श्रमदानमार्फत पक्की सिँचाइ कुलो, दशौं वर्षको समस्या समाधान

  • जेठ १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

भोजपुर/ दशौँ वर्षदेखि सिँचाइको अभाव झेल्दै आएका भोजपुर नगरपालिका–६ भङ्गेरीवासी अब समयमै खेतमा पानी पुर्‍याउन सक्ने भएका छन्। स्थानीयवासीको श्रमदान, वडाको पहल र सरकारहरूको साझेदारीमा पक्की सिँचाइ कुलो निर्माण सम्पन्न भएसँगै, अब खेतीपातीमा सहजता आएको छ।

ओडारे–भण्डारे सिँचाइ कुलो रु ५३ लाखको लागतमा निर्माण भएको हो। केन्द्र, प्रदेश, स्वीस सरकार र स्थानीय सरकारको साझेदारीमा प्राप्त बजेट र स्थानीयको श्रमदानबाट ९२३ मिटर लामो पक्की कुलो निर्माण गरिएको वडा अध्यक्ष शैलेन्द्र कार्कीले जानकारी दिए।

“यहाँका किसानलाई कुलो नहुँदा निकै सास्ती थियो,” उनले भने, “हामीले पटकपटक पहल गरेका थियौँ। अहिले श्रमदानसहितको सहयोगले दशकौँको समस्या अन्त्य गर्न सफल भएका छौँ।”

 कुलोले तत्कालका लागि करिब ५०–६० घरपरिवारको पाँच सय रोपनी खेतमा सिँचाइ सुविधा पुर्‍याएको छ। वडाध्यक्ष कार्कीका अनुसार सिँचाइ सुविधा विस्तारसँगै कृषि उत्पादनमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ।

स्थानीय कृषक रुद्रबहादुर कोइरालाले अब खेतीका लागि आकाशे पानी कुर्नुपर्ने बाध्यता समाप्त भएको बताए। “पहिला पानी नपाएर खेत बाँझिन्थे,” उनले भने, “अहिले भने समयमै पानी पुर्‍याएर सजिलै खेती गर्न सकिने अवस्था आएको छ।”

कृषक रिता कोइरालाले कुलो बनेपछि खेतीमा उत्साह थपिएको बताइन्। “अब खेतमा पानी पुर्‍याउन १० मिनेट मात्र लाग्छ,” उनले भनिन्, “धान, तरकारी र नगदेबाली विस्तार गर्न सकिने भयो।”

कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदीप तामाङका अनुसार भौगोलिक विकटताका कारण निर्माणमा चुनौती थियो। “भिरबाट कुलो विस्तार गर्नुपरेकाले जोखिमपूर्ण काम थियो,” उनले भने, “तर उपभोक्ताको सक्रियता र श्रमदानको सहयोगमा समयमा काम सम्पन्न गर्न सफल भयौँ।”

पक्की सिँचाइ कुलोले भोजपुर नगरपालिका–६ भङ्गेरीमा न केवल पानी ल्याएको छ, तर किसानको अनुहारमा खुसी र बालीमा हरियाली पनि ल्याएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved