मेरो डान्समा धरानकी इचिङ्ग्सा टप ३२ मा छनौट

  • जेठ २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

रान ।धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु ‘मेरो डान्स युनिभर्स सिजन २’ को उत्कृष्ट ३२ प्रतिस्पर्धीमा छनोट हुन सफल भएकी छिन्।
सोमबार आयोजित कोरियोग्राफी राउन्डमा सामूहिक नृत्य प्रस्तुति दिएपछि उनी प्रतियोगिताको टप ३२ मा प्रवेश गरेकी हुन।विर्तामोडमा सम्पन्न अडिसन चरणबाट छनोट भएकी लिम्बुले हालसम्म प्रतियोगिताका तीन चरण पार गरिसकेकी छन्। प्रतियोगिताको संरचना अनुसार अडिसनपछि छनोट भएका प्रतिस्पर्धीले मेगा राउन्ड पार गर्दै कोरियोग्राफी राउन्डमा सामूहिक नृत्य प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।उक्त राउन्डमा ५५ प्रतिस्पर्धीलाई १० वटा समूहमा विभाजन गरी फरक(फरक नृत्य शैलीमा प्रस्तुति दिन लगाइएको थियो। लिम्बु सहभागी रहेको समूह ुओपन डान्स स्टाइलु मा चार जना प्रतिस्पर्धी थिए।प्रत्येक समूहमा प्रस्तुत कलाकारहरूको नृत्यलाई ६ जना निर्णायकले मूल्यांकन गरी अंक प्रदान गर्ने व्यवस्था थियो। इचिङ्ग्साले ५४० अंक प्राप्त गर्दै आफ्नै समूहमा पहिलो स्थान हासिल गरिन्। समूहबाट तीन जना प्रतिस्पर्धी अर्को चरणमा प्रवेश गरेका छन् भने एक प्रतिस्पर्धी प्रतियोगिताबाट बाहिरिएका छन।

कोरियोग्राफी राउन्डको समग्र मूल्यांकनका आधारमा ५५ जना सहभागी मध्ये ३२ जना प्रतिस्पर्धीले आगामी चरणमा स्थान सुरक्षित गरेका हुन।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved