बक्सिङको रिङ जत्तिकै स्पष्ट हिसाब: ‘धरान फाइट नाइट’ को आर्थिक विवरण सार्वजनिक

  • जेठ १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान फाइट नाइट–२०२५ आयोजनामा कुल रु. ११,३२,४७० आम्दानी र रु. १३,३१,७२५ खर्च भएको आयोजकले जनाएको छ।

कार्यक्रम घाटामा गए पनि खेलकुद र सामाजिक क्षेत्रको दीर्घकालीन फाइदालाई मध्यनजर गर्दै भविष्यमा निरन्तरता दिने योजना रहेको आयोजक संस्थाका अध्यक्ष दिपक राईले जानकारी दिए।

खेलकुदको शहर धरानमा पहिलो पटक राष्ट्रिय स्तरको आईबीए प्रो एण्ड एमेचर ‘धरान फाइट नाइट–२०२५’( वैशाख १२ गते  शुक्रबार) भव्यतापूर्वक सम्पन्न भएको थियो।

धरान बक्सिङ संस्थाको आयोजनामा सम्पन्न प्रतियोगिताले स्थानीय युवालाई खेलकुदमा सक्रिय गराउँदै सामाजिक उतरदायित्व निर्वाह गराउने लक्ष्य लिएको छ।

धरान बक्सिङ संस्था २०८१ सालमा स्थापना भएको संस्थाले बक्सिङ खेलको प्रवर्द्धन, खेलाडी उत्पादन, सामाजिक सेवा तथा खेल पर्यटनमा योगदान दिने उद्देश्य लिएको छ।

धरान फाइट नाइटमा धरान, धनकुटा, झापा, उदयपुर, काठमाण्डौ, ललितपुर र त्रिभुवन आर्मी क्लबका खेलाडीहरूको सहभागिता थियो। एमेचर विधामा ५ तथा प्रो विधामा ४ प्रतिस्पर्धा समावेश थिए। साथै एक महिला र एक पुरुष राष्ट्रिय खेलाडीको प्रदर्शनी खेलसमेत देखाइएको थियो।

आईबीए (International Boxing Association) को आधिकारिक प्रो फाइट प्रतियोगिता नेपालमा पहिलोपटक धरानमा आयोजना भएको हो।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले उद्घाटन गरेका प्रतियोगिता कार्यक्रम अध्यक्ष दिपक राईको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले प्रतियोगिता खेलकुद बजेटमा राख्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतियोगिताको एमेचर विधामा नक्सालकी दिव्या चेम्जोङ लिम्बू, धरानका सभ्रान्त लिम्बू र नवाहाङ राई, धनकुटाका मनिष पराजुली र काठमाडौंका निकेश गुरुङ विजयी बने। प्रो तर्फ झापाका फुङलाङ काम्वाङ, धरानका सिंहबीर लिम्बू, काठमाडौंका सुलभ माली र त्रिभुवन आर्मी क्लबका सम्राट महर्जन विजयी भए।

विजेता खेलाडीहरूलाई नगदसहित पदक वितरण गरिएको थियो। प्रो विजेताले जनही रु. ३५ हजार, उपविजेताले रु. २५ हजार पाए। एमेचर विजेताले रु. ६ हजार तथा उपविजेताले रु. ३ हजार प्राप्त गरे।

कार्यक्रमलाई सांगीतिक र सांस्कृतिकरूपमा पनि समृद्ध बनाइएको थियो। आउटसाइडर ब्यान्डको लाइभ प्रस्तुति, सिङ्क इन डान्स सेन्टरका कलाकारको नृत्य र डीजे नोभसनको प्रस्तुति उल्लेखनीय थिए।

प्रतियोगिता युवाहरूलाई खेलमार्फत सशक्त बनाउने, कुलतबाट बचाउने, सामाजिक सद्भाव बढाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्ने लगायत उद्देश्यले आयोजित गरिएको थियो।

आर्थिक विवरण:

4 3 2 1

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved