धरानमा जीवित व्यक्तित्वहरूको शालिक निर्माण: ढुंगे कला पार्कले पर्यटकीय आकर्षण

  • फागुन १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरानमा पहिलो पटक जीवित रहँदै समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान दिएका व्यक्तित्वहरूको शालिक निर्माण थालिएको छ।

धरान–४ खरैनीमा निर्माण भइरहेको ढुंगे कला पार्कले यो अभिनव प्रयासलाई मूर्तरूप दिइरहेको छ।

धरानको पर्यटन प्रवद्र्धनलाई मद्दत पुर्‍याउने उद्देश्यसहित कलाकारहरू श्रमदानमार्फत शालिक निर्माण गर्दैछन्।

वडा नं. ४ कार्यालयको आयोजना र रोजन आर्ट स्टुडियोको संयोजनमा आयोजित कला क्याम्पमा नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ, वैज्ञानिक डा. महावीर पुन लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको शालिक बनाउने काम अघि बढाइएको छ।

कलाकार रोजन राईका अनुसार धरानलाई कलाको माध्यमबाट पर्यटन हब बनाउने लक्ष्यसहित पार्क निर्माण भइरहेको हो।

भारतमा कला सम्बन्धी अध्ययन गरिसकेका संरचना इन्जिनियर डम्बर लिम्बुले नेपालमा समेत ढुंगे कला विकास गरेमा पर्यटक आकर्षित गर्न सकिने बताए।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले एक महिना अघि क्याम्प उद्घाटन गरेका थिए।

उद्घाटन समारोहमा कलाकार ध्रुवकुमार राईले ढुंगामा तयार पारेको नेपालको चुच्चे नक्सा र राष्ट्रिय गानको अनावरण गरिएको थियो।

वडा अध्यक्ष धनबहादुर राईका अनुसार नेपालमा महान व्यक्तित्वहरूको शालिक प्रायः मृत्यु पश्चात मात्र निर्माण हुने परम्परालाई तोड्दै जीवितै रहँदा सम्मानस्वरूप शालिक निर्माण गर्न थालिएको हो।

यो पार्कले धरानको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved