सुनसरीमा खोलाबाट ११ सय किलो गाँजा बरामद

  • जेठ २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिका–५ र ६ को सिमानामा पर्ने कटान खोलाको बगरबाट ठूलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी घुस्कीमा जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र विभिन्न सुरक्षा निकायको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको थियो।

इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक कमल विष्टको कमाण्डमा ७ जना, प्रहरी चौकी घुस्कीका प्रहरी नायब निरीक्षक सुरेश यादवको कमाण्डमा ४ जना, बसन्तपुरबाट ३ जना र जिल्ला प्रहरी कार्यालयबाट थप ६ जना प्रहरी खटाइएको थियो।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल बीओपी घुस्कीका सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र घिमिरे र बीओपी बसन्तपुरका सशस्त्र प्रहरी नायब निरीक्षक इन्द्रजङ थापाको नेतृत्वमा २० जना सशस्त्र प्रहरी समेत परिचालन गरिएका थिए।

संयुक्त टोलीले कटान खोलाको किनारमा विस्तृत खोजतलास गर्दा बालुवामुनि लुकाइएको अवस्थामा विभिन्न रंगका ३८ वटा प्लास्टिक बोरामा प्याक गरिएको लागूऔषध गाँजा जस्तो देखिने १,१२० केजी (एक हजार एक सय बीस किलो) पदार्थ फेला पारेको हो।

बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान जारी छ।

सुनसरीमा ६ केजी गाँज ...

सुनसरी/सुनसरीको देवानगंज गाउँपालिका–३ यादव टोलस्थ ...

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोश ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved