नगद १० हजार रु
विराटनगर/ कोशी प्रदेश सरकारले प्रदेश संचारमाध्यम व्यवस्थापन गर्न बनेको विद्येक २०८० प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले सन्चार बिधेयक पेस गरे तयारी भएको बताए । उनले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र संचालन कार्यविधि २०८० बैठकले स्वीकृत गरेको बताए । बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको
विराटनगर/ विराटनगर महानगरपालिकाको आयोजनामा नौमती पञ्चेबाजा सम्बन्धी तालिम सुरु भएको छ । तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले एक समारोहका बीच उद्घाटन गरेकीछिन् । कार्यक्रममा उपमेयर कार्कीले महानगरले भौतिक संरचनाको विकास सँगसँगै अन्य क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखेको जानकारी दिईन । उनले महानगरले सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति, परम्परा र रितिरिवाज सम्मान गर्नुका साथै संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिन् । पछिल्लो समय सहर बजारमा समेत नौमती पञ्चेबाजाप्रतिको आकर्षण बढ्दै गएको उनको भनाइ थियो । उपमेयर कार्कीले नेपाली भौतिक संस्कृतिसँग जोडिएको नौमतीब
धरान/ निजि क्षेत्रबाट संचालित उद्योगहरुको विद्युत प्राधिकरणले लाइन काट्न थाले पछि उद्योगी व्यवसायीहरुले आपत्ति जनाउँदै लाइन जडान गरि उद्योग संचालनमा सहजता प्रदान गर्न माग गरेका छन् । प्रधानमन्त्रीको निर्देशनमा हजारौ सर्वसाधारणलाई रोजगारी प्रदान गर्दै आएको उद्योगहरुको लाइन काटेको विषयमा सुनसरी उद्योग वाणिज्य संघ र सम्बन्धित उद्योगहरुले आपत्ति जनाउदै संचालनमा सहजता प्रदान गर्न माग गरेका हुन् । सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा पत्रकार सम्मलेनको आयोजना गर्दै उद्योगको लाइन काटेको विषयमा आपत्ति जनाएको हो । संघका अध्यक्ष विजय श्रेष्ठले कोभिडको महामारी पश्चात मुलुकको अर्थतन्त्र लयमा फर
इलाम/ आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । सूर्योदय नगरपालिका १ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन् । ‘ वर्षमा २७ देखि ३१ मन सम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक रु. आठ–दश लाख बचत हुन्छ’ उनले भने । अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको उनले बताए । जिल्लामा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँ
विराटनगर/ कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङ व्यापार संघ ट्रेड एक्सपो अवलोकन गरेका छन् । उनी बुधबार अपरान्ह एक्सपो स्थल विराटनगर– २ स्थित शंकरपुर मार्ग पुगेका थिए । आफूसहित सुरक्षाकर्मी र सचिवालयका कर्मचारीको नाममा एक सय दरका दशवटा टिकट आफै खरिद गरे । त्यसपछि प्रवेशद्वारमा खटिएका प्रतिनिधिलाई टिकट देखाएर एक्सपो परिसरभित्र प्रवेश गरे । व्यापार संघका अध्यक्ष नविन रिजालले भने,“टिकट काटेर नै यस्ता आयोजनाहरु अवलोकन गर्नुपर्छ भन्ने विराटनगरबासीलाई सन्देश दिन मुख्यमन्त्रीले प्रयास गर्नु भएको हो ।” मुख्यमन्त्री कार्कीका स्वकीय सचिव दिवश राजवंशीका अनुसार कार्कीले