एम्स एकेडेमीमा नवआगन्तुकको भव्य स्वागत : उत्कृष्टताको यात्रातर्फ आत्मविश्वासी कदम

  • कार्तिक २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१२ स्थित एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीहरूले कक्षा–११ मा भर्ना भएका नवआगन्तुकहरूलाई भव्य कार्यक्रममार्फत स्वागत गरेका छन्।

धरान–१५ को सदन सभाहलमा शनिबार आयोजित विशेष कार्यक्रममा नयाँ यात्रामा प्रवेश गरेका विद्यार्थीको उत्साहजनक सम्मान गरिएको थियो।

कार्यक्रममा एम्स क्रियटिभ ग्रुपकी अध्यक्ष बिनुसा तामाङ, एकेडेमीका संयोजक दुर्गा सुवेदी, प्रिन्सिपल सन्तोष कोइराला, साथै सुबास पौडेल, युवराज अधिकारी, सन्जिव उदास र फडिन्द्र खतिवडालगायतले अबिर र खदा लगाएर नवआगन्तुक विद्यार्थीलाई हार्दिक स्वागत गरे।

स्वागत मन्तव्य राख्दै संयोजक सुवेदीले एम्स एकेडेमीले हासिल गरिरहेका सफलताबारे अभिमानपूर्वक उल्लेख गर्दै भने—

“एम्सका विद्यार्थी धरान प्रथमदेखि साइन्सतर्फ नेपाल द्वितीयसम्म पुग्न सफल छन्। अब कडा मिहिनेत र प्रतिबद्धतासाथ नेपाल प्रथमसम्म पुग्ने लक्ष्य राख्नुपर्छ।”

कार्यक्रममा विद्यार्थीहरूले आकर्षक नृत्य र मधुर गीत प्रस्तुत गर्दै माहोललाई झनै उत्साहपूर्ण बनाएका थिए।

सञ्चालन छात्राद्वय प्रकृति थापा र सजिना तामाङले गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved