अब धरानका महिलाहरु आफ्नै घरमा

  • फागुन १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । महिलाहरुको साझा संस्था महिला सञ्जाल धरानको मंगलबारदेखि आफ्नै भवन सन्चालनमा आएको छ ।धरान उपभहानगरपालिका वडा नम्बर १३ मा नवनिर्मित भवनको औपचारिक रुपमा सन्चालनमा आएको हो ।

6dc8c056-d5be-4186-a68f-e880a82b891d

झण्डै ४५ लाखको लागतमा बनेको उक्त भवन कोशी प्रदेशका सदस्य यशोदा कायस्थले उद्घाटन गरेकी छन । भवन ३ तलाको रहेको छ भने आधा निर्माण गर्न अझै बाँकी रहँदा सन्जालको दैनिक कार्यहरु सन्चालनको लागि भवन उद्घाटन गरिएको सन्जाल भवनको निर्माण सञ्जाल अध्यक्ष चेतना श्रेङलेब बताइन् ।

उनका अनुसार भवनको लागि धरान–१३ वडा कार्यालयले प्रदान गरेको जग्गामा भवन निर्माणको लागि सहरी विकास भवन निर्माण मन्त्रालय कोशी प्रदेशले २३ लाख २२ हजार २८५ प्रदान गरेको छ ।धरान उपमहानगरपािलका कार्यालयबाट ४ लाख ६८ हजार ३७६, धरान–१३ वडाबाट ३ लाख ७९ हजार, धरान–१५ वडाबाट ९० हजार ३०७, धरान–१८ वडाबाट ८३ हजार प्रदान गरिएको छ ।

भवन निर्माणका लागि कायस्थ गोपाल प्रसाद, सरला कायस्थ प्रतिष्ठानबाट ५१ हजार सहित दाताहरूको सहयोगमा महिला सञ्जालको भवन निर्माण भएको हो ।मंगलबार भएको उदघाटनकै अवसरमा सञ्जालको नव निर्वाचित अध्यक्ष साबित्री इङवारम सहिते १३ सदस्यीय कार्यसमितिको पदस्थापन पनि भएको छ ।

कार्यक्रममा धरान उपमहानगरपालिका पुर्व प्रमुख तिलक राई, निवर्तमान उपप्रमुख मञ्जु भण्डारी धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले, धरान–१५ वडाध्यक्ष नरेश ईवरामले शुभकामना दिए भने कार्यक्रममा काँग्रेस धरान नगर सभापति सभापति श्याम पोख्रेल, नेकपा एमाले धरान अध्यक्ष हर्क जङ एभेङ, नेकपा माओवादी धरान अध्यक्ष उद्धव लिम्बू लगायत उपस्थिती रहेको थियो ।

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved