प्राइम भिजन इन्टरनेशनल कलेजमा अन्तर्राष्ट्रिय स्तरको शिक्षण विकास कार्यशाला सम्पन्न

  • मंसिर ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ प्राइम भिजन इन्टरनेशनल कलेजले शिक्षण प्रणालीको गुणस्तरलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित ‘गुणस्तर सुधार प्रतिवेदन’ सार्वजनिक गरेको छ।

कलेजले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गर्दै, “अब कलेजमा देखिनेछ अन्तर्राष्ट्रिय स्तरको शैक्षिक रूपान्तरण” भन्ने बलियो सन्देश दिएको हो।

यस प्रतिवेदनलाई नेदरल्याण्डका अन्तर्राष्ट्रिय शिक्षाविद् विल भान कोनिइसबुगले एक महिनासम्म कलेजमा बसेर गरेको अवलोकन, अध्यापन अभ्यास र कार्यशालाका निष्कर्षमा आधारित रहेर तयार पारेका छन्।

प्रतिवेदनले अध्यापन शैलीको परिमार्जन, प्रविधिमूलक सिकाइ विस्तार, परियोजना–आधारित शिक्षण प्रवद्र्धन, र शैक्षिक योजना सुधार गरी चार ठूला क्षेत्रमा ‘गहिरो सुधार’ आवश्यक रहेको निष्कर्ष निकालेको छ।

कलेजका सिइओ अभिषेक श्रेष्ठले प्रतिवेदनलाई “शिक्षक–विद्यार्थी क्षमता वृद्धि र कलेजको समग्र शैक्षिक रूपान्तरणको रोडम्याप” का रूपमा कार्यान्वयनमा अघि सारिने बताए।

निर्देशक दुर्गा सुवेदीले सुधारका सबै बुँदाहरू नियमित मूल्यांकन र अनुगमनसहित लागू गरिने जिकिर गरे।

यसैबीच, कलेजलाई एसियन एजुकेसन रिभ्यूले घोषणा गरेको ‘एसिया टप १० होटेल म्यानेजमेन्ट कलेज–२०२५’ मा परेकाे जानकारी पनि दिइयो, जसले कलेजको प्रतिष्ठा झनै मजबुत बनाएको छ।

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved