समाचार

    Showing 1,931-1,940 of 10,127 items.
  • कोशी पर्यटन वर्ष २०८२ को उद्घाटनको सम्पूर्ण तयारी पूरा, भोलि तीनजुरेबाट सुरु हुँदै

    विराटनगर/ कोशी प्रदेश सरकारले लक्षित गरेको कोशी पर्यटन वर्ष २०८२ को उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ। भोलि चैत्र २७ गते, तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको औपचारिक शुभारम्भ हुने भएको छ। पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ। पर्यटन वर्ष सञ्चालनको मुख्य उद्देश्य कोशी प्रदेशको पर्यटन प्रवर्धन, आर्थिक समृद्धि र पूर्वाधार विकासलाई तीव्र बनाउनु रहेको प्रदेश सरकारले जनाएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटनलाई प्रदेशको राष्ट्रिय पुँजी विकासको आधार बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको जानकारी दिए। उनले भने, “प्राकृ

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान पानबारीको जंगलमा महिलाको शव भेटियो

    धरान । धरान ६ पानवारीको जंगलमा एक महिलाको हत्या गरी शव लसुनेको रुखमुनि फालिएको अवस्थामा फेला परेको जनाइएको छ । आज दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनभित्र अन्दाजी ३० वर्ष जतिकी देखिने महिलाको शव भेटिएको हो। स्थानीयवासी गोठालो गएका बेला शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। शव भेटिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार शव भेटिएको स्थानमा फरेन्सिक टोलीसहित तालिम

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 2,050 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा विद्यार्थीले कस्तो कलेज पढ्ने ? धरान मेघा कलेजको टिप्स(भिडियो सहित)

    धरान मेघा कलेज धरानमा एकमात्र यस्ताृे कलेज हो ,जस्ले काठमाण्डौका टिचर ल्याएर विद्यार्थीलाई गणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थी र अभिभावकहरु उक्त कलेजमा अध्ययन र अध्यापन गर्न आकर्षित हुन्छन् । जसको कारण हो यस कलेजमा पठ्ने विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल हुन्छन् । हरेक बर्ष यस कलेजमा अध्ययन गर्ने विद्यार्थी उत्कृष्ट नतिजा ल्याए सुन्दर भविष्य बनाएका छन् । समय सापेक्ष र विद्यार्थीको चाहना अनुुसार विद्यार्थीलाई अध्ययन अध्ययपन गराउन यस कलेजको पहिलो विशेषता हो । धरान १२ मा रहेको उक्त कलेजमा कोशी प्रदेश भरीकै विद्यार्थीहरु आएर अध्ययन गर्ने गरेका छन् । सुविधा सम्पन्न आफ्नै भौतिक

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 1,890 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डा. गिरीका पाँच वर्ष : सुधार, सेवा र सफलता

    धरान/  वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको पाँच वर्षे कार्यकाल आइतबार सम्पन्न हुँदैछ। २०७६ चैत २७ मा उपकुलपतिका रूपमा कार्यभार सम्हालेका गिरीले संकट र चुनौतीबीच पनि प्रतिष्ठानलाई सेवा र विकासको मार्गमा अघि बढाएका छन्। गिरीको कार्यकालको प्रारम्भमै कोरोना महामारीको मार पर्‍यो। यस्तो कठिन अवस्थामा समेत रेफेरल सेन्टरमार्फत कोविड अस्पताल सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा दिइयो। त्यही बेला नियमित तलब वितरण गर्दै चिकित्सक तथा कर्मचारीको मनोबल उच्च राख्न सफल भए। १३ महिनासम्मको निलम्बनपछि पुनः २०८० फागुन १७ मा जिम्मेवारी सम्हालेका गिरीले आन्तरिक ब

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 1,105 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागु औषध विरुद्ध धरानः मेयरको अभियान सुधारबार, कम भएन कारोबार

    धरान/ धरानका नगर प्रमुख हर्कराज राई साम्पाङ ले प्रत्येक शुक्रबार लागु औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम चलाउँदै आएका छन् । उनले शुक्रबारलाई सुधारबारका रुपमा अभियान नै चलाएका छन् । धरानका विभिन्न वडामा नगर प्रमुख साम्पाङले सचेतना कार्यक्रम चलाउँदै आएका छन् । तर लागु औषध कारोबारी र प्रयोगकर्ता लुकिछिपी बेचबिखनमा लिप्त छन् । नियन्त्रित लागु औषध समाजका लागि घातक रहेको सचेतना नगर प्रमुख फैलाउँदै हिंड्छन् । तर यो चुनौतीविरुद्ध कसरी लड्ने ठोस कदम पहिल्याउन सकिएको छैन । धरानमा प्रहरीले प्रत्येक दिन लागूऔषधसहित प्रयोगकर्ता र बेचबिखनमा संलग्नलाई नियन्त्रणमा लिने गरेको छ । शनिबार र आइतबार लागू

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 638 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपी प्रतिष्ठनामा निर्माणधीन मातृ शिशु अस्पताल अन्तिम चरणमा,एमालेका नेताद्धारा अनुगमन

    धरान/ धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभीत्र निर्माणधिन मातृत्व तथा बाल स्वास्थ्य सेवा केन्द्र एमसिएच अन्तिम चरणमा पुगेको छ । ४०० शैयाको सुविधा सम्पन्न अस्पताल ४ तलाको छ । २ अर्ब ५० करोड लगानीमा बन्दै गरेको अस्पताल भवन २०७२ सालबाट बन्न सुरु भएको हो । १६ विघा क्षेत्रफल जमिनमा बनिरहेको भवन पहलिो संरचना १ लाख स्क्वायरफिट र सबै भवनको क्षेत्रफल ४ लाख ३० हजार स्क्वायरफिटमा फैलिएको छ । ९ वर्ष लगाएर बनेको भवनको ९० प्रतिशत काम सम्पन्न भएको इन्जिनिएर मदन साहले जानकारी दिए । आइतबार नेकपा एमाले कोशी प्रदेश अध्यक्ष तथा संविधानसभा सदस्य घनश्याम खतिवडा, कोशी प्रदेश सांसदहरु

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 1,076 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अरनिको आवासीय विद्यालयबाट १ हजार ८ जना विद्यार्थीको भव्य विदाई

    विराटनगर/  “शिक्षाको बगैंचाबाट अब जीवनको मैदानतिर‘” यस्तै भावनाले भरिएको थियो विराटनगर–१० स्थित अरनिको आवासीय माध्यमिक विद्यालयको प्राङ्गण, जहाँ कक्षा १२ का १ हजार ८ जना विद्यार्थीहरूलाई भव्य र भावनात्मक समारोहबीच बिदाइ गरियो। शनिबार( २३गते) आयोजित उक्त कार्यक्रममा विज्ञान संकायका ९३३ र होटल म्यानेजमेन्टका ७५ जना विद्यार्थीलाई मायाको चिनोसहित नयाँ यात्राको शुभकामना दिइएको थियो। विद्यालयका प्राचार्य राजेश कार्की, संस्थापक निर्देशक डा. भविन्द्र निरौला, विकास खनाल, प्राध्यापक विमल भट्टराई लगायत शिक्षकहरूले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै प्रेरणादायी म

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 590 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका युवादेखि बालकसम्म लागुऔषधसहित पक्राउ 

    धरान/  धरानका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित सात जना धरानवासीसहित १२ जनालाई नियन्त्रणमा लिएको छ।   पक्राउ पर्नेमा भारतका नागरिकदेखि सानै उमेरका बालकसम्म छन्। उनीहरूको साथबाट ठूलो मात्रामा ट्रामाडोल, स्पास्मो प्रोक्सिभन, ब्राउन सुगर लगायतका लागूऔषध बरामद भएको छ।    वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–९ बाट भारत घर भई बसोबास गरिरहेका ३० वर्षीय विजय साह, धरान–९ का २७ वर्षीय निरञ्जन यादव, धरान–१० का २५ वर्षीय विशेष राई, र धरान–१७ का २६ वर्षीय निश्चल राईलाई पक्राउ गरेको हो।   उनीहरूको साथबाट SPASMO PROXYVON&nd

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 6,031 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिलाका लागि धरानमा सीपमूलक प्याड उत्पादन तालिम

    धरान/ धरान उपमहानगरपालिका–१५ नं. वडामा महिलालाई लक्षित गर्दै सेनिटरी प्याड बनाउने सीपमूलक तालिम सम्पन्न गरिएको छ। महिलाहरूलाई आत्मनिर्भर र घरेलु उद्यमी बनाउन स्थानीय सरकारले अघि सारेको यो प्रयासलाई महिलाहरूले सकारात्मक रूपमा लिएका छन्। चैत १९ देखि २३ गतेसम्म सुनौलो महिला समाजको सहकार्यमा सञ्चालित पाँचदिने तालिममा वडाभित्रका २० जना महिलाहरूले सहभागिता जनाए। तालिमको सहजीकरण डम्बरकुमारी मास्केले गर्नुभएको थियो, जो अपांग तथा असहाय वर्गका लागि विगतदेखि सीपमूलक तालिम दिँदै आउनु भएकी अनुभवी प्रशिक्षिका हुन्। सुनौलो महिला समाजकी अध्यक्ष दिलकुमारी राईका अनुसार, “सेनिटरी प्याड

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 648 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

    विराटनगर/ मोरङको रतुवामाईमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा पति–पत्नी (श्रीमान–श्रीमती)को मृत्यु भएको छ । रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा राति १०ः१० बजेतिर दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । उनका अनुसार आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई–१ कल्याणपुरका अन्दाजी ४२ वर्षीय सोम टुडू र पछाडि सवार उनकै पत्नी अन्दाजी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको जानकारी लम्सालले दिए । दुर्घ

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 587 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved