धरान/ इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौला सर्दु जलाधार क्षेत्रको दुर्गम भिरालो खोल्सामा मृत फेला परेकी छन्। घटनास्थल, शवको अवस्था र फेला परेका सामानहरूले घटनालाई शंकास्पद देखाएको प्रहरीको निष्कर्ष छ। तर प्रारम्भिक रूपमा भने प्रहरी पक्षले भिरालोमा लडेर मृत्यु भएको आशंका व्यक्त गरेको छ। मञ्जु कात्तिक २४ गते बिहान साढे ८ बजे घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्। उनी घर नफर्केपछि परिवारले कात्तिक २७ गते इलाका प्रहरी कार्यालय इटहरीमा खोजीको निवेदन दिएका थिए। त्यसपछि खोजीका क्रममा धरान–४ को बौद्ध विहार नजिकै कोशी लोकमार्ग छेउमा उनको रातो लेडीज स्विटर, कालो चप्पल, खैरो ब
सुनसरी/ धरानको पर्यटन प्रवर्द्धन र सामाजिक अभियानसँग जोडिएको प्रतिष्ठित ‘धरान १०K रन–चौधौँ नेवा च्यारेटी २०८२’ आगामी फागुन ९ गते (फेब्रुअरी २१, २०२६) हुने भएको छ। मंगलबार भएको पत्रकार सम्मेलनमार्फत कार्यक्रमलाई यसपटक झनै भव्य र प्राविधिक रूपमा उन्नत बनाइने जानकारी दिइयो। ४ हजारभन्दा बढी सहभागीको तयारी विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि विभिन्न उमेरका महिला–पुरुषहरू गरी ४००० भन्दा धेरै धावक सहभागी हुने अनुमान गरिएको छ। पुरस्कार राशी भने यथावत राखिएको आयोजक तथा अध्यक्ष हेमन सुनुवारले बताए। • ओपन समूह (१६–३९ वर्ष) : रु ६०,०००, रु ४०,000, रु ३०,000 • Un
धरान/ प्राइम भिजन इन्टरनेशनल कलेजले शिक्षण प्रणालीको गुणस्तरलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित ‘गुणस्तर सुधार प्रतिवेदन’ सार्वजनिक गरेको छ। कलेजले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गर्दै, “अब कलेजमा देखिनेछ अन्तर्राष्ट्रिय स्तरको शैक्षिक रूपान्तरण” भन्ने बलियो सन्देश दिएको हो। यस प्रतिवेदनलाई नेदरल्याण्डका अन्तर्राष्ट्रिय शिक्षाविद् विल भान कोनिइसबुगले एक महिनासम्म कलेजमा बसेर गरेको अवलोकन, अध्यापन अभ्यास र कार्यशालाका निष्कर्षमा आधारित रहेर तयार पारेका छन्। प्रतिवेदनले अध्यापन शैलीको परिमार्जन, प्रविधिमूलक सिकाइ विस्तार, परियोजना&n
धरान/सुनसरीकाे धरान–१६ स्थित युएन, नवोदय कलेजले कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुको सम्मान तथा स्वागत समारोह भव्यभन्दा भव्य सम्पन्न गरेको छ। धरान–१५ को चुम्लुङ हिममा मंगलबार(आज) आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरुलाई अविर र खदासहित स्वागत गरिएको थियो। कार्यक्रममा कलेजका अध्यक्ष तथा एशोसिएट प्रोफेसर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, नुर खान, रामबहादुर लिम्बू, दिब्या झा लगायतले नयाँ विद्यार्थीलाई स्वागत गर्दै शुभकामना दिएका थिए। समारोहमा प्रतिभावान, अनुशासित, स्कुल&ndash
इटहरी/ राजस्व अनुसन्धान कार्यालय इटहरीको नियन्त्रणमा रहेको पूर्वाञ्चल करियर्सको प्रदेश १–०१–००१ ख ४७५९ नम्बरको मालवाहक ट्रक ३४ लाख ६२ हजार रुपैयाँ धरौटीमा मुक्त भएको छ। झापाबाट काठमाडौँतर्फ चोरी–पैठारी गरिएका मालवस्तु लिएर हिँडेको ट्रकलाई विशेष सूचनाका आधारमा असोज ७ गते इटहरीस्थित कार्यालयले नियन्त्रणमा लिएको थियो। ट्रकमा बिना बिल–बीजक भारतमा उत्पादित विविध वस्तु फेला परेका थिए, जसमा– • डेरी मिल्क १८ ग्राम – ३८४० पिस • डेरी मिल्क ४० ग्राम – १४४० पिस • मिल्क डेरी मिल्क १०५ ग्राम &ndas
धरान/ विश्वको शीर्ष वैज्ञानिक सूचिमा पर्नुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धराने जनता र आफ्नो अध्ययन टिमको ठुलो योगदान रहेको प्रा.डा. सञ्जीव शर्माले बताउनु भएको छ । मंगलबार धरानमा पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै प्रा.डा. शर्माले भन्नुभयो मैले करिव २० वर्षदेखि सर्पदंश उपचार पद्धतिमा सुधार, मुटु रोग तथा मिर्गौला रोगका विषयमा काम गरेँ । मलाई प्रतिष्ठानले त्यो स्पोजर दियो, मेरो टिमले सहयोग गर्नुभयो र जहिल्यै धरान र पूर्वका जनताको माया पाएँ त्यसैको प्रतिफल नै यो उपलब्धि प्राप्त भएको हो । प्रा.डा. शर्माले भन्नुभयो काम हामी सबै मिलेर टिमले गरेका हौ । तर, नाम मात्रै मेरो आ
काठमाडौँ/ सोमबार मध्यराति एकाएक ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीहरुले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेका छन्। निकटस्थ सहयोगीका अनुसार, सुतिरहेको अवस्थामा नै मध्यराति प्रहरी टोली प्रसाईंको घर पुगेको थियो। घरभित्र प्रवेश गरेर कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको एक प्रहरी अधिकृतले पुष्टि गरेका छन्। पक्राउ गर्ने क्रममा निवास परिसरमै खिचिएको एक भिडियो पनि सार्वजनिक भएको छ। उक्त भिडियोमा प्रसाईं आफैँलाई गाडी चढ्दै गरेको दृश्य खि
काठमाडौ/ नेपाल प्रिमियर लिग सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई २० ओभरमा ६ विकेटमा १३० रनमै रोकेको थियो। जनकपुरका कप्तान अनिल साह शून्यमै पेभिलियन फर्किए पनि ओपनर आशिफ शेखले अर्धशतक प्रहार गर्दै टोलीलाई लयमा फर्काएका थिए। १३१ रनको लक्ष्य पछ्याएको काठमाडौंले सन्तुलित ब्याटिङ प्रदर्शन गर्दै निर्धारित ओभरअघि नै ५ विकेट गुमाएर आवश्यक रन बनायो। मध्यक्रमका खेलाडीहरूको संयमित खेलले टोली
इटहरी/ धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापित १०८ शिवलिङ्ग परिसरमा आगामी मंसिर ३ गते बाला चतुर्दशी अन्तर्गत शतबिज छर्ने तयारी तीव्र पारिएको छ। दिवंगत पितृहरूको मोक्षका लागि शतबिज छर्न टाढाको तीर्थ धाउने श्रद्धालुहरूले अब नजिकै रहेको इटहरी–२ माया घर छेउमा स्थापित १०८ शिवलिङ्ग परिसरअन्तर्गत त्रिनेत्र मोक्षधाममा पुगेर आफ्ना मनोकामना पूरा गर्न सक्नेछन्। सो कार्यक्रमका लागि सबै तयारी सकिएको बताइएको छ। कार्यक्रमअन्तर्गत मंसिर २ गते साँझ दीप प्रज्वलन, भजन सन्ध्या तथा
धरान/ सुनसरीभरका विद्यालयहरूमा फुटबलको रौनक झनै बढाउँदै ‘सुनाखरी एकेडेमी कप–२०८२’ मङ्सिर ७ देखि १७ गतेसम्म एन्फा एकेडेमी मैदान, धरान–१७ मा आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ भने विद्यालय–विद्यालयमा देखिएको उत्साहले यसपटकको संस्करण विशेष बन्ने संकेत गरिसकेको छ। फस्ट–कम–फस्ट–सर्भ्ड प्रणालीअनुसार सीमित १६ टिम मात्र रहने भएपछि दर्ता खुल्नासाथै विद्यालयहरूले छिट्टै नाम दर्ता गराएका थिए। इटहरीदेखि झुम्कासम्मका विद्यालय सहभागी भएपछि प्रतियोगिता जिल्लाभरको साझा खेल उत्सव जस्तै बने