सुनसरी/ धरानको पर्यटन प्रवर्द्धन र सामाजिक अभियानसँग जोडिएको प्रतिष्ठित ‘धरान १०K रन–चौधौँ नेवा च्यारेटी २०८२’ आगामी फागुन ९ गते (फेब्रुअरी २१, २०२६) हुने भएको छ। मंगलबार भएको पत्रकार सम्मेलनमार्फत कार्यक्रमलाई यसपटक झनै भव्य र प्राविधिक रूपमा उन्नत बनाइने जानकारी दिइयो।
४ हजारभन्दा बढी सहभागीको तयारी
विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि विभिन्न उमेरका महिला–पुरुषहरू गरी ४००० भन्दा धेरै धावक सहभागी हुने अनुमान गरिएको छ।
पुरस्कार राशी भने यथावत राखिएको आयोजक तथा अध्यक्ष हेमन सुनुवारले बताए।
• ओपन समूह (१६–३९ वर्ष) : रु ६०,०००, रु ४०,000, रु ३०,000
• Under 13 र Under 16 : रु ७,000, रु ५,000, रु ३,000
• Veteran, Mid Veteran, Super Veteran समूहहरूमा पनि आकर्षक नगद पुरस्कार तोकिएको छ।
दर्ता खुला — विद्यार्थीलाई छुट
• विद्यार्थी शुल्क: रु ४२०
• Early Bird (कातिक १–मंसिर १०): रु ५२०
• Regular (मंसिर ११–पौष ३०): रु ६२०
• Late (माघ १–२९): रु ७२०
अर्को वर्षदेखि ‘Full Paperless System’
गत वर्षदेखि लागू गरिएको चिप सिस्टम यसपटक झनै प्रभावकारी रूपमा प्रयोग हुने बताइयो।
धावकका जुत्तामा जडान गरिने Chip Timing System ले प्रत्येकको समय स्वतः मापन गर्नेछ।
अध्यक्ष सुनुवारका अनुसार, सुरक्षित र विश्वसनीय प्रतियोगिताका लागि यो प्रविधि अनिवार्य हुँदै गएको छ।
च्यारेटीबाट सामाजिक सहयोग—अक्षय कोषमा ठूलो वृद्धि
नेवा च्यारेटी रनले विगतदेखि नै संकलित रकम अपाङ्ग–असहाय महिला,बालबालिकाको स्वास्थ्य,शिक्षा, र सामुदायिक विद्यालयका विद्यार्थीहरूको छात्रवृत्तिमा लगानी गर्दै आएको छ।
विगतका वर्षमा साहित्यकार लक्ष्मी राईदेखि लिएर दुईब्यसनी बालबालिका, सामुदायिक विद्यालयका २४ विद्यार्थीसम्म निरन्तर सहयोग गर्दै आइरहेको यो अभियानले अहिले १३ लाख रुपैयाँको नेवा एजुकेशन फण्ड स्थापना गरिसकेको छ।