हिरासत कक्ष लागुऔषध कारोबारीले भरिए, एकै दिन ४३ जना पक्राउ

  • जेठ १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुरुङ्गा/ इलाका प्रहरी कार्यालय काँकरभिट्टामा चार महिलासहित ४० जना थुनुवा छन्, जसमा ३५ जना लागुऔषध मुद्दाका छन्।

प्रहरीको सक्रियता बढेसँगै लागुऔषध कारोबारीको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो।

काँकरभिट्टा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (प्रनाउ) राजन लामा हुनुहुन्छ। यो कार्यालय इलाका प्रहरी कार्यालय ‘क’ श्रेणीमा पर्दछ।

यसैगरी इलाका प्रहरी कार्यालय दमकमा एक महिलासहित २३ जना थुनुवा छन्, जसमध्ये १४ जना लागुऔषधसम्बन्धी मुद्दाका रहेको जनाइएको छ।

कार्यालयको नेतृत्व प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले सम्हालिरहनुभएको छ। दमक प्रहरी कार्यालयले दैनिकजसो लागुऔषध प्रयोगकर्तालाई पक्राउ गर्दै मुद्दा दर्ता गरिरहेको छ।

अनारमनी प्रहरी कार्यालयमा पाँच महिलासहित ३० जना थुनुवा छन् भने त्यसमध्ये २२ वटा मुद्दा लागुऔषधसम्बन्धी रहेका छन्। कार्यालयको नेतृत्व प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले सम्हालिरहनुभएको छ।

जिल्ला प्रहरी कार्यालय झापामा दुई महिलासहित ४२ जना थुनुवा छन्, जसमा २२ वटा मुद्दा लागुऔषधसम्बन्धी रहेका छन्। जिल्ला प्रहरी कार्यालयसहित अन्य तीनवटा इलाका कार्यालयमा दर्ता भएका अधिकांश मुद्दा लागुऔषधसँग सम्बन्धित छन्।

झापा जिल्लामा लागुऔषध कारोबार र प्रयोग दिनहुँ बढ्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालयले निगरानी र नियन्त्रणको प्रयास तीव्र बनाएको जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार जिल्लामा हालसम्म २४ विदेशीसहित ४११ जना लागुऔषध मुद्दामा पक्राउ परिसकेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लामा २७१ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भइसकेका छन् भने दुई जना अझै फरार छन्।

हालसम्म प्रहरीले १,६४९ किलो गाँजा, चरेस, ब्राउन सुगरलगायतका लागुऔषध बरामद गरेको छ।

लागुऔषध कारोबार सिमसार क्षेत्रलाई आधार बनाएर हुँदै आएको अनुसन्धानबाट खुलेको छ।

प्रहरी उपरीक्षक लिम्बूका अनुसार मनोरञ्जनका लागि मानिसहरूको भीड हुने भएकाले कारोबारीले सिमसार क्षेत्रलाई ‘हव’ बनाएका छन्।

मेचीनगर–११ स्थित कालिका सामुदायिक वन (सिमसार क्षेत्र) मा प्रहरीले मङ्गलबार एकै दिन ४३ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धुलाबारी, प्रहरी चौकी चारआली, जिल्ला प्रहरी कार्यालय तथा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले स्वीप अपरेसनमार्फत उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरू अधिकांश सेवनकर्ता पुरुष रहेको प्रहरीले जनाएको छ।

“उनीहरू लागुऔषध किन्न भेला भएका थिए,” प्रहरी उपरीक्षक लिम्बूले भन्नुभयो, “पक्राउ परेकामध्ये २७ जनालाई पुनःस्थापनाका लागि केन्द्रमा पठाइएको छ।”

अपरेसनका क्रममा प्रहरीले १४ थान मोटरसाइकल, एक अटो, एक मारुती भ्यान पनि बरामद गरेको छ। साथै, मेचीनगर–११ का १८ वर्षीय शनिल मेचे र मेचीनगर–१२ का २५ वर्षीय अजय मेचेलाई लागुऔषध बिक्री गरेको आरोपमा पक्राउ गरिएको छ।

उनीहरूबाट दुई दशमलव ८९ ग्राम ब्राउन सुगर, १६ ट्रामाडोल ट्याब्लेट, १५ एन्टिकोफ ट्याब्लेट, १५ स्पास्पिन ट्याब्लेट, रु १८,४०० नगद र एक थान रेडमी मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रनाउ खड्काले जानकारी दिनुभयो।

-रासस

प्राइम भिजनमा फुड फ ...

धरान/ धरान-१२ चतरालाइनस्थित प्राइम भिजन इन्टरनेशनल ...

सृजनशील कप फुटबल प्र ...

धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिका–८ तात ...

‘चेयरम्यान कप स्कुल ...

काठमाडौं/ काठमाडौं महानगरपालिका–४ को आयोजनाम ...

बीपीमा स्वास्थ्य बीम ...

धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved