धरान/ धरान सिटी फुटबल क्लबद्वारा पहिलोपटक आयोजना गरिएको ‘प्रथम धरान सिटी रनिङ कप अन्तरक्लब नकआउट फुटबल प्रतियोगिता’ स्वर्णिम फुटबल क्लब, धरान–१०ले दमदार प्रदर्शन गर्दै जितेको छ।
शनिबार भएको रोमाञ्चक फाइनलमा स्वर्णिमले धरान–१८ का टेम्के फुटबल क्लबलाई २–० ले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो।
पहिलो हाफमा दुवै टिमले आक्रमण र प्रत्याक्रमण गर्दै दर्शकलाई रोमाञ्चित बनाए पनि कुनै गोल हुन सकेन। खेलको गति झनै चर्किएको दोस्रो हाफको २६औँ मिनेटमा स्वर्णिमका जर्सी नं. ८ दोजे तामाङले गरेको गोलले खेलको मोड नै बदलियो। टेम्केले बराबरी गर्ने प्रयास गरिरहँदा, दुई मिनेटमै तामाङले दोस्रो गोल गर्दै प्रतिद्वन्द्वीलाई झनै दबाबमा पारे।
लामो प्रयासपछि पनि टेम्केको लागि समयले साथ नदिँदा उपाधि स्वर्णिम क्लबको पोल्टामा गयो। दुवै निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका दोजे तामाङ ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए र नगद रु ५,००० सहित सम्मानित भए।
विजेता स्वर्णिम फुटबल क्लबले रु १ लाख, गोल्डेन मेडल र ट्रफी प्राप्त गर्दा उपविजेता टेम्के फुटबल क्लबले रु ५० हजार, मेडल र ट्रफीमा सिमित रह्यो।
अन्य विधाका विजेताहरू :