समाचार

    Showing १,०४१-१,०५० of १०,४१६ items.
  • सडकछेउमा बेवारिसे नवजात शिशु फेला

    धरान/ आज बिहान वराहक्षेत्र–८ स्थित सडकछेउमा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ। शिशुको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। स्थानीयवासीले बिहान करिब ७ बजे रोएको आवाज सुनेर खोजी गर्दा शिशु फेला पारेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख दिवस कुँवर नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले शिशुलाई उद्धार गरी नगर अस्पताल चक्रघट्टी उपचारका लागि लगेका छन्। अस्पतालका अनुसार शिशुको अवस्था हाल सामान्य रहेको छ। स्वास्थ्यकर्मीहरूले बताएका अनुसार, फेला परेको शिशु छोरा रहेको र आजै जन्मिएको हुन सक्ने अनुमान गरिएको छ

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • ६४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ सुनसरी–१ बाट निर्वाचन लड्ने तयारीमा

    सुनसरी/  धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं.–१ बाट प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन्। उनले संघीय निर्वाचनमा उम्मेदवारी दिने उद्देश्यले मेयर पदबाट राजीनामा गर्ने निर्णय अन्तिम चरणमा पुगेको बताइएको छ। २०७९ को प्रतिनिधिसभा चुनावमा सोही क्षेत्रबाट जनता समाजवादी पार्टीका अशोक राई विजयी भएका थिए। स्थानीय तहको सोही वर्ष भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर मेयरमा निर्वाचित भएका साम्पाङ पछिल्लो समय आफ्नै नेतृत्वमा श्रम संस्

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • ६३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि सुरु हुँदै एनपीएल–२ : जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्ने

    काठमाडौं/ दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भव्य रूपमा सुरु हुँदैछ। उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आज दिउँसो ४ बजे आमनेसामने हुनेछन्। यस सिजनका सबै खेल दिउँसो र राति त्रिवि मैदानमै हुनेछन्। मंसिर १ देखि २७ गतेसम्म चल्ने एनपीएलमा लिग चरण, तीन प्लेअफ र फाइनल गरी जम्मा ३२ खेल सञ्चालन हुनेछन्। टिकट मूल्य: उद्घाटन खेल साधारण : रु ५०० प्रिमियम : रु १५०० लिग चरण तथा अन्य दिनका खेल: साधारण : रु ५०० प्रिमियम : रु १०००

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • ४६४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रथम धरान सिटी रनिङ कपको उपाधि स्वर्णिम फुटबल क्लबलाई

    धरान/ धरान सिटी फुटबल क्लबद्वारा पहिलोपटक आयोजना गरिएको ‘प्रथम धरान सिटी रनिङ कप अन्तरक्लब नकआउट फुटबल प्रतियोगिता’ स्वर्णिम फुटबल क्लब, धरान–१०ले दमदार प्रदर्शन गर्दै जितेको छ। शनिबार भएको रोमाञ्चक फाइनलमा स्वर्णिमले धरान–१८ का टेम्के फुटबल क्लबलाई २–० ले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो। पहिलो हाफमा दुवै टिमले आक्रमण र प्रत्याक्रमण गर्दै दर्शकलाई रोमाञ्चित बनाए पनि कुनै गोल हुन सकेन। खेलको गति झनै चर्किएको दोस्रो हाफको २६औँ मिनेटमा स्वर्णिमका जर्सी नं. ८ दोजे तामाङले गरेको गोलले खेलको मोड नै बदलियो। टेम्केले बराबरी गर्ने प्रयास गर

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • ५३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा मंसिर ५ गतेदेखि प्याब्सन खेलकुद सप्ताह : १९ विद्यालयका १ हजार ४४ विद्यार्थी प्रतिस्पर्धामा

    वराहक्षेत्र/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वराहक्षेत्र नगर समितिले आयोजना गर्ने खेलकुद सप्ताह मंसिर ५ गतेदेखि सुरु हुने भएको छ। मंसिर १३ गतेसम्म चल्ने खेलकुद महोत्सवमा वराहक्षेत्रका १९ वटा निजी विद्यालयका १ हजार ४४ जना विद्यार्थी खेलाडीका रूपमा प्रतिस्पर्धा गर्न तयार छन्। शनिबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विस्तृत जानकारी दिँदै प्याब्सन वराहक्षेत्र नगर समितिले यस वर्षको खेलकुद सप्ताहलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने बतायो। प्याब्सन वराहक्षेत्र नगर समितिका अध्यक्ष खेमराज राईका अनुसार फुटबल, व्याडमिन्टन, म्याराथन, ५ किलोमिटर रन लगायतका विभिन्न विधा

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • ६१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ईटहरीमा २५ किलो गाँजासहित दुई पक्राउ

    ईटहरी/ सुनसरीको ईटहरी उप–महानगरपालिका–१३ सोमबारेमा लागू औषध कारोबार भइरहेको विशेष सूचना पाएपछि कोशी प्रदेश लागू औषध ब्युरो विराटनगर र प्रहरी चौकी खनारको संयुक्त टोलीले लागू औषधसहित दुई युवालाई पक्राउ गरेको छ। १७:४० बजे गणेश पेट्रोल पम्प अगाडिबाट २ वटा बोरा राखेर बसिरहेका आकाश पटेल  र रवि सरदार  लाई प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको बोरा खोल्दा प्याक गरिएको अवस्थामा २५ किलो (पच्चिस किलो) गाँजा फेला परेको प्रहरीले जनाएको छ। दुवैलाई गाँजासहित नियन्त्रणमा लिएर&n

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • ४१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा २६८ किलो गाँजा बरामद, भरीयाहरू फरार

    धरान/ सुनसरीको धरान उप–महानगरपालिका–१७ र २० को सिमाना, चुम्पुले खोलाको जंगल क्षेत्रबाट प्रहरीले ठूलो मात्रामा लागू औषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा राति २३:२५ बजे कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको PIT टोली त्यहाँ पुगेको थियो। टोलीलाई देखेपछि करिब १०–११ जना भरीयाहरू भारी बोकेकै अवस्थामा भाग्दै जंगलतर्फ फरार भएका थिए। उनीहरूले बोकिरहेका बोरा फालेर भागेपछि प्रहरीले खोलेर जाँच गर्दा १० वटा बोराभित्र प्याक गरिएको २६८ किलो (दुई सय अर्सठी किलो) गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको सबै लागू औषध अहिले इलाका प्रहरी कार्यालय धरानमा ल्याई

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • ८०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महँगी चुलिँदा ज्याला स्थिर : श्रमिकको गुहार— ‘हाम्रो आवाज सुनियोस्’

    धरान/ महँगी दिनहुँ बढ्दै गए पनि आफूहरूको ज्याला भने वर्षौँदेखि उही रहेको गुनासो धरानका विभिन्न क्षेत्रका श्रमिकहरूले गरेका छन्। जिफन्ट (जेनरेशन फ्रेन्ड्स अफ नेपाल ट्रेड युनियन) ले शनिबार धरानमा आयोजना गरेको श्रमिक–संवाद कार्यक्रममा सहभागी मजदुरहरूले आफ्नो वास्तविक दुःख–पीडा खुलाएर राखे। संवादमा निर्माण मजदुर, यातायात मजदुर, अटो–मेकानिक्स, उद्योगका मजदुर, सुरक्षा श्रमिक, सरसफाइ कर्मचारी, लोड–अनलोड मजदुर, स्वास्थ्य स्वयंसेवी तथा सौन्दर्यकर्मीलगायत विभिन्न क्षेत्रका ४५ जना श्रमिक अगुवाहरूको सहभागिता थियो। वर्षौंदेखि चार सय रुपैयाँ भत्तामा काम गरिरहेको बताउँदै स्वास्थ्य

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • ३५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एम्स एकेडेमीमा नवआगन्तुकको भव्य स्वागत : उत्कृष्टताको यात्रातर्फ आत्मविश्वासी कदम

    धरान/ धरान–१२ स्थित एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीहरूले कक्षा–११ मा भर्ना भएका नवआगन्तुकहरूलाई भव्य कार्यक्रममार्फत स्वागत गरेका छन्। धरान–१५ को सदन सभाहलमा शनिबार आयोजित विशेष कार्यक्रममा नयाँ यात्रामा प्रवेश गरेका विद्यार्थीको उत्साहजनक सम्मान गरिएको थियो। कार्यक्रममा एम्स क्रियटिभ ग्रुपकी अध्यक्ष बिनुसा तामाङ, एकेडेमीका संयोजक दुर्गा सुवेदी, प्रिन्सिपल सन्तोष कोइराला, साथै सुबास पौडेल, युवराज अधिकारी, सन्जिव उदास र फडिन्द्र खतिवडालगायतले अबिर र खदा लगाएर नवआगन्तुक विद्यार्थीलाई हार्दिक स्वागत गरे। स्वागत मन्तव्य राख्दै संयोजक सुवेदीले एम्स एकेडेमीले हा

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • ७७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एकै दिन तीन स्थानबाट ठूलो परिमाणमा लागूऔषध बरामद, दुई फरार–दुई पक्राउ

    धरान/ विशेष सूचनाका आधारमा खटिएको प्रहरीले धरानका विभिन्न क्षेत्रमा एकै दिन तीन छुट्टाछुट्टै अप्रेसन चलाउँदै ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। दुई जना नियन्त्रणमा परेका छन् भने दुई जना मोटरसाइकल छाडेर फरार छन्। १.बौद्धविहार–कोशी राजमार्गबाट ४९ किलो गाँजा बरामद, दुई चालक फरार शुक्रबार  राति २२:२० बजे धरान–४ बौद्धविहार नजिकै कोशी राजमार्गमा PIT, प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र भेडेटारको संयुक्त टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेका को ३० प ४५४४ र बा ५१ प ५४१३ नम्बरका दुई मोटरसाइकल रोक्ने प्रयास गरेको थियो। तर दुवै चालकले मोटरसाइकल नरोकी भाग्

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • १,०५२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved