सुनाखरी कप २०८२ : सुनसरीका १६ स्कूल एकै मैदानमा

  • मंसिर १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीभरका विद्यालयहरूमा फुटबलको रौनक झनै बढाउँदै ‘सुनाखरी एकेडेमी कप–२०८२’ मङ्सिर ७ देखि १७ गतेसम्म एन्फा एकेडेमी मैदान, धरान–१७ मा आयोजना हुने भएको छ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ भने विद्यालय–विद्यालयमा देखिएको उत्साहले यसपटकको संस्करण विशेष बन्ने संकेत गरिसकेको छ।

फस्ट–कम–फस्ट–सर्भ्ड प्रणालीअनुसार सीमित १६ टिम मात्र रहने भएपछि दर्ता खुल्नासाथै विद्यालयहरूले छिट्टै नाम दर्ता गराएका थिए। इटहरीदेखि झुम्कासम्मका विद्यालय सहभागी भएपछि प्रतियोगिता जिल्लाभरको साझा खेल उत्सव जस्तै बनेको आयोजकले बताएका छन्।

सहभागी १६ विद्यालयहरू

१. हिमशिखर बोर्डिङ स्कूल, इटहरी/तरहरा
२. सेन्ट जोसेफ बोर्डिङ स्कूल, धरान–१७
३. नेपाल पुलिस स्कूल, धरान–१३
४. प्रभात सेकेन्डरी बोर्डिङ स्कूल, धरान–१२
५. बिजयपुर माध्यमिक विद्यालय, धरान
६. ज्ञानकुन्ज रेसिडेन्सियल स्कूल, धरान–११
७. लिबर्टी रेसिडेन्सियल स्कूल, धरान–११
८. देउराली चिल्ड्रेन एकेडेमी, धरान–५
९. माउन्ट हर्मन एकेडेमी, धरान–१८
१०. सैनिक आवासीय माध्यमिक विद्यालय, धरान
११. हिबिस्कस इङ्लिस बोर्डिङ स्कूल, धरान–१५
१२. बुद्ध आदर्श बोर्डिङ स्कूल, धरान–९
१३. लर्ड बुद्ध एकेडेमी, रामधुनी–झुम्का
१४. ज्वालामुखी माध्यमिक विद्यालय, धरान–१७ पट्नाली
१५. सुनाखरी एकेडेमी ‘A’
16. सुनाखरी एकेडेमी ‘B’

आयोजकका अनुसार प्रतियोगिताको लक्ष्य केवल उपाधि जित्ने होइन—विद्यालय तहका खेलाडीलाई ठूलो मञ्च उपलब्ध गराउने र फुटबललाई ‘संस्कृति’ का रूपमा विस्तार गर्दै लैजानु हो।“यस्ता प्रतियोगिताले भविष्यका उत्कृष्ट खेलाडी जन्माउन मद्दत गर्छ,”
— प्रिन्सिपल मिलन कुमार राई

एन्फाका मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष किशोर राईले विद्यालयबाट सुरु भएको यस्तो प्रयासले स्थानीय फुटबलको रूपान्तरण गर्न सक्ने बताए।“सुनाखरीको पहलले स्कुल–फुटबलको आत्मविश्वास नै बढाइदिएको छ,” — किशोर राई

एकेडेमीका प्लस–टु संयोजक तप कुमार राईले तयारी तीव्र गतिमा भइरहेको र उद्घाटनसँगै स्कुल फुटबलमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको जानकारी दिए, सुनाखरी एकेडेमी कप–२०८२ केवल प्रतियोगिता होइन—सुनसरीका स्कूलहरूलाई एउटै मञ्चमा ल्याउने, प्रतिभा चिन्ने र भविष्यको फुटबललाई सुदृढ बनाउने महत्वपूर्ण अभियान बनेको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved