यातायात बन्दले जनजीवन प्रभावित, सरकार र व्यवसायीबीच वार्ता सुरु

  • जेठ १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्किएपछि जनजीवन प्रभावित बनेको छ।

विशेष गरी काठमाडौं उपत्यकामा सार्वजनिक सवारी ठप्प हुँदा स्कुल जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी र अस्पताल जाने बिरामीहरूलाई यात्रा गर्न कठिन भएको छ।

यातायात बन्दसँगै राजधानीका मुख्य सडकहरूमा सार्वजनिक सवारी नदेखिँदा सर्वसाधारण पैदलै गन्तव्यतर्फ हिँड्न बाध्य भएका छन्। वैकल्पिक सवारीको अभावमा थप समस्या उत्पन्न भएको छ।

यातायात व्यवसायीहरूले सरकार र ट्राफिक प्रशासनबाट आफूहरूमाथि दमन र ज्यादती भइरहेको आरोप लगाउँदै आन्दोलन सुरु गरेका हुन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अन्तर्गत अरनिको बस इकाइ कमिटीका सदस्य राजन गिरीले ट्राफिक प्रहरी र प्रशासनबाट व्यवसायी र मजदुरमाथि लगातार अत्याचार भइरहेको बताए। साथै, उनले राइड सेयरिङ सेवा ‘पठाओ’ लगायतका एपमाथि नियन्त्रण गर्नुपर्ने माग राखे।

त्यस्तै, यातायात व्यवसायी अर्जुन श्रेष्ठले आन्दोलन आफ्नो अस्तित्व र पेशाको सुरक्षाका लागि भएको बताए। "हामी यातायात व्यवसायी बिना राज्य चल्दैन," उनले भने, "सरकार र प्रहरी प्रशासनको दमनविरुद्ध आन्दोलन चर्कंदै जान सक्छ। वार्ताबाट समाधान नआए आन्दोलन थप कडा हुन्छ।"

यसैबीच, आन्दोलनरत व्यवसायी र सरकारबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ। गृहमन्त्री रमेश लेखकको संयोजनमा जारी छलफलमा सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ।

व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको नयाँ नियमावली खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेका हुन्। उक्त नियमावलीमा ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारीलाई भाडाका सवारी सरह सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ, जसको तीव्र विरोध भएको छ।

आन्दोलनको आह्वान गर्दै समितिले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि सार्वजनिक सवारी ग्यारेजमै राख्ने घोषणा गरेको थियो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved